default_image

5 years ago

July 30, 2020

राष्ट्रिय क्रिकेट टोलीका सबै खेलाडीको पिसिआर परिक्षण हुने

122 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) को पहलमा स्वास्थ्य मन्त्रालयले नेपाली राष्ट्रिय क्रिकेट टोलीका सबै खेलाडीको कोरोना संक्रमण परिक्षणका लागि पिसिआर परिक्षण गर्ने भएको छ ।

यसबारे छलफल गर्न क्यानका पदाधिकारी बुधबार स्वास्थ्य मन्त्रालय पुगेका थिए । स्रोतका अनुसार क्यानका कोषाध्यक्ष रोशनकुमार सिंह, केन्द्रिय सदस्य दुर्गाराज पाठक, राष्ट्रिय खेलकुद परिषद् (राखेप) बाट चुनिएका केन्द्रीय सदस्य छुम्बी लामा लगायत स्वास्थ्य मन्त्रालय पुगेका थिए । क्यानको पहलमा स्वास्थ्य मन्त्रालयले साउन २७ वा २८ मा सबै खेलाडीको पिसिआर परिक्षण गर्ने स्रोतले जनाएको छ ।

त्यस्तै टीयु मैदानमा कार्यरत सबै कर्मचारीको (ग्राउन्ड स्टाफ) पनि पिसिआर परिक्षण हुँने छ । क्यानले ६ महिनापछि खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाउने तयारी गरेको छ । भदौ पहिलो सातादेखि खेलाडीलाई प्रशिक्षणमा बोलाउने तयारी रहेको र त्यसअघि पिसिआर परिक्षण गर्न लागेको बुझिएको छ ।

आईसीसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिज सेप्टेम्बरमा हुने सम्भावना रहेकाले पनि प्रशिक्षणका लागि तयारी गर्न लागिएको हो । बुधबार नै राखेपका नवनियुक्त सदस्य सचिव रमेशकुमार सिलवालले नामिबियामा हुने सिरिज सेप्टेम्बरमा गर्ने प्रस्ताव आएकाले क्यानले त्यसबारे अध्ययन गरिरहेको जानकारी दिएका थिए ।

March 6, 2025

दिवानको कप्तानीमा कर्णालीको टोली घोषणा

काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि कर्णाली प्रदेशको टिम घोषणा भएको छ । बिहीवार कर्णाली प्रदेश क्रिकेट संघले दिवान पुनको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ । आगामी आइतवारबाट प्रतियोगिता सुरु हुनेछ । पहिलो पटक प्रतियोगिताका सबै खेल काठमाडौं बाहिर हुदैछ । यस संस्करणको प्रतियोगिता लुम्बिनी प्रदेशका ३ क्रिकेट […]

March 6, 2025

पृथुको कप्तानीमा बागमतीको टोली घोषणा

काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि बागमती प्रदेशको टिम घोषणा भएको छ । बिहीवार बागमती प्रदेश क्रिकेट संघले पृथु बासकोटाको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ । केही महिना अघि सम्पन्न एलिट कपमा बागमतीको कप्तानी गरेका सन्दीप लामिछाने बिना नै टोलीको घोषणा भएको हो । आजै सम्पन्न प्रदेश छनोट […]

March 6, 2025

ललितपुर बन्यो बागमती छनोटको च्याम्पियन

काठमाडौं(हाम्रो खेलकुद) – ललितपुर जिल्ला प्रधानमन्त्री कप बागमती प्रदेश छनोट प्रतियोगिताको च्याम्पियन बनेको छ । बिहीवार भएको फाइनल खेलमा मकवानपुर जिल्लालाई ६५ रनले पराजित गरि ललितपुर च्याम्पियन बनेको हो । ललितपुरले दिएको १ सय ९३ रनको लक्ष्य पछ्याएको मकवानपुर ३९.५ ओभरमा १ सय २७ रनमा समेटियो । मकवानपुरका लागि विशाल फुयालले ६४ बलमा सर्वाधिक ४१ […]

Success

Thank you for your time.