5 years ago
July 29, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली लेग स्पिनर सन्दीप लामिछानेले क्वारेवियन प्रिमियर लिग (सिपिएल) जानुअघि राष्ट्रिय टोलीको खेल नै आफ्नो लागि पहिलो प्राथमिकता रहेको बताएका छन् छन् ।
टियु मैदानमा बुधबार पत्रकार माझ बोल्दै उनले राष्ट्रिय टोली नै पहिलो प्राथमिकता रहेको बताए । विश्वभर अब फ्रेन्चाइज लिग सुरु भएसँगै राष्ट्रिय टोलीसँग खेल जुध्ने सम्भावनामा उनले यस्तो अभिव्यक्ति दिए । ‘मेरो लागि नेपाली टोली पहिलो प्राथमिकता हो । हिजो पनि थियो र भोली पनि रहने छ,’ उनले थपे,’सिपिएल खेल्न जति म उत्साहित छु त्यो भन्दा धेरै नेपालमा सबैजना हुनुन्छ । कोरोनापछि क्रिकेट फर्किंदै छ । नेपालसहित विश्वमा सबैजना खुसी हुनुन्छ । जतिसक्छु राम्रो प्रर्दशन गर्ने प्रयास गर्ने छु ।’
‘खेल्न जान पाउने वा नपाउने भन्नेमा मैले जे हुन्छ राम्रैको लागि हुन्छ भन्ने सोचेर बसेको थिए । यसमा मलाई भन्दा बढि रमन शिवाकोटी दाइलाई थाहा छ । खेलकुल मन्त्रालयदेखि सबैको साथ र सहयोगले खेल्न जान पाएँ’, बुधबार पत्रकार सम्मेलनमा सन्दीपले भने ।
‘समर्थकबाट खेल्न जाने वा नजाने भने म्यासेज आई रहेको थियो । समर्थकहरुको माया म सँग र मेरो माया समर्थकहरुसँग छ । मेरो र समर्थकबीच सम्बन्ध राम्रो छ । कति जनाले म तपाईंको खेल राती राती उठेर हेर्छु भनेर म्यासेज गरि रहेको हुनुन्छ । समर्थकहरुको माया भन्दा अरु मलाई केहि चाहिँदैन । कहिले काहि समर्थकहरुको माया शब्दमा बयान गर्न सकिंदैन ‘, उनले भने ।
‘त्यहाँ पुगेर क्वारेन्टिनमा बस्नुपर्छ । क्वारेन्टिनको समयमा अभ्यास गर्नदिने सम्भावना पनि हुन्छ । हाम्रो टोली राम्रो छ’, उनले भने ।
सन्दीपले आफू सिपिएलबाटै आइपिएल खेल्न जाने बताए । सिपिएलमा राम्रो गर्नसकेको खण्डमा आइपिएलमा पनि सहज हुने सन्दीप बताउँछन् । सिपिएल भदौ २ देखि २५ (अगष्ट १८– सेप्टेम्बर १०) सम्म ट्रीनिडाड एन्ड टोबेगोमा हुँदैछ ।
सन्दीप बिहिबार १० बजे विहान कोरियन एरलायन्सको चार्टर्ड उडानबाट अमेरिका हुँदै शनिबार सम्म वेस्टइन्डिजको सिपिएल आयोजना हुने स्थानमा पुगिसक्ने छन् । गत असारमा भएको ड्राफ्टमा सन्दीपलाई जमैका तलावाजले एक करोड नेपाली रुपैयाँ भन्दा बढी मूल्यमा अनुबन्ध गरेको थियो । सन्दीपको टोली जमैकामा आन्द्रे रसेल, कार्लोस ब्रेथवेट, तरबेज शाम्सी र ओशन थोमस जस्ता स्टार खेलाडी छन् ।
जमैकाले अगष्ट १९ मा सेन्ट लुसिया जुक्सविरुद्ध खेल्दै सुरुवात गर्ने छ । २० अगष्टमा जमैकाले ट्रीनबेगो नाइट राइडर्सविरुद्ध खेल्ने छ । २२ अगष्टमा गुयाना एमेजन वारियर्सविरुद्ध खेल्ने छ । २५ अगष्टमा पुन गुयानासँग खेल्ने छ । २६ अगष्टमा बार्बाडोस ट्राइडेन्ट्सविरुद्ध खेल्ने छ । २९ अगष्टमा सेन्ट किट्स एण्ड नेभिस पेट्रीयट्सविरुद्ध खेल्ने छ ।
१ सेप्टेम्बरमा ट्राइडेन्ट्सविरुद्ध खेल्ने छ । ३ सेप्टेम्बरमा पेट्रीयट्सविरुद्ध खेल्ने छ । सेप्टेम्बर ५ मा बार्बाडोसविरुद्ध खेल्ने छ । लिग चरणको अन्तिम खेलमा लुसिया जुक्सविरुद्ध खेल्ने छ । शीर्ष चारमा पर्न सकेमा सेप्टेम्बर ८ मा सेमिफाइनल खेल खेल्ने छ । फाइनल १० सेप्टेम्बरमा हुँने छ । १९ सेप्टेम्बर
देखि आइपिएल सुरु हुँने हुँदा सन्दीप उतैबाट युएई जाने छन् ।
यो पनि : सन्दीपले टीयु मैदानका कर्मचारीलाई एक लाख सहयोग गर्ने
March 6, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि कर्णाली प्रदेशको टिम घोषणा भएको छ । बिहीवार कर्णाली प्रदेश क्रिकेट संघले दिवान पुनको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ । आगामी आइतवारबाट प्रतियोगिता सुरु हुनेछ । पहिलो पटक प्रतियोगिताका सबै खेल काठमाडौं बाहिर हुदैछ । यस संस्करणको प्रतियोगिता लुम्बिनी प्रदेशका ३ क्रिकेट […]
March 6, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि बागमती प्रदेशको टिम घोषणा भएको छ । बिहीवार बागमती प्रदेश क्रिकेट संघले पृथु बासकोटाको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ । केही महिना अघि सम्पन्न एलिट कपमा बागमतीको कप्तानी गरेका सन्दीप लामिछाने बिना नै टोलीको घोषणा भएको हो । आजै सम्पन्न प्रदेश छनोट […]
March 6, 2025
काठमाडौं(हाम्रो खेलकुद) – ललितपुर जिल्ला प्रधानमन्त्री कप बागमती प्रदेश छनोट प्रतियोगिताको च्याम्पियन बनेको छ । बिहीवार भएको फाइनल खेलमा मकवानपुर जिल्लालाई ६५ रनले पराजित गरि ललितपुर च्याम्पियन बनेको हो । ललितपुरले दिएको १ सय ९३ रनको लक्ष्य पछ्याएको मकवानपुर ३९.५ ओभरमा १ सय २७ रनमा समेटियो । मकवानपुरका लागि विशाल फुयालले ६४ बलमा सर्वाधिक ४१ […]