default_image

5 years ago

July 29, 2020

सन्दीपले टीयु मैदानका कर्मचारीलाई एक लाख सहयोग गर्ने

132 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले टीयु क्रिकेट मैदानमा कार्यरत कर्मचारीलाई १ लाख रुपैयाँ सहयोग गर्ने भएका छन् ।

सन्दीपले क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल बिहिबार जानुअघि बुधबार पत्रकार सम्मेलनको क्रममा एक लाख रुपैयाँ सहयोग घोषणा गरेका हुन् ।

‘हामी आउँदा सधैं पिच र मैदान तयार पार्नुहुन्छ । कोरोनाले प्रभावित भएको बेला उहाँहरुलाई धेरै कठिन भएको होला । सहयोग गर्न ढिला पनि भएको होला । अन्य दिनमा सहयोगी हातहरु थपिँदै जालान् । मैले आफ्नो तर्फबाट सक्ने सहयोग गर्न चाहन्छु’, सन्दीपले भने । नेपालको एकमात्र अन्तर्राष्ट्रिय क्रिकेट मैदान टीयुमा कुल १५ जना कर्मचारी रहेका छन् ।

सिपिएल भदौ २ देखि २५ (अगष्ट १८– सेप्टेम्बर १०) सम्म ट्रीनिडाड एन्ड टोबेगोमा हुँदैछ । सन्दीप बिहिबार १० बजे विहान कोरियन एरलायन्सको चार्टर्ड उडानबाट अमेरिका हुँदै शनिबार सम्म वेस्टइन्डिजको सिपिएल आयोजना हुने स्थानमा पुगिसक्ने छन् । सन्दीप १४ दिन क्वारेन्टाइनमा बस्ने छन् ।

मंगलबार कोरोना परिक्षण गराएका सन्दीपको रिपोर्ट नेगेटिभ आएसँगै उनी जाने भएका हुन् । गत असारमा भएको ड्राफ्टमा सन्दीपलाई जमैका तलावाजले एक करोड नेपाली रुपैयाँ भन्दा बढी मूल्यमा अनुबन्ध गरेको थियो । सन्दीपको टोली जमैकामा आन्द्रे रसेल, कार्लोस ब्रेथवेट, तब्रेज शाम्सी र ओशन थोमस जस्ता स्टार खेलाडी छन् ।

March 6, 2025

दिवानको कप्तानीमा कर्णालीको टोली घोषणा

काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि कर्णाली प्रदेशको टिम घोषणा भएको छ । बिहीवार कर्णाली प्रदेश क्रिकेट संघले दिवान पुनको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ । आगामी आइतवारबाट प्रतियोगिता सुरु हुनेछ । पहिलो पटक प्रतियोगिताका सबै खेल काठमाडौं बाहिर हुदैछ । यस संस्करणको प्रतियोगिता लुम्बिनी प्रदेशका ३ क्रिकेट […]

March 6, 2025

पृथुको कप्तानीमा बागमतीको टोली घोषणा

काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि बागमती प्रदेशको टिम घोषणा भएको छ । बिहीवार बागमती प्रदेश क्रिकेट संघले पृथु बासकोटाको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ । केही महिना अघि सम्पन्न एलिट कपमा बागमतीको कप्तानी गरेका सन्दीप लामिछाने बिना नै टोलीको घोषणा भएको हो । आजै सम्पन्न प्रदेश छनोट […]

March 6, 2025

ललितपुर बन्यो बागमती छनोटको च्याम्पियन

काठमाडौं(हाम्रो खेलकुद) – ललितपुर जिल्ला प्रधानमन्त्री कप बागमती प्रदेश छनोट प्रतियोगिताको च्याम्पियन बनेको छ । बिहीवार भएको फाइनल खेलमा मकवानपुर जिल्लालाई ६५ रनले पराजित गरि ललितपुर च्याम्पियन बनेको हो । ललितपुरले दिएको १ सय ९३ रनको लक्ष्य पछ्याएको मकवानपुर ३९.५ ओभरमा १ सय २७ रनमा समेटियो । मकवानपुरका लागि विशाल फुयालले ६४ बलमा सर्वाधिक ४१ […]

Success

Thank you for your time.