default_image

5 years ago

August 4, 2020

धोनीसँग सफल र कोहलीको कप्तानीमा असफल खेलाडीहरु

111 views

0 Bookmark

कुनैपनि खेलाडीमा क्षमता र प्रतिभा मात्र भएर हुँदैन । उक्त खेलाडीको क्षमता चिन्न र सदुपयोग गर्न सक्ने कप्तान पनि हुनुपर्छ । जित र हारमा कप्तानी भूमिका र निर्णय महत्त्वपूर्ण हुन्छ ।

कप्तानले क्षमता अनुसार भूमिका दिएको खण्डमा मात्र एक युवा प्रतिभाले आफूलाई महान क्रिकेटरको रुपमा स्थापित गर्नसक्छ । उत्कृष्ट प्रतिभा र क्षमता भएका खेलाडी भएपनि कप्तानी नेतृत्व क्षमता कमजोर भएमा उक्त टोली सफल हुन सक्दैन । कपिल देव, मोहम्मद अजहरुद्दीन, सौरभ गांगुली, सचिन तेन्दुलकर, महेन्द्रसिंह धोनी र विराट कोहली भारतीय क्रिकेटमा सर्वाधिक सफल कप्तान मानिन्छन् । धोनी भारतको मात्र नभएर विश्व क्रिकेटकै एक सर्वाधिक सफल कप्तान पर्दछन् । धोनी आईसिसीको एक दिवसिय, टि२० आई र च्याम्पियन्स ट्रफी उपाधि जित्ने एक्लो कप्तान हुन् ।

खेलाडीको क्षमता अनुसारको भूमिका दिने र सधैं मनोबल बढाउँन हौसला प्रदान गर्दा उनको अण्डरमा खेल्ने खेलाडी धेरै सफल भए । चतुर र चलाख दिमागका खानी मानिने धोनीले खेलाडीको प्रतिभा, मैदान र पिचको अवस्था साथैं विपक्षी  खेलाडीको कमजोरी चाँडै बुझ्ने गर्दथे र आफ्ना खेलाडीलाई त्यसै अनुसार सल्लाह दिन्थे । कप्तान विराटले भारतलाई आइसिसी विश्वकप उपाधि दिलाउन नसकेपनि विश्व क्रिकेटमा तीनै शैलीमा उत्कृष्ट टोलीको रुपमा उभ्याउन भने सफल भए । धोनीको कप्तानीमा सफल र कोहलीको कप्तानीमा असफल भएका तीन भारतीय खेलाडी ।

३. रविचन्द्रन आश्विन

स्पिनर रविचन्द्रन आश्विन भारतीय क्रिकेट टोलीका यस दशकका एक सफल स्पिनर हुन् । एक समय आश्विनविना स्पिन रणनिती कमजोर मानिने गर्थ्यो । सन् २०१० देखि भारतीय टोलीबाट खेल्न लागेका आश्विन धोनीको रोजाईको स्पिनर बने । तर कोहलीले कप्तानी सम्हालेदेखि आश्विन टेष्ट टोलीमा मात्र सीमित हुँदै आएका छन् । किफायती स्पिनर आश्विनलाई धोनीले राम्रो साथ र सल्लाह दिँदा सफल स्पिनर बनेका थिए । आश्विनले धोनीको कप्तानीमा भारतबाट ७८ ओडिआई र ४२ टि२० आई खेल खेले । उक्तक्रममा १ सय ५ ओडिआई र ४९ टि२० आई विकेट लिएका थिए ।

तर कोहलीको रणनितीमा आश्विन परेनन् । कोहलीको रणनिती अनुसार विकेट नलिएपछि आश्विन बाहिरिएका थिए । सन् २०१७ पछि आश्विन भारतीय सीमित ओभरको खेलमा छैनन् । कोहलीले आश्विनको सट्टा युवा खेलाडी कुलदीप यादव र युजभेन्द्र चहललाई तयार पार्न ध्यान दिएका थिए ।

२. सुरेश रैना

raina

एक समय भारतीय क्रिकेट टोलीमा रैना निकै महत्त्वपूर्ण सदस्य थिए । ओडिआईमा मध्यक्रम र टि२० आईमा शीर्षक्रमका प्रमुख ब्याट्सम्यान रैना उत्कृष्ट फिल्डर र पार्टटाईम बलर थिए । तर २०१६ पछि रैनाले नियमीत स्थान बनाउन सकेनन् । रैनाले धोनीको कप्तानीमा २ सय २८ अन्तर्राष्ट्रिय खेल खेलेका छन् । बायाँ हाते ब्याट्सम्यानले उनले उक्त खेलमा ६ हजार २ सय २८ रन बनाएका थिए । औसत ३५ को रहँदा ५० भन्दा बढी विकेट पनि लिएका थिए ।

जब कोहली कप्तान भए त्योसँगै रैना टोली बाहिर रहे । चोटका कारण केहि समय बाहिर रहनुपर्यो । सन् २०१७ मा कोहलीको कप्तानीमा मात्र ३ खेल खेले । सन् २०१८ मा १६ अन्तर्राष्ट्रिय खेल खेले । जसमा उनी रोहित शर्माको कप्तानीमा ६ खेल सामेल थियो । समग्रमा कोहलीको कप्तानीमा रैनाले २६ अन्तर्राष्ट्रिय खेल खेल्दा ५ सय ४२ रन बनाएका थिए । कोहलीको रणनिती हेर्दा रैनालाई भारतीय टोलीमा पुनः मौका मिल्ने सम्भावना न्यून देखिन्छ ।

१. युवराज सिंह

युवराज सिंहको नाम लिदाँ धेरैको मनमा सन् २००७ मा इंग्ल्यान्डका स्टुअर्ट ब्रोर्डलाई ६ बलमा ६ छक्काको स्मरण हुने गर्दछ । युवराज एक समय भारतीय क्रिकेटमा मध्यक्रममा प्रमुख ब्याट्सम्यान र पार्टटाइम स्पिनर थिए । युवराजले एक्लै भारतीय टोलीको जित सहज बनाउन सक्ने क्षमता राख्थे । सन् २०११ मा भारतले एकदिवसिय विश्वकप जित्दा युवराज सर्वोत्कृष्ट खेलाडी चुनिएका थिए । एक समयमा उत्कृष्ट हार्डहिटर युवराज धोनीका प्रमुख हतियार मानिन्थे । युवराजले धोनीको कप्तानीमा १ सय ७५ अन्तर्राष्ट्रिय खेलमा ५ हजार बढी रन बनाउँदै नियमित टोलीमा स्थान बनाए ।

कोहली सन् २०१७ मा सीमित ओभरको कप्तान बनेपछि उनले १४ खेल खेल्दा ४ सय १५ रन बनाए । कोहलीको रणनितीमा नपरेका युवराजले टोलीमा मौका पाउन सकेनन् । कोहलीले युवराज सिंहको सट्टा युवा खेलाडीलाई प्राथमिकता दिन खोजे । भारतीय टोलीमा आफ्नो स्थान नदेखेपछि युवराजले अघिल्लो वर्ष सन्न्यास लिएका थिए ।

(एजेन्सीको सहयोगमा)

March 6, 2025

दिवानको कप्तानीमा कर्णालीको टोली घोषणा

काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि कर्णाली प्रदेशको टिम घोषणा भएको छ । बिहीवार कर्णाली प्रदेश क्रिकेट संघले दिवान पुनको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ । आगामी आइतवारबाट प्रतियोगिता सुरु हुनेछ । पहिलो पटक प्रतियोगिताका सबै खेल काठमाडौं बाहिर हुदैछ । यस संस्करणको प्रतियोगिता लुम्बिनी प्रदेशका ३ क्रिकेट […]

March 6, 2025

पृथुको कप्तानीमा बागमतीको टोली घोषणा

काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि बागमती प्रदेशको टिम घोषणा भएको छ । बिहीवार बागमती प्रदेश क्रिकेट संघले पृथु बासकोटाको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ । केही महिना अघि सम्पन्न एलिट कपमा बागमतीको कप्तानी गरेका सन्दीप लामिछाने बिना नै टोलीको घोषणा भएको हो । आजै सम्पन्न प्रदेश छनोट […]

March 6, 2025

ललितपुर बन्यो बागमती छनोटको च्याम्पियन

काठमाडौं(हाम्रो खेलकुद) – ललितपुर जिल्ला प्रधानमन्त्री कप बागमती प्रदेश छनोट प्रतियोगिताको च्याम्पियन बनेको छ । बिहीवार भएको फाइनल खेलमा मकवानपुर जिल्लालाई ६५ रनले पराजित गरि ललितपुर च्याम्पियन बनेको हो । ललितपुरले दिएको १ सय ९३ रनको लक्ष्य पछ्याएको मकवानपुर ३९.५ ओभरमा १ सय २७ रनमा समेटियो । मकवानपुरका लागि विशाल फुयालले ६४ बलमा सर्वाधिक ४१ […]

Success

Thank you for your time.