5 years ago
August 11, 2020
हरेक खेलाडीको मैदानभित्र खेल प्रदर्शनसँगै पारिवारिक जीवन पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ । अन्तर्राष्ट्रिय खेल र अभ्यासको कारण एक खेलाडीले परिवारलाई कमै मात्र समय दिन पाउँछन् ।
व्यक्तिगत जीवनले पनि खेलाडीको प्रर्दशनमा प्रभाव पार्ने गर्दछ । विवाह हरेक मानिसको लागि महत्त्वपूर्ण क्षण हो । खेलाडीहरुले तुलानात्मक रुपमा विवाह ढिला गर्ने गर्दछन् । तर सबैको वैवाहिक जीवन सफल हुन्छ भन्ने हुँदैन । त्यस्तै, पाँच चर्चित खेलाडी जसको पहिलो विवाह असफल हुँदा दुई भन्दा बढी विवाह गरेका छन् ।
५. दिनेश कार्तिक (भारत)
भारतीय क्रिकेट टोलीका विकेटकिपर ब्याट्सम्यान दिनेश कार्तिक महेन्द्रसिंह धोनीको छायाँमा परेका खेलाडी मानिन्छन् । सन् २००४ मा भारतीय टोलीमा डेब्यु गरेका कार्तिकले २६ टेष्ट, ९४ ओडिआई र ३२ टि२० आई खेलेका छन् । कार्तिकले सन् २००७ मा बाल्यकालकी साथी निकिता वञ्जारासँग विवाह गरेका थिए । तर २०१२ मा यी दुईबीच डिर्भोस भएको थियो ।
त्यसैवर्ष निकिताले भारतीय क्रिकेट टोलीका अर्का ब्याट्सम्यान मुरली विजयसँग विवाह गरिन् । सन् २०१५ अगष्टमा कात्तिकले भारतीय स्क्वाश चर्चित खेलाडी दीपिका पल्लीकलसँग विवाह गरेका थिए ।
४. ब्रेट ली (अष्ट्रेलिया)
अष्ट्रेलियाका बलर ब्रेट ली विश्व क्रिकेटकै तीव्र गतिका बलरको रुपमा चर्चित र लोकप्रिय छन् । ब्रेट ली ले अन्तर्राष्ट्रिय क्रिकेट सन् १९९९ देखि २०१२ सम्म खेलेका थिए । उनले ७६ टेष्ट, २ सय २१ ओडिआई र २५ टि२० आई खेलेका छन् । ३ सय १० टेष्ट, ३ सय ८० ओडिआई र २८ टि२० आई विकेट लिएका छन् ।
लीले सन् २००६ जुनमा एलिजावेथ केम्प सँग विवाह गरेका थिए । तर दुईवर्ष पछि नै उनीहरु सँगै बस्न छाडे । सन् २००९ मा ब्रेट ली ले कानुनी रुपमा उनलाई छाडे । उनीहरुको एउटा छोरा थियो । सन् २०१४ मा ब्रेट लीले लाना एन्डरसनसँग विवाह गरें । हाल उनीहरुका दुई सन्तान छन् ।
३. शोएब मलिक (पाकिस्तान)
शोएब मलिक पाकिस्तानका एक उत्कृष्ट अलराउन्डर हुन् । अफ स्पिनरबाट आफ्नो करिअर सुरुवात गरेका मलिकले पछि आफूलाई सफल ब्याटिङ अलराउन्डरको रुपमा स्थापित गरे । मलिकले पाकिस्तानबाट सन् १९९९ देखि खेल्दै आएका छन् । हाल टि२० आई क्रिकेटमा सक्रिय छन् । उनले ३५ टेष्ट, २ सय ८७ ओडिआई र १ सय १३ टि२० आई खेलेका छन् । उनी टि२० आई सर्वाधिक खेल खेल्ने खेलाडी समेत पर्दछन् ।
मलिकले सन् २००२ मा आयशा सिद्दीकसँग विवाह गरेका थिए । सन् २०१० मा उनीहरुको डिभोर्स भयो । त्यसैवर्ष अप्रिल १२ मा मलिकले भारतीय टेनिस स्टार सानिया मिर्जासँग विवाह गरेका थिए । सन् २०१८ मा सानिया र मालिक दम्पतिको छोरा जन्मिएको छ ।
२. मोहम्मद अजहरुद्दीन (भारत)
मोहम्मद अजहरुद्दीन भारतीय क्रिकेट टोलीका एक सफल ब्याट्सम्यान र कप्तान हुन् । उनले सन् १९८५ देखि २००० सम्म भारतीय टोलीबाट खेलेका थिए । ९९ टेष्ट र ३ सय ३४ ओडिआई खेलेका छन् । टेष्टमा ६ हजार २ सय १५ र ओडिआईमा ९ हजार ३ सय ७८ रन बनाएका छन् । सन् २००० मा म्याच फिक्सिंग (खेल मिलेमतो) आरोपको कारण प्रतिबन्धमा परेपछि उनको करिअरमा पूर्णविराम लागेको थियो ।
अजहरुद्दीनले सन् १९८७ मा नउरेनसँग विवाह गरेका थिए । तर १९९६ मा उनलाई डिर्भोस दिँदै अजहरुद्दीनले बलिउड अभिनेत्री संगिता बिजलानीसँग विवाह गरेका थिए । यी दुईबीच पनि डिर्भोस भइसकेको छ ।
१. इमरान खान (पाकिस्तान)
पाकिस्तानका पूर्वकप्तान तथा प्रधानमन्त्री इमरान खान विश्वकै एक उत्कृष्ट सफल अलराउन्डर मानिन्छन् । इमरानको कप्तानीमा पाकिस्तानले सन् १९९२ मा विश्वकप जितेको थियो । सन् १९७१ देखि १९९२ सम्म इमरानले ८८ टेष्ट र १ सय ७५ ओडिआई खेले । इमरानले तीन पटक विवाह गर्न पुगे । उनले सुरुमा निर्माता जेमिमा गोल्डस्मिथसँग सन् १९९५ मा विवाह गरेका थिए । तर २००४ मा यी दुईबीच डिभोर्स भयो ।
सन् २०१५ जनवरीमा इमरान खानले रेहम खानसँग दोस्रो विवाह गरें । तर दोस्रो विवाह पनि लामो समय टिकेन । त्यसैवर्ष अक्टोबरमा यी दुईबीच डिभोर्स भयो । सन् २०१८ मा इमरानले बुश्रा बिबीसँग विवाह गरेका थिए । तीनै श्रीमती इमरान भन्दा २० वर्ष कान्छी थिए ।
(स्पोर्ट्जविकिबाट अनुवादित)
March 6, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि कर्णाली प्रदेशको टिम घोषणा भएको छ । बिहीवार कर्णाली प्रदेश क्रिकेट संघले दिवान पुनको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ । आगामी आइतवारबाट प्रतियोगिता सुरु हुनेछ । पहिलो पटक प्रतियोगिताका सबै खेल काठमाडौं बाहिर हुदैछ । यस संस्करणको प्रतियोगिता लुम्बिनी प्रदेशका ३ क्रिकेट […]
March 6, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि बागमती प्रदेशको टिम घोषणा भएको छ । बिहीवार बागमती प्रदेश क्रिकेट संघले पृथु बासकोटाको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ । केही महिना अघि सम्पन्न एलिट कपमा बागमतीको कप्तानी गरेका सन्दीप लामिछाने बिना नै टोलीको घोषणा भएको हो । आजै सम्पन्न प्रदेश छनोट […]
March 6, 2025
काठमाडौं(हाम्रो खेलकुद) – ललितपुर जिल्ला प्रधानमन्त्री कप बागमती प्रदेश छनोट प्रतियोगिताको च्याम्पियन बनेको छ । बिहीवार भएको फाइनल खेलमा मकवानपुर जिल्लालाई ६५ रनले पराजित गरि ललितपुर च्याम्पियन बनेको हो । ललितपुरले दिएको १ सय ९३ रनको लक्ष्य पछ्याएको मकवानपुर ३९.५ ओभरमा १ सय २७ रनमा समेटियो । मकवानपुरका लागि विशाल फुयालले ६४ बलमा सर्वाधिक ४१ […]