5 years ago
July 28, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली लेग स्पिनर सन्दीप लामिछानेले यस संस्करणको क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्ने सम्भावना उच्च भएको छ । सिपिएल भदौ २ देखि २५ (अगष्ट १८– सेप्टेम्बर १०) सम्म ट्रीनिडाड एन्ड टोबेगोमा हुँदैछ ।
नेपाल सरकारले कोरोना भाइरस महामारीको कारण भदौ १ गते सम्मलाई अन्तर्राष्ट्रिय उडानलाई रोक लगाएको छ । आइसिसीको नियम अनुसार कुनैपनि खेलाडी १४ दिन क्वारेन्टिनमा बस्नु पर्ने हुन्छ । जसले गर्दा केहि दिन अघिसम्म सिपिएल खेल्ने सम्भावना अन्यौल रहेको सन्दीपको व्यवस्थापन हेर्दै आएका नेपाली क्रिकेट टोलीका भिडियो एनलिस्ट रमन शिवाकोटीले बताएका थिए ।
मंगलबार शिवाकोटीले सन्दीपले सिपिएल खेल्ने सम्भावना उच्च रहेको बताएका छन् । शिवाकोटीले सन्दीपले सिपिएल खेल्ने बारे मंगलबारसम्म आधाकारीक रुपमै थाहा हुन सक्ने हाम्रो खेलकुदलाई जानकारी दिएका छन् । गत असारमा भएको ड्राफ्टमा सन्दीपलाई जमैका तलावाजले एक करोड नेपाली रुपैयाँ भन्दा बढी मूल्यमा अनुबन्ध गरेको थियो । सन्दीपको टोली जमैकामा आन्द्रे रसेल, कार्लोस ब्रेथवेट, तरबेज शाम्सी र ओशन थोमस जस्ता स्टार खेलाडी छन् ।
सन्दीप अनुबन्धित जमैकाको खेल तालिका
सिपिएलमा लिग चरणमा हरेक दिन दुइ खेल हुँने छन् । जमैकाले अगष्ट १९ मा सेन्ट लुसिया जुक्सविरुद्ध खेल्दै सुरुवात गर्ने छ । २० अगष्टमा जमैकाले ट्रीनबेगो नाइट राइडर्सविरुद्ध खेल्ने छ । २२ अगष्टमा गुयाना एमेजन वारियर्सविरुद्ध खेल्ने छ । २५ अगष्टमा पुन गुयानासँग खेल्ने छ । २६ अगष्टमा बार्बाडोस ट्राइडेन्ट्सविरुद्ध खेल्ने छ । २९ अगष्टमा सेन्ट किट्स एण्ड नेभिस पेट्रीयट्सविरुद्ध खेल्ने छ ।
१ सेप्टेम्बरमा ट्राइडेन्ट्सविरुद्ध खेल्ने छ । ३ सेप्टेम्बरमा पेट्रीयट्सविरुद्ध खेल्ने छ । सेप्टेम्बर ५ मा बार्बाडोसविरुद्ध खेल्ने छ । लिग चरणको अन्तिम खेलमा लुसिया जुक्सविरुद्ध खेल्ने छ । शीर्ष चारमा पर्न सकेमा सेप्टेम्बर ८ मा सेमिफाइनल खेल खेल्ने छ । फाइनल १० सेप्टेम्बरम हुँने छ ।
March 6, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि कर्णाली प्रदेशको टिम घोषणा भएको छ । बिहीवार कर्णाली प्रदेश क्रिकेट संघले दिवान पुनको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ । आगामी आइतवारबाट प्रतियोगिता सुरु हुनेछ । पहिलो पटक प्रतियोगिताका सबै खेल काठमाडौं बाहिर हुदैछ । यस संस्करणको प्रतियोगिता लुम्बिनी प्रदेशका ३ क्रिकेट […]
March 6, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि बागमती प्रदेशको टिम घोषणा भएको छ । बिहीवार बागमती प्रदेश क्रिकेट संघले पृथु बासकोटाको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ । केही महिना अघि सम्पन्न एलिट कपमा बागमतीको कप्तानी गरेका सन्दीप लामिछाने बिना नै टोलीको घोषणा भएको हो । आजै सम्पन्न प्रदेश छनोट […]
March 6, 2025
काठमाडौं(हाम्रो खेलकुद) – ललितपुर जिल्ला प्रधानमन्त्री कप बागमती प्रदेश छनोट प्रतियोगिताको च्याम्पियन बनेको छ । बिहीवार भएको फाइनल खेलमा मकवानपुर जिल्लालाई ६५ रनले पराजित गरि ललितपुर च्याम्पियन बनेको हो । ललितपुरले दिएको १ सय ९३ रनको लक्ष्य पछ्याएको मकवानपुर ३९.५ ओभरमा १ सय २७ रनमा समेटियो । मकवानपुरका लागि विशाल फुयालले ६४ बलमा सर्वाधिक ४१ […]