default_image

5 years ago

July 27, 2020

क्रिकेट ब्याट चलाउने बेला डायलिसिस धाउने बाध्यता

143 views

0 Bookmark

भुपेन्द्र जिसी, काठमाडौं

ओपनर कुन्दनसिंह राजपूतले १० वर्षको उमेरमा महोत्तरीको जलेश्वरमा क्रिकेट सुरु गर्दा देशको जर्सीमा खेल्ने सपना देखेका थिए । त्यसै सपना पूरा गर्ने क्रममा दुई वर्षअघि काठमाडौंमा भएको प्रधानमन्त्री राष्ट्रिय एकदिवसिय प्रतियोगितामा कुन्दनले प्रदेश २ बाट खेल्ने मौका पाए ।

पहिलो राष्ट्रिय प्रतियोगिता खेलेका कुन्दनले त्यसबेला सोचे अनुसार प्रदर्शन गर्न भने सकेनन् । २३ वर्षको उमेरमा पहिलो राष्ट्रिय प्रतियोगिता खेल्ने अवसर पाएका उनले प्रदेश १ विरुद्ध १६ र गण्डकीविरुद्ध १० रनमा आउट भएका थिए । विभागीय टोली त्रिभुवन आर्मीविरुद्ध शून्यमै आउट हुन पुगे । पहिलो प्रतियोगितामा रन नबनेपनि उनले भरपुर अनुभव बटुले ।

कुन्दनले आउने दिनमा अझै राम्रो प्रर्दशन गर्ने लक्ष्य राखेका थिए । तर एक वर्ष नबित्दै उनको योजना तुषारापात भयो । दुवै मृगौला खराब भएका कारण कुन्दनको क्रिकेट मात्र होइन सामान्य जीवनयापनमै प्रभाव पर्यो । सुरुमा वीर अस्पतालमा उपचार गराएका कुन्दन अहिले अञ्चल अस्पताल जनकपुरमा नियमित डायलिसिस गराउँदै आएका छन् ।

२५ वर्षीय कुन्दनका बाबु र आमा दुवै छैनन् । उनको आमाको दश वर्षअघि किड्नीकै समस्याले ग्रसित भएर मृत्यु भएको थियो भने बुबा आठ वर्षअघि हेमोग्लोबिनको  समस्याले बितेका थिए । कुन्दन अहिले आफ्नो मामा माइजुसँग बस्दै आएका छन् । उनी दुइ दिनमा एक पटक मृगौला डायलिसिस गराउँदै आएका छन् । आर्थिक अवस्था कमजोर हुँदा डायलिसिस गराउन नै मुश्किल परिरहेको उनले बताए ।

‘एक वर्षदेखि निरन्तर उपचार गराउँदै आएको छुँ । खासै सुधार भएको छैन । आर्थिक सहयोग अलि अलि जुटेको छ । एउटा मृगौला फेर्न डाक्टरहरुको सल्लाह अनुसार ७ देखि १० लाख लाग्छ । जुन पैसा मसँग छैन’, उनले भने ।

‘एक वर्ष अघिसम्म क्रिकेट बाहेक मैले अरु केहि पनि सोचेको थिइनँ । क्रिकेटलाई नै सबै थोक ठानेको थिए । तर एक्कासी यस्तो भएपछि क्रिकेट मेरा लागि अहिले एउटा सपना जस्तै बनिरहेको छ । एकदिन नेपालबाट खेल्ने सपना थियो । एउटा खेलाडीको देशको जर्सीमा खेल्न सपना पूरा हुँदा त्यो भन्दा अरु ठूलो कुरा के नै हुन सक्छ र ? तर मेरो त्यहि सपना पूरा नहुने भयो, साह्रै दुखी छु’, उनले भावुक हुँदै भने ।

‘अहिले मृगौला फेर्न मलाई ठूलो आर्थिक सहयोग आवश्यक छ । त्यसको लागि नेपाली समर्थक, खेलाडी, नेपाल क्रिकेट संघ(क्यान) र सरकारबाट केहि सहयोगको आशा राखेको छु । प्रदेश २ सरकारले १ लाख सहयोग गरेको छ । सबैले आ-आफ्नो ठाउँबाट जे जति सक्नुहुन्छ त्यहि सहयोग गर्नुहोस्भन्न चाहन्छु’, उनले भने ।

‘कुन्दनसिंह बचाउ अभियान’

पोखरामा सिभिल इन्जिनियर दोस्रो वर्षमा अध्ययनरत नेपाली क्रिकेटका समर्थक विज्ञान कार्कीले एक सातायता ‘कुन्दनसिंह बचाउ अभियान’ चलाएका छन् । नेपाली क्रिकेटका सक्रिय समर्थक कार्कीले एक सातामा झन्डै एक लाख रुपैयाँ सहयोग उठेको हाम्रोखेलकुदलाई जानकारी दिए । ‘ पछिल्लो केहि दिनयता सहयोग गर्नेको संख्या बढ्दै गएको छ । खेलाडीले पनि सहयोग गरिरहेका छन् । हालसम्म पुरुषभन्दा महिला खेलाडीले बढि सहयोग गरेको छन्,’ उनले भने ।

March 8, 2025

अर्किडलाई भरतपुर मेयर्स कप क्रिकेटको उपाधि

चितवन (हाम्रो खेलकुद)- अर्किड इङ्लिस स्कुलले भरतपुर मेयर्स कप इन्टर स्कुल लिग क्रिकेटको उपाधि जितेको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा आज भएको फाइनल खेलमा अर्किडले नारायणी नमुना माविलाई ४ विकेटले पराजित गर्दै लगातार दोस्रोपटक उपाधि उचालेको हो । ७७ रनको झिनो लक्ष्य अर्किडले २५.३ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्‍यो । अर्किडको […]

March 8, 2025

इन्डो- नेपाल टि ट्वान्टी क्रिकेट- थन्डर सेमिफाइनलमा

हिमाल खरेल, मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो -नेपाल टि ट्वान्टी क्रिकेट प्रतियोगितामा सरस्वती क्रिकेट एकेडेमीलाई ६ विकेटले हराउँदै थन्डर–११ सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा आज टस जितेर पहिलो ब्याटिङ गरेको सरस्वतीले १७.४ ओभरमा सबै विकेट गुमाउँदै ७९ रन बनाएको थियोे । सरस्वतीका लागि शौरभ ढकालले २० बल खेल्दै सर्वाधिक १८ […]

March 8, 2025

नेपाल नामिबियासँग पराजित

काठमाडौं(हाम्रो खेलकुद) –नेपाल युगान्डामा सुरु भएको वुमन्स डे टि ट्वान्टी आई सिरिजमा नामिबियासँग पराजित गरेको छ । पहिलो खेलमा आज नेपालमाथि नामिबियाले ६ विकेटको जित हासिल गर्यो । ९३ रनको लक्ष्य पछ्याउने क्रममा युगान्डाले ८ ओभरमा १ विकेट गुमाएर ३९ रन बनाएको अवस्थामा वर्षाका कारण खेल रोकिएको थियो । केही समयपछि खेल फेरि सुरु भए […]

Success

Thank you for your time.