5 years ago
July 25, 2020
एजेन्सी – युवा स्टार ओली पोपको उत्कृष्ट ब्याटिङसँगै वेस्टइन्डिजविरुद्धको तेस्रो तथा अन्तिम टेष्ट खेलमा इंग्ल्यान्ड बलियो योगफलतर्फ अघि बढेको छ ।
ओल्ड ट्राफर्ड म्यानचेस्टरमा टस हारेर ब्याटिङको निम्तो पाएको इंग्ल्यान्डले पहिलो दिनको समाप्तीमा ८५.४ ओभरमा ४ विकेटको क्षतिमा २ सय ५८ रन जोडेको छ । युवा ब्याट्सम्यान ओली पोप आफ्नो टेष्ट करिअरको दोस्रो शतक नजिक छन् । पोप १ सय ४२ बलमा ११ चौका सहित ९१ रनमा अविजित छन् । विकेटकिपर जस बटलरले १ सय २० बलमा २ छक्का र ५ चौका सहित ५६ रनमा अविजित छन् ।
पाँचौ विकेटका लागि पोप र बटलरले २ सय २८ बलमा १ सय ३६ रनको अविजित महत्वपूर्ण साझेदारी गर्दै विशाल योगफलको बाटो देखाएका छन् । ओपनर रोरी बर्न्स १ सय ४७ बलमा ४ चौका सहित ५७ रनमा क्याच आउट भए । रोरीलाई स्पिनर रोस्टन चेशले रेहकम कर्नवालबाट क्याच आउट गराए ।
अर्का ओपनर डोम सिब्लेलाई केमार रोचले एलबिडब्लू शून्यमा आउट गरे । कप्तान जो रुट १७ रनमा रन आउट भए । रोचले बेन स्टोक्सलाई २० रनमा बोल्ड आउट गरे । तीन टेष्ट सिरिज १–१ को बराबरीमा छ । त्यसैले दुबै टोलीलाई अन्तिम खेल जित्नै पर्ने दबाब छ ।
March 6, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि बागमती प्रदेशको टिम घोषणा भएको छ । बिहीवार बागमती प्रदेश क्रिकेट संघले पृथु बासकोटाको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ । केही महिना अघि सम्पन्न एलिट कपमा बागमतीको कप्तानी गरेका सन्दीप लामिछाने बिना नै टोलीको घोषणा भएको हो । आजै सम्पन्न प्रदेश छनोट […]
March 6, 2025
काठमाडौं(हाम्रो खेलकुद) – ललितपुर जिल्ला प्रधानमन्त्री कप बागमती प्रदेश छनोट प्रतियोगिताको च्याम्पियन बनेको छ । बिहीवार भएको फाइनल खेलमा मकवानपुर जिल्लालाई ६५ रनले पराजित गरि ललितपुर च्याम्पियन बनेको हो । ललितपुरले दिएको १ सय ९३ रनको लक्ष्य पछ्याएको मकवानपुर ३९.५ ओभरमा १ सय २७ रनमा समेटियो । मकवानपुरका लागि विशाल फुयालले ६४ बलमा सर्वाधिक ४१ […]
March 6, 2025
एजेन्सी – विश्व कप लिग टु अन्तगर्त क्यानडा र नेदरल्याण्ड्सबीचको खेल वर्षाका कारण रद्द भएको छ । नामिबियामा जारी त्रिकोणात्मक सिरिजमा बुधवार हुनुपर्ने क्यानडा र नेदरल्याण्ड्सबीचको खेल टस समेत नभई रद्द भएको हो । नेपालसहित ८ टोली सहभागी लिग टु क्यानडा १३ खेलमा १७ अंकका साथ तेस्रो स्थानमा छ । समान खेलमा १५ अंकका साथ […]