5 years ago
July 24, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली लेग स्पिनर सन्दीप लामिछानेले आगामी संस्करणको क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्ने सम्भावना अन्यौल र कठिन बनेको छ ।
सिपिएल भदौ २ देखि २५ (अगष्ट १८– सेप्टेम्बर १०) सम्म हुँदैछ । तर नेपाल सरकारले कोरोना भाइरस महामारीको कारण भदौ १ गते सम्मलाई अन्तर्राष्ट्रिय उडानलाई रोक लगाएको छ । आइसिसीको नियम अनुसार कुनैपनि खेलाडी १४ दिन क्वारेन्टाइनमा बस्नु पर्ने हुन्छ । जसले गर्दा सन्दीपले सिपिएल खेल्ने सम्भावना कठिन बन्दै गएको छ । सन्दीपको व्यवस्थापन हेर्दै आएका नेपाली क्रिकेट टोलीका भिडियो एनलिस्ट रमन शिवाकोटीले पनि सन्दीपको यात्रा कठिन रहेको बताउँछन् ।
‘सन्दीप उता पुग्नुपर्ने साउन तेस्रो साताभित्र हो । उडान खुलेको छैन । त्यहि समस्या हो । अहिले सम्म त्यहि मिलाउन खोजिरहेका छौं । भदौ १ पछि खुलेपछि १४ दिन क्वारेन्टनइनमा बस्नुपर्ने हुन्छ । त्यसैले भदौ १ पछि जाने सम्भावना एकदमै कम छ’, रमनले हाम्रो खेलकुदसँग भने ।
‘उता गएर १४ दिन बस्नुपर्छ । त्यसले गर्दा हामीलाई समस्या भएको छ । सरकारसँग उनीहरुले उतैबाट पहल गरिरहेका छन् । यताबाट भने सरकारलाई कुनै पहल भएको छैन । एक्लै जहाज लगेर जाने पनि होइन । त्यसैले मिलाउनै समस्या परि रहेको छ’, उनले भने ।
गत असारमा भएको ड्राफ्टमा सन्दीपलाई जमैका तलावाजले एक करोड नेपाली रुपैयाँ भन्दा बढी मूल्यमा अनुबन्ध गरेको थियो । सन्दीपको टोली जमैकामा आन्द्रे रसेल, कार्लोस ब्रेथवेट, तरबेज शाम्सी, ओशन थोमस जस्ता स्टार खेलाडी रहेका छन् । सिपिएलमा दुइ सेमिफाइनल र एक फाइनल गरि कुल ३३ खेल हुने छन् । सबै खेल समर्थक विनाको रंगशालामा हुने छ ।
सन्दीप तेस्रो पटक सिपिएल खेल्ने तयारीमा छन् । यस अघि सन्दीपले सन् २०१८ मा सिपिएलमा सेन्ट किट्स एन्ड नेभिस पेट्रीयट्सबाट खेलेका थिए । पहिलो सिजन सेन्ट किट्समा अनुबन्ध हुँदा सन्दीपले ५ हजार अमेरिकी डलर प्राप्त गरेका थिए । पहिलो सिजनमा उनले ५ खेल खेल्दै ७ विकेट हात पारेका थिए ।
दोस्रो सिजनमा बार्बाडोस ट्राइडेन्ट्समा अनुबन्धित सन्दीपले ६ खेल खेलेका थिए । उनले कुल ८ विकेट लिए । सन्दीप राष्ट्रिय टोलीको खेल जुधेपछि सिजनको बीचमै छोडेर गएपनि ट्राइडेन्ट्सले उपाधि जितेको थियो । दोस्रो सिजनमा भने बार्बाडोसले उनलाई पाँचौ चरणमा छान्दै ७० हजार अमेरिकी डलर तिरेको थियो । तर सन्दीप पूरा सिजन उपलब्ध नभएका कारण उनले अनुबन्ध रकमको शत प्रतिशत भने प्राप्त गरेनन् ।
March 6, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि कर्णाली प्रदेशको टिम घोषणा भएको छ । बिहीवार कर्णाली प्रदेश क्रिकेट संघले दिवान पुनको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ । आगामी आइतवारबाट प्रतियोगिता सुरु हुनेछ । पहिलो पटक प्रतियोगिताका सबै खेल काठमाडौं बाहिर हुदैछ । यस संस्करणको प्रतियोगिता लुम्बिनी प्रदेशका ३ क्रिकेट […]
March 6, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि बागमती प्रदेशको टिम घोषणा भएको छ । बिहीवार बागमती प्रदेश क्रिकेट संघले पृथु बासकोटाको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ । केही महिना अघि सम्पन्न एलिट कपमा बागमतीको कप्तानी गरेका सन्दीप लामिछाने बिना नै टोलीको घोषणा भएको हो । आजै सम्पन्न प्रदेश छनोट […]
March 6, 2025
काठमाडौं(हाम्रो खेलकुद) – ललितपुर जिल्ला प्रधानमन्त्री कप बागमती प्रदेश छनोट प्रतियोगिताको च्याम्पियन बनेको छ । बिहीवार भएको फाइनल खेलमा मकवानपुर जिल्लालाई ६५ रनले पराजित गरि ललितपुर च्याम्पियन बनेको हो । ललितपुरले दिएको १ सय ९३ रनको लक्ष्य पछ्याएको मकवानपुर ३९.५ ओभरमा १ सय २७ रनमा समेटियो । मकवानपुरका लागि विशाल फुयालले ६४ बलमा सर्वाधिक ४१ […]