5 years ago
July 24, 2020
एजेन्सी – वेस्टइन्डिज र इंग्ल्यान्डबीचको तीन टेष्ट सिरिज अन्तर्गत अन्तिम खेल आजबाट सुरु हुँदैछ । खेल दिउँसो ३ः४५ मा ओल्ड ट्रोफोर्ड म्यानचेस्टरमा सुरु हुनेछ ।
पहिलो टेष्टमा वेस्ट इन्डिज ४ विकेटले विजयी भएको थियो । दोस्रो टेष्टमा इंग्ल्यान्ड १ सय १३ रनले विजयी भएको थियो । सिरिज १-१ को अवस्थामा छ । अन्तिम खेल बराबरी भएमा सिरिज पनि बराबरी हुनेछ । त्यसैले दुवै टोली अन्तिम खेल जित्दै सिरिज जित्न चाहन्छन् ।
दोस्रो टेष्टमा बेन स्टोक्सले पहिलो इनिङमा १ सय ७६ र दोस्रो इनिङमा आक्रामक ७८ रनमा अविजित रहँनुको साथै ३ विकेट लिएका थिए । स्टोक्सको लयलाई रोक्न वेस्ट इन्डिजलाई कठिन पर्ने देखिन्छ । स्टोक्स २०२० टेष्टमा सर्वाधिक रन र विकेट लिने खेलाडी हुन् । उनले २०२० मा टेष्टमा ६ सय १२ रन बनाउँनुको साथै १७ विकेट लिएका छन् ।
दोस्रो टेष्टमा कप्तान जो रुट, ओली पोप र ज्याक क्रलीले कमजोर ब्याटिङ गरेका थिए । यी तीन खेलाडीलाई ठूलो इनिङ खेल्न दबाब छ । क्रली शून्य र ११, पोप ७ र १२ तथा रुट २३ र २२ रनमा आउट भएका थिए । ओपनर डोम सिब्लेले १ सय २० रनको शतकीय इनिङ खेलेका थिए । अर्का ओपनर रोरी बर्न्स पनि राम्रो सुरुवातलाई ठूलो इनिङमा बदल्न खोज्ने छन् ।
बलिङमा क्रिस वोक्सको स्थानमा जोफ्रा आर्चरलाई मौका दिने सम्भावना छ । दोस्रो टेष्ट आर्चरले आन्तरिक अनुशासन पालना नगर्दा बाहिरिएका थिए । स्टुअर्ट ब्रोड र जेम्श एन्डरसन दुबैलाई खेलाउने सम्भावना छ । दोस्रो टेष्टमा ब्रोडले ६ विकेट लिएका थिए भने एन्डरसनलाई विश्राम दिएको थियो । यी दुबै बलरलाई एकै साथ खेलाउन युवा अलराउन्डर साम करनलाई बेन्चमा राख्नुपर्ने देखिन्छ । दोस्रो टेष्टमा करनले ३ विकेट लिनुको साथै १७ रन जोडेका थिए ।
यता वेस्ट इन्डिजलाई शाई होपको खराब लयको चिन्ता थपेको छ । उनले दोस्रो टेष्टमा ३२ रन मात्र बनाएका थिए । जोन क्याम्पबेल पनि चल्न सकेका छैनन् । ओपनर क्रेग ब्रेथवेट भने राम्रो लयमा रहेका छन् । उनले पहिलो इनिङमा ७५ रन बनाएका थिए । वेस्ट इन्डिजको टोलीमा परिवर्तनको सम्भावना कम छ । कप्तान जेसन होल्डरलाई अलराउन्डर प्रर्दशन गर्नु पर्ने दबाब छ ।
पहिलो टेष्टमा ‘प्लेयर अफ द म्याच’ चुनिएका शेनन ग्याब्रियलले दोस्रो टेष्टमा भने त्यो लयलाई निरन्तरता दिन सकेनन् । समग्रमा यी दुबै टोलीको प्रमुख हतियार स्टोक्स र होल्डर हुन् । यी दुइको प्रर्दशनले दुवै देशको वरीयतालाई प्रभाव पार्ने देखिन्छ । ओल्ड ट्राफोर्डमा पछिल्ला १३ टेष्ट खेलमा इंग्ल्यान्ड १ खेलमा पराजित हुँदा १० खेल जितेको छ ।
March 6, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि कर्णाली प्रदेशको टिम घोषणा भएको छ । बिहीवार कर्णाली प्रदेश क्रिकेट संघले दिवान पुनको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ । आगामी आइतवारबाट प्रतियोगिता सुरु हुनेछ । पहिलो पटक प्रतियोगिताका सबै खेल काठमाडौं बाहिर हुदैछ । यस संस्करणको प्रतियोगिता लुम्बिनी प्रदेशका ३ क्रिकेट […]
March 6, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि बागमती प्रदेशको टिम घोषणा भएको छ । बिहीवार बागमती प्रदेश क्रिकेट संघले पृथु बासकोटाको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ । केही महिना अघि सम्पन्न एलिट कपमा बागमतीको कप्तानी गरेका सन्दीप लामिछाने बिना नै टोलीको घोषणा भएको हो । आजै सम्पन्न प्रदेश छनोट […]
March 6, 2025
काठमाडौं(हाम्रो खेलकुद) – ललितपुर जिल्ला प्रधानमन्त्री कप बागमती प्रदेश छनोट प्रतियोगिताको च्याम्पियन बनेको छ । बिहीवार भएको फाइनल खेलमा मकवानपुर जिल्लालाई ६५ रनले पराजित गरि ललितपुर च्याम्पियन बनेको हो । ललितपुरले दिएको १ सय ९३ रनको लक्ष्य पछ्याएको मकवानपुर ३९.५ ओभरमा १ सय २७ रनमा समेटियो । मकवानपुरका लागि विशाल फुयालले ६४ बलमा सर्वाधिक ४१ […]