default_image

5 years ago

July 21, 2020

आइपिएल यूएईमा हुने पक्का

120 views

0 Bookmark

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को १३ औं संस्करण संयुक्त अरव इमिरेट्स (यूएई) मा हुने पक्का भएको छ । आइपिएल गभर्निंग काउन्सिलका अध्यक्ष वृजेश  पटेलले आइपिएल २०२० मा यूएईमा हुने पुष्टि गरेका हुन् ।

अर्को बैठकमा आपचारिक रुपमा घोषणा गर्ने पटेलले क्रिकइन्फोलाई बताएका छन् । यद्यपि प्रतियोगिताको मितिबारे भने निर्णय भइसकेको छैन । आइपिएल २०२० सेप्टेम्बर २६ देखि नोभेम्बर ७ सम्म गर्ने तयारी भई रहेको छ । पटेलका अनुसार आइपिएलका खेल दुबई, आवूधावी र शारजाहमा हुनेछन् । भारतीय क्रिकेट टोलीको अन्तर्राष्ट्रिय खेल तालिका अनुसार आइपिएल नोभेम्बर ७ सम्म सक्नुपर्ने हुन्छ । भारतको डिसेम्बर पहिलो साता देखि अष्ट्रेलियामा चार टेष्ट सिरिज खेल्ने कार्यतालिका छ । १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने हुन्छ ।

‘हामीले टि२० विश्वकप आइसिसीबाट औपचारिक स्थगितको पर्खाइमा थियौं । हामीले भारत सरकारसँग अनुमतिका लागि निवेदन दिएका छौं र अनुमति पाउनु पर्छ’, उनले भने । आइपिएल अप्रिलमा हुने तय थियो । तर कोरोना भाइरसको महामारीको कारण अनिश्चित समय सम्मको लागि सरेको थियो ।

आइपिएल देश बाहिर तेस्रो पटक हुन लागेको हो । यसअघि सन् २००९ मा आम निर्वाचनको कारण पूरै संस्करण दक्षिण अफ्रिकामा भएको थियो । सन् २०१४ मा आमनिर्वाचनको कारण यूएईमा आइपिएलका २० खेल भएका थिए ।

सोमबार आइसिसी बैठकले विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड१९) को महामारीको कारण आगमी अक्टोबर नोभेम्बरमा अष्ट्रेलियामा हुने टि२० विश्वकप एक वर्षको लागि सरेको जनाएको थियो । त्यस्तै यस अघिनै सेप्टेम्बरमा पाकिस्तानमा हुने तय भएको एसिया कप टि२० प्रतियोगिता पनि सरेसँगै आइपिएल गर्न बाटो खुलेको थियो ।

यूएईमा मंगलबार सम्म ५७ हजार १ सय ९३ जनामा कोरोना संक्रमण देखिदा ४९ हजार ६ सय २१ जनालाई ठिक भइसकेको छ । ३ सय ४० जनाको मृत्यु भएको छ । भारतमा १० लाख भन्दा बढीमा संक्रमित हुँदा २८ हजार बढीको मृत्यु भई सकेको छ ।

March 6, 2025

दिवानको कप्तानीमा कर्णालीको टोली घोषणा

काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि कर्णाली प्रदेशको टिम घोषणा भएको छ । बिहीवार कर्णाली प्रदेश क्रिकेट संघले दिवान पुनको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ । आगामी आइतवारबाट प्रतियोगिता सुरु हुनेछ । पहिलो पटक प्रतियोगिताका सबै खेल काठमाडौं बाहिर हुदैछ । यस संस्करणको प्रतियोगिता लुम्बिनी प्रदेशका ३ क्रिकेट […]

March 6, 2025

पृथुको कप्तानीमा बागमतीको टोली घोषणा

काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि बागमती प्रदेशको टिम घोषणा भएको छ । बिहीवार बागमती प्रदेश क्रिकेट संघले पृथु बासकोटाको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ । केही महिना अघि सम्पन्न एलिट कपमा बागमतीको कप्तानी गरेका सन्दीप लामिछाने बिना नै टोलीको घोषणा भएको हो । आजै सम्पन्न प्रदेश छनोट […]

March 6, 2025

ललितपुर बन्यो बागमती छनोटको च्याम्पियन

काठमाडौं(हाम्रो खेलकुद) – ललितपुर जिल्ला प्रधानमन्त्री कप बागमती प्रदेश छनोट प्रतियोगिताको च्याम्पियन बनेको छ । बिहीवार भएको फाइनल खेलमा मकवानपुर जिल्लालाई ६५ रनले पराजित गरि ललितपुर च्याम्पियन बनेको हो । ललितपुरले दिएको १ सय ९३ रनको लक्ष्य पछ्याएको मकवानपुर ३९.५ ओभरमा १ सय २७ रनमा समेटियो । मकवानपुरका लागि विशाल फुयालले ६४ बलमा सर्वाधिक ४१ […]

Success

Thank you for your time.