9 years ago
August 21, 2016
एसिसी सक्रिय हुँदै, नेपालको चर्चा हुने
काठमाडौं (हाम्रो खेलकुद)– पुनः सक्रिय हुने तयारीमा रहेको एसियाली क्रिकेट परिषद् (एसिसी) को आज श्रीलंकाको कोलम्बोमा हुने साधारण सभामा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले क्यानमाथि लगाएको प्रतिबन्धका विषयमा चर्चा हुने भएको छ ।
साधारण सभामा भाग लिन प्रतिबन्धित क्यानका निर्वाचित समितिका अध्यक्ष चतुरबहादुर चन्द र महासचिव अशोकनाथ प्याकुरेल शनिबार कोलम्बो पुगेका छन् । प्याकुरेलका अनुसार एसिसी विघटनपछि एसियाको क्रिकेट विकासको गति सुस्त भएकोमा प्रतिनिधिले महसुस गरेको र अब पुनः एसिसीलाई क्रियासिल बनाउनेमा सहमत भएको छन् । आइसिसीले गत बर्ष एसिसीलाई विघटन गर्दै सबै काम आफु मातहत नै गर्दै आएको छ । प्याकुरलले भने ‘एसिसी नहँुदा एसियाको विकास कार्यक्रम लगायत अन्य विषयमा पनि असर परेको सबैले महसुस गरेका छन् । त्यसैले अब पुनः यसलाई क्रियासिल बनाउनेमा एकमत भएका छन् ।’ साधारण सभामा नेपालसहित १३ देशका प्रतिनिधिको सहभागिता रहेको प्याकुरेलले जानकारी दिए ।
एसिसीका अध्यक्ष थिलांगा सामाथिपालाको पहलमा साधारण सभा बस्न लागेको हो । सामाथिपाला श्रीलंका क्रिकेट बोर्डका पनि अध्यक्ष हुन् । आज हुने साधारण सभामा सबै प्रतिनिधिले आ आफ्नो देशको प्रतिवेदन प्रस्तुत गर्नेछन् । त्यसमा क्यानका महासचिव प्याकुरेलले आइसिसीले लगाएको प्रतिबन्ध हटाउनका लागि एसिसीले पहल गरोस् भन्ने आग्रह गर्ने बताएका छन् । उनले भने,‘हाम्रो निर्वाचन, अर्को तदर्थ समिति गठन र आइसिसीको प्रतिबन्ध सबैका विषयमा हामीले अनौपचारिक जानकारी गराएका छौं । साधारण सभामा पनि यो जानकारी गराउँछौं । हामीमाथिको प्रतिबन्ध हटाउन एसिसीलाई पहल गर्न पनि आग्रह गर्छौ ।’ एसिसीको नयाँ मुख्यालय शनिबार नै कोलम्बोमा स्थापना भएको छ । विघठनअघि एसिसीको मुख्यालय मलेसियाको क्वाललम्पुरमा थियो ।
गत मंसिरको अन्त्यसमा क्यानको साधारण सभाले चन्दको अध्यक्षतामा कार्यसमिति चयन गरेको थियो । तर राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले निर्वाचन नमान्ने भन्दै पुसमा रमेश सिलवालको अध्यक्षतामा तदर्थ समिति गठन गरेको थियो । त्यसको केही दिनपछि निर्वाचित समितिले राखेप, सरकारलगायत १६ जनलाई विपक्षी बनाउँदै सर्वोच्च अदालतमा मुद्दा दायर गरेको थियो । मुद्दा विचाराधिन छ ।
क्यानको निर्वाचन भएको ९ महिनापछि अध्यक्ष चन्द र महासचिव प्याकुरेलले क्रिकेटका विषयलाई लिएर विदेश भ्रमण गरेको यो पहिलो पटक हो ।
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेश र मधेश प्रदेश प्रहरी कार्यालय प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को उपाधिका लागि भिड्ने भएका छन्। शुक्रवार भएको सेमिफाइनलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयलाई १ सय ९ र मधेशले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान टिमलाई १२ रनले हराउँदै फाइनल पुगेका हो। पहिलो सेमिफाइनलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा पहिलो जित हासिल गरेको छ । शुक्रवार भएको आफ्नो तेस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा बागमतीले सुदूरपश्चिम प्रदेशलाई ५५ रनले पराजित गरेको हो । २ सय ६७ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ४७ ओभरमा २ सय ११ रनमा समेटियो । सुदूरपश्चिमका […]
March 14, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपालले सान्त्वना जित हासिल गरेको छ । लिग चरणको अन्तिम खेलमा नेपालले हङकङलाई ६ विकेटले हराउँदै सान्त्वना जित हात पारेको हो । हङकङ १ सय ५ रनको लक्ष्य नेपालले १९.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि ओपनर सम्झना खड्काले सर्वाधिक ४७ […]