default_image

5 years ago

July 21, 2020

मुलपानी क्रिकेट मैदान परिसरमा पहिरो

159 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) को मुलपानीस्थित माथिल्लो मैदान परिसरमा पहिरो गएको छ । सोमबार रातीको अविरल वर्षापछि पूर्वी भागमा पहिरो गएको नेपाल क्रिकेट संघ (क्यान) का कोषाअध्यक्ष रोशन कुमार सिंहले जानकारी दिए ।

‘पूर्व क्षेत्रको खुल्ला ठाउँमा पहिरो गएको छ । बाउन्ड्रीबाट १५ देखि २० मिटर र अर्कोतर्फबाट ८ मिटर टाढाबाट पहिरो गएको छ । माथिबाट पानी आउने सानो खोला छ । पानी पर्दा घर–घरबाट पानी पनि त्यहिबाटै हुँदै आउने हुँदा पहिरो गएको हो । अर्कोतर्फ पहिरो जानुमा कमजोर माटो पनि हो । तारजाली तलदेखिनै लगाउनु पर्नेमा माथिबाट लगाएको हुँदा यो अवस्था आएको हो’, सिंहले भने ।

‘यो प्राविधिक कुरा हो । जुन स्थानीय सरकार र क्यान दुबैको जिम्मेवारी हो । अव जसले गरेपनि तलदेखिनै जालीमा ढुङ्गा भोरेर राख्नुपर्ने देखिन्छ । जुन काम नगरे आगमी दिनमा बस्ती र मैदान दुबैलाई ठूलो क्षतिपुग्न सक्ने देखिन्छ । स्थानीय सरकारले गर्दिएमा धेरै राम्रो हुनेछ’, उनले भने ।

माथिल्लो मुलपानी मैदान क्यानको आफ्नो हो । तल्लो मैदानमा भने निर्माण कार्य जारी छ । माथिल्लो मैदानमा नेपालले पछिल्लो समय अन्तर्राष्ट्रिय अभ्यास खेल्ने र गर्ने गर्दछ । १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा माल्दिभ्स र आइसिसी विश्वकप लिग-२ मा अमेरिकाविरुद्ध नेपाल ‘ए’ ले उपल्लो मैदानमा प्रतिस्पर्धा गरेको थियो । स्कुल, उमेर समूह र घरेलु प्रतियोगितामा हुँने गर्दछन् ।

तल्लो मैदानमा भने गतवर्ष प्रधानमन्त्री एक दिवसिय क्रिकेट प्रतियोगिता विवादकाबीच म्याटमा भएको थियो । मुलपानी मैदानको पिच र आउट फिल्डलाई लिएर भने प्रश्न उठ्ने गर्दछ । दुवै पि स्पिनरका लागि सहयोग पुग्ने प्रकृतिको छ । सोमबार राती मात्रै क्यानले मुलपानी मैदानमा ६ कर्मचारी थप्ने निर्णय गरेको थियो ।

March 6, 2025

दिवानको कप्तानीमा कर्णालीको टोली घोषणा

काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि कर्णाली प्रदेशको टिम घोषणा भएको छ । बिहीवार कर्णाली प्रदेश क्रिकेट संघले दिवान पुनको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ । आगामी आइतवारबाट प्रतियोगिता सुरु हुनेछ । पहिलो पटक प्रतियोगिताका सबै खेल काठमाडौं बाहिर हुदैछ । यस संस्करणको प्रतियोगिता लुम्बिनी प्रदेशका ३ क्रिकेट […]

March 6, 2025

पृथुको कप्तानीमा बागमतीको टोली घोषणा

काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि बागमती प्रदेशको टिम घोषणा भएको छ । बिहीवार बागमती प्रदेश क्रिकेट संघले पृथु बासकोटाको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ । केही महिना अघि सम्पन्न एलिट कपमा बागमतीको कप्तानी गरेका सन्दीप लामिछाने बिना नै टोलीको घोषणा भएको हो । आजै सम्पन्न प्रदेश छनोट […]

March 6, 2025

ललितपुर बन्यो बागमती छनोटको च्याम्पियन

काठमाडौं(हाम्रो खेलकुद) – ललितपुर जिल्ला प्रधानमन्त्री कप बागमती प्रदेश छनोट प्रतियोगिताको च्याम्पियन बनेको छ । बिहीवार भएको फाइनल खेलमा मकवानपुर जिल्लालाई ६५ रनले पराजित गरि ललितपुर च्याम्पियन बनेको हो । ललितपुरले दिएको १ सय ९३ रनको लक्ष्य पछ्याएको मकवानपुर ३९.५ ओभरमा १ सय २७ रनमा समेटियो । मकवानपुरका लागि विशाल फुयालले ६४ बलमा सर्वाधिक ४१ […]

Success

Thank you for your time.