default_image

5 years ago

July 21, 2020

ठूलो फड्को मार्दै स्टोक्स वरीयताको शीर्षस्थानमा

87 views

0 Bookmark

एजेन्सी– अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को टेष्ट वरियतामा इंग्ल्यान्डका अलराउन्डर बेन स्टोक्सले ठूलो छलाङ मार्दै अलराउन्डरतर्फ शीर्षस्थानमा उक्लिएका छन् ।

वेस्ट इन्डिजका कप्तान जेसन होल्डरलाई पछि पार्दै स्टोक्स ४ सय ९७ रेटिङ अंकका साथ शीर्ष स्थानमा उक्लिएका हुन् । दोस्रो स्थानमा रहेका होल्डरको ४ सय ५९ रेटिङ रहेको छ । ब्याटिङमा पनि स्टोक्सले ठूलो फड्को मारेका छन् । स्टोक्स नयाँ वरियतामा तेस्रो स्थानमा उक्लिएका छन् । यसअघि उनी अलराउन्डरतर्फ दोस्रो र ब्याटिङमा दशौं स्थानमा थिए ।

स्टोक्स भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहली भन्दा एक स्थान तल छन् । कोहली दोस्रो र अष्ट्रेलियाका ब्याट्सम्यान स्टिभ स्मिथ शीर्षस्थानमा छन् । अष्ट्रेलियाका युवा ब्याट्सम्यान मार्नस लाबुसेन चौथो स्थानमा पुगेका छन् । स्मिथको ९ सय ११, विराटको ८ सय ८६ र स्टोक्सको ८ सय २७ रेटिङ अंक रहेको छ ।

बलिङमा इंग्ल्यान्डका स्टुअर्ट ब्रोड दशौं नम्बरमा उक्लिएका छन् । स्टोक्सले वेस्ट इन्डिजसँगको दोस्रो टेष्टको पहिलो इनिङमा १ सय ७६ बनाउनुको साथै १ विकेट लिएका थिए । दोस्रो इनिङमा ७८ रन जोड्नुको साथै २ विकेट लिएका थिए । जुन प्रर्दशनले स्टोक्सलाई वरियतामा ठूलो फाइदा पुगेको हो ।

स्टोक्सको उत्कृष्ट प्रर्दशनसँगै इंग्ल्यान्ड दोस्रो टेष्टमा १ सय १३ रनले विजयी भएको थियो । पहिलो टेष्ट वेस्ट इन्डिजले ४ विकेटले जितेको थियो । तीन टेष्ट सिरिजमा अन्तिम खेल २४ जुलाई देखि सुरु हुनेछ ।

March 6, 2025

पृथुको कप्तानीमा बागमतीको टोली घोषणा

काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि बागमती प्रदेशको टिम घोषणा भएको छ । बिहीवार बागमती प्रदेश क्रिकेट संघले पृथु बासकोटाको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ । केही महिना अघि सम्पन्न एलिट कपमा बागमतीको कप्तानी गरेका सन्दीप लामिछाने बिना नै टोलीको घोषणा भएको हो । आजै सम्पन्न प्रदेश छनोट […]

March 6, 2025

ललितपुर बन्यो बागमती छनोटको च्याम्पियन

काठमाडौं(हाम्रो खेलकुद) – ललितपुर जिल्ला प्रधानमन्त्री कप बागमती प्रदेश छनोट प्रतियोगिताको च्याम्पियन बनेको छ । बिहीवार भएको फाइनल खेलमा मकवानपुर जिल्लालाई ६५ रनले पराजित गरि ललितपुर च्याम्पियन बनेको हो । ललितपुरले दिएको १ सय ९३ रनको लक्ष्य पछ्याएको मकवानपुर ३९.५ ओभरमा १ सय २७ रनमा समेटियो । मकवानपुरका लागि विशाल फुयालले ६४ बलमा सर्वाधिक ४१ […]

March 6, 2025

विश्व कप लिग टु – क्यानडा र नेदरल्याण्ड्सको खेल रद्द

एजेन्सी – विश्व कप लिग टु अन्तगर्त क्यानडा र नेदरल्याण्ड्सबीचको खेल वर्षाका कारण रद्द भएको छ । नामिबियामा जारी त्रिकोणात्मक सिरिजमा बुधवार हुनुपर्ने क्यानडा र नेदरल्याण्ड्सबीचको खेल टस समेत नभई रद्द भएको हो । नेपालसहित ८ टोली सहभागी लिग टु क्यानडा १३ खेलमा १७ अंकका साथ तेस्रो स्थानमा छ । समान खेलमा १५ अंकका साथ […]

Success

Thank you for your time.