5 years ago
July 18, 2020
एजेन्सी– दक्षिण अफ्रिकामा पहिलो पटक भएको सोलिडारिटी कप क्रिकेट (थ्री टिम क्रिकेट) मा एबी डी भिलियर्स कप्तान रहेको ईगल्सले स्वर्ण पदक जितेको छ । एकै खेलमा तीन टोलीबीच भएको प्रतिस्पर्धामा सर्वाधिक रन बनाउँदै ईगल्सले स्वर्ण जितेको हो ।
ईगल्सले दुई इनिङमा गरि कुल १२ ओभरमा ४ विकेट गुमाउँदै १ सय ६० रन बनाउँदै स्वर्ण जित्यो । ईगल्सलाई स्वर्ण जिताउन एबी डी भिलियर्स र एडेन मार्करामले विष्फोटक ब्याटिङ गरे । डी भिलियर्सले २४ बलमा ६१ रन बनाए । उनले ६ चौका र ३ छक्का प्रहार गरे । डी भिलियर्सले २१ बलमा अर्ध शतक पूरा गरेका थिए ।
एडेन मारक्रमले ३३ बलमा ४ चौका र ५ छक्का सहित ७० रनको उत्कृष्ट इनिङ खेल्दै विशाल योगफलमा पुर्याए । सन् २०१८ मा सन्न्यास लिएका डी भिलियर्स दक्षिण अफ्रिका टोलीमा पुनरागमनको लागि संघर्षरत छन् । यस प्रर्दशनले डी भिलियर्सलाई केहि सहज हुनेछ ।
ईगल्सले किंगफिशरविरुद्ध पहिलो इनिङमा १ विकेट गुमाउँदै ६ ओभरमा ६६ रन बनाएको थियो । पहिलो इनिङमा एडेन मार्करामले २३ बलमा ४७ रन र एबी डिभिलियर्सले ७ बलमा ११ रन जोडेका थिए । दोस्रो इनिङमा ईगल्सले काइट्सविरुद्ध ६ ओभरमा थप तीन विकेट गुमाउँदै ९४ रन जोडेको थियो । काइट्सले कुल १२ ओभरमा ३ विकेट गुमाउँदै १ सय ३८ रन बनाउँदै रजत जित्यो ।
काइट्सले ईगल्सविरुद्ध पहिलो इनिङमा ६ ओभरमा १ विकेटको क्षतिमा ५८ रन बनाएको थियो । दोस्रो इनिङमा किंगफिशरविरुद्ध ६ ओभरमा २ विकेट गुमाउँदै ८० रन बनाएको थियो । काइट्सका जेजे स्मट्सले २६ बलमा ४८ रन बनाए । ड्वेन प्रिटोरियसले १७ बलमा ५० रन बनाएपनि स्वर्ण जिताउन सकेनन् ।
किंगफिशरले १२ ओभरमा ५ विकेट गुमाउँदै १ सय १३ रन बनाउँदै कास्यमा सिमित रह्यो । किंगफिशरले काइट्सविरुद्ध पहिला ब्याटिङ गर्दै पहिलो इनिङमा ६ ओभरमा २ विकेट गुमाउँदै ५६ रन बनाएको थियो । दोस्रो इनिङमा ईगल्सविरुद्ध ६ ओभरमा ३ विकेट गुमाउँदै ५७ रन जोड्न सक्यो । किंगफिशरका फाफ डु प्लेसिसले १२ बलमा २८ रन जोडे । जान्नेमान मालनले ११ बलमा ३० रन बनाए ।
अन्तर्राष्ट्रिय क्रिकेटमा यस किसिमको खेल पहिलो पटक खेलिएको हो । एकै खेलमा तीन टोलीले प्रतिस्पर्धा गरेका थिए । एक टोलीले दुई इनिङ गरि कुल १२ ओभर खेल्न पाउने नियम थियो । एक टोलीमा ८ खेलाडी मात्र रहेका थिए । मैदानमा रेकर्ड गरेको समर्थकको आवज खेलाडीलाई सुनाईएको थियो । बाउन्ड्री बाहिरको बल जालीको सहयोगमा समातीएको थियो । नयाँ शैलीको क्रिकेटसँगै दक्षिण अफ्रिकामा कोरोना महामारीपछि क्रिकेटको पुनरागमन भएको छ ।
March 6, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि बागमती प्रदेशको टिम घोषणा भएको छ । बिहीवार बागमती प्रदेश क्रिकेट संघले पृथु बासकोटाको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ । केही महिना अघि सम्पन्न एलिट कपमा बागमतीको कप्तानी गरेका सन्दीप लामिछाने बिना नै टोलीको घोषणा भएको हो । आजै सम्पन्न प्रदेश छनोट […]
March 6, 2025
काठमाडौं(हाम्रो खेलकुद) – ललितपुर जिल्ला प्रधानमन्त्री कप बागमती प्रदेश छनोट प्रतियोगिताको च्याम्पियन बनेको छ । बिहीवार भएको फाइनल खेलमा मकवानपुर जिल्लालाई ६५ रनले पराजित गरि ललितपुर च्याम्पियन बनेको हो । ललितपुरले दिएको १ सय ९३ रनको लक्ष्य पछ्याएको मकवानपुर ३९.५ ओभरमा १ सय २७ रनमा समेटियो । मकवानपुरका लागि विशाल फुयालले ६४ बलमा सर्वाधिक ४१ […]
March 6, 2025
एजेन्सी – विश्व कप लिग टु अन्तगर्त क्यानडा र नेदरल्याण्ड्सबीचको खेल वर्षाका कारण रद्द भएको छ । नामिबियामा जारी त्रिकोणात्मक सिरिजमा बुधवार हुनुपर्ने क्यानडा र नेदरल्याण्ड्सबीचको खेल टस समेत नभई रद्द भएको हो । नेपालसहित ८ टोली सहभागी लिग टु क्यानडा १३ खेलमा १७ अंकका साथ तेस्रो स्थानमा छ । समान खेलमा १५ अंकका साथ […]