5 years ago
July 18, 2020
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को १३ औं संस्करण संयुक्त अरव इमिरेट्स (युएई) मा हुने सम्भावना रहेको छ ।
कोरोना भाइरस महामारीको कारण भारतमा यस वर्ष आइपिएल गर्ने सम्भावना न्यून भएपछि भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) ले युएईमा गर्ने सोच बनाएको छ । शुक्रबार बसेको बिसिसिआईको भर्चुअल बैठकले आइपिएल आयोजना बारे ठोस निर्णय भने गर्न सकेन ।
बिसिसिआई अक्टोबर नोभेम्बरमा अष्ट्रेलियामा हुने टि२० विश्वकप अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले स्थगित गर्ने आशामा छ । बिसिसिआईलाई युएई क्रिकेट बोर्ड र श्रीलंका क्रिकेट बोर्डले आफ्नो देशमा आइपिएल गर्न प्रस्ताव गरेका थिए । यसै वर्ष पाकिस्तानमा सेप्टेम्बरमा हुने तय भएको टि२० एसिया कप स्थगित भएको छ । बिसिसिआईले आइपिएल सेप्टेम्बर देखी नोभेम्बरकोबीचमा गर्ने सोच बनाएको छ ।
यसअघि सन् २०१४ मा भारतमा आम निर्वाचनको कारण युएईमा आइपिएलका केहि खेल भएका थिए । सन् २००९ मा आम निर्वाचनकै कारण आइपिएलको पूरै संस्करण दक्षिण अफ्रिकामा भएको थियो ।
युएईमा ५६ हजार ४ सय २२ जनामा कोरोना संक्रमण देखिदा ४८ हजार ४ सय ४८ जनालाई ठिक भइसकेको छ । ३ सय ३७ जनाको मृत्यु भएको छ । भारतमा १० लाख भन्दा बढीमा संक्रमित हुँदा २६ हजार बढीको मृत्यु भई सकेको छ । सोमबार आइसिसी बैठक बस्दै छ । आइसिसीले टि२० विश्वकप स्थगित गर्छ भने आइपिएल गभर्निंग काउन्सिले बैठक गरेर सरकारको सल्लाहमा अन्तिम निर्णय लिने बुझिएको छ ।
आइपिएल ५ देखि ६ हप्तामा सक्ने बिसिसिआईको योजना छ । बिसिसिआईका अध्यक्ष सौरभ गांगुलीले टि२० विश्वकप स्थगित भएमा मात्र आइपिएल गर्न सकिने बताउँदै आएका छन् । आइसिसीले आफ्नो निर्णय नगर्न सम्म केहि भन्न नसक्ने गांगुलीले बताउँछन् । यता आइपिएल गर्न युएई उत्सुक छ । दुबई स्पोर्ट्स सिटीका प्रमुख सलमान हनिफले आइपिएल गर्न युएई तयार रहेको बताएका छन् ।
गत वैशाखमा कोरोनाको कारण आइपिएल अनिश्चित समय सम्मको लागि स्थगित भएको थियो । यस वर्ष आइपिएल नभएको खण्डमा बिसिसिआईलाई ४ हजार करोडभन्दा बढी भारतीय रुपैयाँ घाटा लाग्ने छ ।
March 6, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि बागमती प्रदेशको टिम घोषणा भएको छ । बिहीवार बागमती प्रदेश क्रिकेट संघले पृथु बासकोटाको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ । केही महिना अघि सम्पन्न एलिट कपमा बागमतीको कप्तानी गरेका सन्दीप लामिछाने बिना नै टोलीको घोषणा भएको हो । आजै सम्पन्न प्रदेश छनोट […]
March 6, 2025
काठमाडौं(हाम्रो खेलकुद) – ललितपुर जिल्ला प्रधानमन्त्री कप बागमती प्रदेश छनोट प्रतियोगिताको च्याम्पियन बनेको छ । बिहीवार भएको फाइनल खेलमा मकवानपुर जिल्लालाई ६५ रनले पराजित गरि ललितपुर च्याम्पियन बनेको हो । ललितपुरले दिएको १ सय ९३ रनको लक्ष्य पछ्याएको मकवानपुर ३९.५ ओभरमा १ सय २७ रनमा समेटियो । मकवानपुरका लागि विशाल फुयालले ६४ बलमा सर्वाधिक ४१ […]
March 6, 2025
एजेन्सी – विश्व कप लिग टु अन्तगर्त क्यानडा र नेदरल्याण्ड्सबीचको खेल वर्षाका कारण रद्द भएको छ । नामिबियामा जारी त्रिकोणात्मक सिरिजमा बुधवार हुनुपर्ने क्यानडा र नेदरल्याण्ड्सबीचको खेल टस समेत नभई रद्द भएको हो । नेपालसहित ८ टोली सहभागी लिग टु क्यानडा १३ खेलमा १७ अंकका साथ तेस्रो स्थानमा छ । समान खेलमा १५ अंकका साथ […]