5 years ago
July 18, 2020
एजेन्सी– अलराउन्डर बेन स्टोक्सको सानदार शतकमा वेस्टइन्डिजसँगको दोस्रो टेष्ट खेलमा घरेलु टोली इंग्ल्यान्डले पहिलो इनिङमा विशाल अग्रता लिएको छ ।
दोस्रो दिनको समाप्तीमा इंग्ल्यान्डले ४ सय ३७ रनको अग्रता लिएको छ । दोस्रो दिनको खेल सकिँदा वेस्ट इन्डिजले १४ ओभरमा ३२ रन बनाउन एक विकेट गुमाएको छ । ओपनर क्रेग ब्रेथवेट ६ र अल्जारी जोसेफ १४ रनमा क्रिजमा छन् । जोन क्याम्पबेललाई साम करनले १२ रनमा एलबिडब्लू आउट गरे । कप्तान जो रुटले रिभ्यु लिदैं क्याम्पबेललाई पेभिलिएन फर्काए ।
त्यसअघि इंग्ल्यान्डले १ सय ६२ ओभरमा ४ सय ६९ रन जोड्दा ९ विकेटको क्षतिमा पहिलो इनिङ समाप्तीको घोषणा गरेको थियो । स्टोक्सले ३ सय ५६ बलमा १७ चौका र २ छक्का सहित १ सय ७६ रनको उत्कृष्ट इनिङ खेले । स्टोक्सलाई केमार रोचले विकेटकिपर शेन डोरीचबाट क्याच गराएपछि दोहोरो शतक बनाउन चुकेका थिए ।
स्टोक्सले २ सय ५५ बलमा आफ्नो टेष्ट करिअरको दशौं शतक पूरा गरेका थिए । स्पिनर रोस्टन चेशलाई रिभर्स स्विप सटमा चौका प्रहार गर्दै स्टोक्सले शतक पूरा गरेका थिए । यो स्टोक्सको दोस्रो उत्कृष्ट टेष्ट इनिङ हो । यसअघि सन् २०१६ मा कप टाउनमा दक्षिण अफ्रिकाविरुद्ध स्टोक्सले २ सय ५८ रनको करिअरको उत्कृष्ट ब्याटिङ गरेका थिए ।
कमजोर सुरुवात गरेपनि चौथो विकेटका लागि स्टोक्सले ओपनर डोम सिब्लेसँग मिलेर ५ सय ६८ बलमा २ सय ६० रनको धैर्यतापूर्ण साझेदारी गरेपछि इंग्ल्यान्डले बलियो योगफल तयार पारेको हो । सिब्ले १ सय २० रनमा आउट भए । चेशको १ सय २६ औं ओभरको अन्तिम बलमा ठूलो सट खेलेका सिब्ले रोचबाट क्याच आउट हुन पुगेपछि दोहोरो शतकको साझेदारी तोडिएको थियो । सि
सिब्लेले ३ सय ७२ बलमा ५ चौका प्रहार गरे । वेस्ट इन्डिजका बलरलाई थकित बनाएका सिब्लेले ३ सय १२ बलमा आफ्नो दोस्रो टेष्ट शतक पूरा गरेका थिए । जुन सन् २००० पछि इंग्ल्यान्डका ब्याट्सम्यानले बनाएको सबैभन्दा ढिला शतक हो । युवा ब्याट्सम्यान ओली पोपलाई चेशले ७ रनमा एलबिडब्लू आउट गरे ।
चेशले ओपनर रोरी बन्र्सलाई १४ औं ओभरको दोस्रो बलमा १५ रनमा एलबिडब्लू आउट गरे । लगत्तै अर्को बलमा युवा ब्याट्सम्यान ज्याक क्रलीलाई कप्तान जेसन होल्डरबाट क्याच गराउँदैं गोल्डेन डग आउट पेभिलिएन फर्काए । अल्जारी जोसेफले दोस्रो सिलिपमा होल्डरबाट कप्तान जो रुटलाई २३ रनमा क्याच आउट गराए ।
विकेटकिपर जस बटलरले ७९ बलमा ४ चौका सहित ४० रन जोडे । साम करन १७ रनमा आउट हुँदा क्रिस वोक्सले खाता खोल्न सकेनन् । स्पिनर डोम बेस २६ बलमा ३ चौका सहित १ छक्का सहित ३१ र स्टुअर्ट ब्रोर्ड ११ रनमा अविजित रहे । अन्तिम विकेटका लागि बेस र ब्रोर्डले ४२ रनको अविजित साझेदारी गरेका थिए ।
वेस्ट इन्डिजका स्पिनर रोस्टन चेशले ४४ ओभरमा ३ मेडन सहित १ सय ७२ रन खर्चेर ५ विकेट लिए । चेशले तेस्रो पटक टेष्टमा पाँचमाथि विकेट लिएका हुन् । इंग्ल्यान्डविरुद्ध दोस्रो पटक हो । केमार रोचले २, जेसन होल्डर र अल्जारी जोसेफले १–१ विकेट लिए ।
तीन टेष्टको सिरिजमा पहिलो टेष्टमा वेस्ट इन्डिज ४ विकेटले विजयी हुँदै १–० को अग्रता लिएको छ ।
March 6, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि बागमती प्रदेशको टिम घोषणा भएको छ । बिहीवार बागमती प्रदेश क्रिकेट संघले पृथु बासकोटाको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ । केही महिना अघि सम्पन्न एलिट कपमा बागमतीको कप्तानी गरेका सन्दीप लामिछाने बिना नै टोलीको घोषणा भएको हो । आजै सम्पन्न प्रदेश छनोट […]
March 6, 2025
काठमाडौं(हाम्रो खेलकुद) – ललितपुर जिल्ला प्रधानमन्त्री कप बागमती प्रदेश छनोट प्रतियोगिताको च्याम्पियन बनेको छ । बिहीवार भएको फाइनल खेलमा मकवानपुर जिल्लालाई ६५ रनले पराजित गरि ललितपुर च्याम्पियन बनेको हो । ललितपुरले दिएको १ सय ९३ रनको लक्ष्य पछ्याएको मकवानपुर ३९.५ ओभरमा १ सय २७ रनमा समेटियो । मकवानपुरका लागि विशाल फुयालले ६४ बलमा सर्वाधिक ४१ […]
March 6, 2025
एजेन्सी – विश्व कप लिग टु अन्तगर्त क्यानडा र नेदरल्याण्ड्सबीचको खेल वर्षाका कारण रद्द भएको छ । नामिबियामा जारी त्रिकोणात्मक सिरिजमा बुधवार हुनुपर्ने क्यानडा र नेदरल्याण्ड्सबीचको खेल टस समेत नभई रद्द भएको हो । नेपालसहित ८ टोली सहभागी लिग टु क्यानडा १३ खेलमा १७ अंकका साथ तेस्रो स्थानमा छ । समान खेलमा १५ अंकका साथ […]