5 years ago
July 17, 2020
एजेन्सी– ओपनर डोम सिब्ले र अलराउन्डर बेन स्टोक्सको उत्कृष्ट शतकीय साझेदारीमा वेस्ट इन्डिजसँगको दोस्रो टेष्टको पहिलो दिन इंग्ल्यान्ड सम्हालिएको छ ।
ओल्ड ट्राफोर्ड म्यानचेस्टरमा टस हारेर ब्याटिङको निम्तो पाएको इंग्ल्यान्डले पहिलो दिनको समाप्तीमा ८२ ओभरमा २ सय ७ रन जोड्न ३ विकेट गुमाएको छ । ८१–३ को अवस्थाबाट स्टोक्स र सिब्लेले चौथो विकेटको लागि ३ सय ४ बलमा १ सय २६ रनको साझेदारी गर्दै इंग्ल्यान्डलाई राम्रो योगफलको बाटो देखाएका छन् ।
सिब्ले २ सय ५३ बलमा ४ चौका सहित ८६ रनमा अविजित छन् । सिब्लेले थप १४ रन बनाए आफ्नो टेष्ट करिअरको दोस्रो शतक प्रहार गर्ने छन् । स्टोक्स १ सय ५९ बलमा ४ चौका र १ छक्का सहित ५९ रनमा अविजित छन् ।
घरेलु टोली इंग्ल्यान्डको सुरुवात भने राम्रो हुन सकेन । स्पिनर रोस्टन चेशले ओपनर रोरी बन्र्सलाई १४ औं ओभरको दोस्रो बलमा १५ रनमा एलबिडब्लू आउट गरे । रोरीले ३५ बलमा १ चौका प्रहार गरे । लगत्तै अर्को बलमा युवा ब्याट्सम्यान ज्याक क्रलीलाई कप्तान जेसन होल्डरबाट क्याच गराउँदै गोल्डेन डग आउट पेभिलिएन फर्काए ।
कप्तान रुटले ह्याट्रिक बलको सामना गरेका थिए । तर रुट पनि क्रिजमा धेरै समय टिकेनन् । अल्जारी जोसेफले दोस्रो स्लिपमा होल्डरबाट २३ रनमा क्याच आउट गराउँदै दबाब बढाएका थिए । रुटले ४९ बलमा २ चौका प्रहार गरे । जोसेफले पछिल्ला पाँच टेष्ट इनिङ मध्य रुटलाई चार पटक आउट गरेका हुन् ।
तीन टेष्ट सिरिज अन्तर्गत पहिलो टेष्ट ४ विकेटले गुमाएको इंग्ल्यान्डलाई दोस्रो खेल जित्नै पर्ने दबाब छ । वेस्ट इन्डिज एक खेल अगावै सिरिज जित्न चाहाँन्छ ।
March 6, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि बागमती प्रदेशको टिम घोषणा भएको छ । बिहीवार बागमती प्रदेश क्रिकेट संघले पृथु बासकोटाको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ । केही महिना अघि सम्पन्न एलिट कपमा बागमतीको कप्तानी गरेका सन्दीप लामिछाने बिना नै टोलीको घोषणा भएको हो । आजै सम्पन्न प्रदेश छनोट […]
March 6, 2025
काठमाडौं(हाम्रो खेलकुद) – ललितपुर जिल्ला प्रधानमन्त्री कप बागमती प्रदेश छनोट प्रतियोगिताको च्याम्पियन बनेको छ । बिहीवार भएको फाइनल खेलमा मकवानपुर जिल्लालाई ६५ रनले पराजित गरि ललितपुर च्याम्पियन बनेको हो । ललितपुरले दिएको १ सय ९३ रनको लक्ष्य पछ्याएको मकवानपुर ३९.५ ओभरमा १ सय २७ रनमा समेटियो । मकवानपुरका लागि विशाल फुयालले ६४ बलमा सर्वाधिक ४१ […]
March 6, 2025
एजेन्सी – विश्व कप लिग टु अन्तगर्त क्यानडा र नेदरल्याण्ड्सबीचको खेल वर्षाका कारण रद्द भएको छ । नामिबियामा जारी त्रिकोणात्मक सिरिजमा बुधवार हुनुपर्ने क्यानडा र नेदरल्याण्ड्सबीचको खेल टस समेत नभई रद्द भएको हो । नेपालसहित ८ टोली सहभागी लिग टु क्यानडा १३ खेलमा १७ अंकका साथ तेस्रो स्थानमा छ । समान खेलमा १५ अंकका साथ […]