5 years ago
July 11, 2020
एजेन्सी– इंग्ल्यान्डसँगको पहिलो टेष्ट खेलमा पाहुना टोली वेस्ट इन्डिजले राम्रो अग्रता कायम गरेको छ ।
तेस्रो दिनको समाप्तीमा वेस्ट इन्डिज पहिलो इनिङमा ९९ रनले अघि छ । दोस्रो इनिङ थालेको इंग्ल्यान्डले १० ओभरमा १५ रन जोड्न विकेट गुमाएको छैन । ओपनर डोम सिब्ले ५ रोरी बन्र्स १० रनमा अविजित छन् ।
पहिलो इनिङमा वेस्ट इन्डिज १ सय २ ओभरमा ३ सय १८ रनमा अल आउट हुँदै समग्रमा १ सय १४ रनको अग्रता कायम गरेको थियो । वेस्ट इन्डिजका ओपनर क्रेग ब्रेथवेटले १ सय २५ बलमा ६ चौका सहित सर्वाधिक ६५ रनको योगदान दिए । क्रेगलाई कप्तान बेन स्टोक्सले एलबिडब्लू आउट गरेका थिए ।
जेम्स एन्डरसनले एलबिडब्लू आउट गर्नुअघि अर्का ओपनर जोन क्याम्पबेलले ३६ बलमा ३ चौका सहित २८ रन जोडे । युवा स्पिनर डोम बेसले सिलिपमा स्टोक्सबाट शाई होपलाई १६ रनमा क्याच गराउँदै पेभिलिएन फर्काए । मध्यक्रमका शम्राह ब्रुक्सले ३९ र रोस्टन चेशले ४७ रन जोड्दै वेस्ट इन्डिजलाई राम्रो योगफलतर्फ लम्काए ।
विकेटकिपर शेन डोरीचले १ सय १५ बलमा ८ चौका सहित ६१ रन जोडेपछि वेस्ट इन्डिजले अग्रता कायम गरेको थियो । इंग्ल्यान्डका कप्तान बेन स्टोक्सले १४ ओभरमा ५ मेडन सहित ४९ रन खर्चेर ४ विकेट लिए । जेम्स एन्डरसनले २५ ओभरमा ११ मेडन सहित ६२ रन खर्चेर ३ विकेट लिए । डोम बेसले २ र मार्क उडले १ विकेट लिए ।
त्यसअघि पहिलो इनिङमा इंग्ल्यान्ड ६७.३ ओभरमा २ सय ४ रनमा अल आउट हुन पुगेको थियो । स्टोक्सले सर्वाधिक ४३ रन बनाउँदा अन्यले राम्रो प्रर्दशन गर्न सकेका थिएनन् । इंग्ल्यान्डलाई छैटौं विकेटका लागि कप्तान बेन स्टोक्स र उप–कप्तान जस बटलरले ६७ रनको साझेदारी गर्दै केहि आशा दिलाएपनि त्यसलाई होल्डरले लामो समय टिक्न दिएनन् ।
५३.३ ओभरमा स्टोक्सलाई होल्डरले विकेटकिपर शेन डोरीचबाट क्याच गराएसँगै पहिलो इनिङमा इंग्ल्यान्डको ठूलो योगफलको आशा टाढिएको थियो । स्टोक्सले ९७ बलमा ७ चौका प्रहार गरे । होल्डरले लगत्तै ५५.४ ओभरमा बटलरलाई ३५ रनमा क्याच आउट गराउँदै आफ्नो दबाब कायम राखे । बटलरले ४७ बलमा ६ चौका प्रहार गरे ।
दोस्रो ओभरको चौथो बलमा तीव्र गतिका बलर शेनन ग्याब्रियलले ओपनर डोम सिब्लेलाई शून्यमा बोल्ड आउट गरेका थिए । अर्का ओपनर रोरी बन्र्सलाई पनि ग्याब्रियलले ८५ बलमा ४ चौका सहित ३० रनमा एलबिडब्लू आउट गरे । अम्पायरले ग्याब्रियलको अपिललाई अस्वीकार गरेपनि होल्डरले रिब्यू लिदैं रोरीलाई पेभिलिएन फर्काएका थिए ।
ग्याब्रियलले जो डेनलीलाई १८ रनमा बोल्ड आउट गर्दै इंग्ल्यान्डलाई दबाबमा राखेका थिए । त्यसपछि भने इग्ल्यान्डको इनिङ होल्डरले ध्वोस्त पारे । होल्डरले ज्याक क्रलीलाई १० रनमा एलबिडब्लू आउट गरे । होल्डरलेनै ३७.४ ओभरमा युवा ब्याट्सम्यान ओली पोपलाई १२ रनमा कट बिहान्ड आउट गरेपछि दबाबमा झनैं थपिएको थियो ।
होल्डरले जोफ्रा आर्चरलाई शून्यमा एलबिडब्लूको शिकार बनाउँदै आफ्नो ब्यक्तिगत पाँच विकेट पूरा गरे । अन्तिम विकेटका लागि स्पिनर डोम बेस र तीव्र गतिका बलर जेम्स एन्डरसनले ३० रनको साझेदारी गर्दै दुई सय रन कटाएका थिए । बेस ४४ बलमा ४ चौका सहित ३१ रनमा अविजित रहे ।एन्डरसनलाई ग्याब्रियलले २० बलमा १ चौका सहित १० रनमा बोल्ड आउट गरे ।
कप्तान जेसन होल्डरले आफ्नो टेष्ट करिअरको उत्कृष्ट प्रर्दशन गर्नेक्रममा २० ओभरमा ६ मेडन सहित ४२ रन खर्चेर ६ विकेट लिए । अर्का तीव्र गतिका बलर शेनन ग्याब्रियलले १५।३ ओभरमा ३ मेडन राख्दैं ६२ रन खर्चेर ४ विकेट लिए ।
March 6, 2025
काठमाडौं(हाम्रो खेलकुद) – ललितपुर जिल्ला प्रधानमन्त्री कप बागमती प्रदेश छनोट प्रतियोगिताको च्याम्पियन बनेको छ । बिहीवार भएको फाइनल खेलमा मकवानपुर जिल्लालाई ६५ रनले पराजित गरि ललितपुर च्याम्पियन बनेको हो । ललितपुरले दिएको १ सय ९३ रनको लक्ष्य पछ्याएको मकवानपुर ३९.५ ओभरमा १ सय २७ रनमा समेटियो । मकवानपुरका लागि विशाल फुयालले ६४ बलमा सर्वाधिक ४१ […]
March 6, 2025
एजेन्सी – विश्व कप लिग टु अन्तगर्त क्यानडा र नेदरल्याण्ड्सबीचको खेल वर्षाका कारण रद्द भएको छ । नामिबियामा जारी त्रिकोणात्मक सिरिजमा बुधवार हुनुपर्ने क्यानडा र नेदरल्याण्ड्सबीचको खेल टस समेत नभई रद्द भएको हो । नेपालसहित ८ टोली सहभागी लिग टु क्यानडा १३ खेलमा १७ अंकका साथ तेस्रो स्थानमा छ । समान खेलमा १५ अंकका साथ […]
March 5, 2025
एजेन्सी – न्युजिल्याण्ड च्याम्पियन्स ट्रफीको फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलमा बुधवार दक्षिण अफ्रिकालाई ५० रनले हराउँदै न्युजिल्याण्ड अन्तिम दुईमा पुगेको हो ।न्युजिल्यान्डले आइतवार हुने फाइनलमा भारतको सामना गर्नेछ । भारतले पहिलो सेमिफाइनलमा अस्ट्रेलियालाई ५ विकेटले हराउँदै फाइनलमा पुगेको थियो । समूह चरणमा भारतले न्युजिल्यान्डलाई हराएको थियो। समूह चरणमा उत्कृष्ट प्रदर्शन गरेको दक्षिण अफ्रिका सेमिफाइनलमाबाट […]