5 years ago
July 7, 2020
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय क्रिकेट टोलीका युवा स्पिनर सन्दीप लामिछाने पछिल्लो दुई वर्षमा विदेशी फ्रेन्चाइज टि२० लिग खेल्न व्यस्त छन् । राष्ट्रिय टोलीका प्रमुख स्पिनर सन्दीप सन् २०१८ मा इन्डियन प्रिमियर लिग (आइपिएल) खेल्ने पहिलो नेपाली क्रिकेटर बनेका थिए ।
आइपिएल खेलेसँगै निरन्तर अन्तर्राष्ट्रिय फ्रेन्चाइज लिग खेल्दै आएका सन्दीपले राम्रो पारिश्रमिकका साथ अनुबन्ध हुँदै आएका छन् । सन्दीपलाई तत्कालिन दिल्ली डेयर डेभिल्स (दिल्ली क्यापिटल्स) ले २० लाख भारतीय रुपैयाँमा अनुबन्ध गरेको थियो । सन्दीपले आइपिएलका दुई संस्करण दिल्लीबाट २० लाख भारतीय रुपैयाँमा खेलेपनि केहि लिगमा करोडमाथिको मूल्यमा अनुबन्ध हुन सफल भएका छन् ।
हालसम्म सन्दीप विदेशी फ्रेन्चाइज लिगमा सन्दीप १ करोड ५० लाख रुपैयाँमा अनुबन्ध भएका छन् । विदेशी फ्रेन्चाइज टि२० लिगमा एकरुपतामा प्रर्दशन गर्न संघर्षरत राम्रो प्रभाव छोड्दै आएका छन् । समग्रमा सबै विदेशी फ्रेन्चाइज लिगमा सन्दीपको प्रर्दशन असौत रहँदै आएको छ । सन्दीपले आइपिएलसँगै क्यारेवियन प्रिमियर लिग(सिपिएल), बिग ब्यास लिग, पाकिस्तान सुपर लिग(पिएसएल), टि टेन, अफगानिस्तान प्रिमियर लिग लगाएका चर्चित फ्रेन्चाइज लिग खेलि सकेका छन् ।
सबै लिगमा नाम र दाम राम्रो पाउँदै आएका छन् । सन्दीप हालसम्म सर्वाधिक महँगो मूल्यमा अनुबन्ध भएका पाँच विदेशी फ्रेन्चाइज लिग, संस्करण र प्रर्दशन यस प्रकार छ ।
५. पाकिस्तान सुपर लिग, २०१९ (६५ हजार अमेरिकी डलर)
सन् २०१९ को पाकिस्तान सुपर लिगमा सन्दीपले लाहोर कलन्र्दसबाट खेलेका थिए । सन्दीप ५० देखि ७० हजार पारिश्रमिक पाउने विदेशी खेलाडीको गोल्ड क्याटगेरीमा अनुबन्ध भएका थिए । सन्दीपले ६५ हजार डलर पारिश्रमिक प्राप्त गरेका थिए । सन्दीपले कलन्र्दसबाट ७ खेलमा २४ ओभर ४ बल बलिङ गर्दै १ सय ८९ रन खर्चेर ११ विकेट लिएका थिए । उत्कृष्ट प्रर्दशन ४–१० को थियो ।
४. क्यारेवियन प्रिमियर लिग, २०१९ (७० हजार अमेरिकी डलर)
सन् २०१९ को सिपिएलमा सन्दीप बार्बाडोस ट्राइडेन्ट्सबाट गरेका थिए । पाँचौ चरणमा अनुबन्ध भएका सन्दीपले ७० हजार अमेरिकी डलर प्राप्त गरेका थिए । सन्दीपले बार्बाडोसबाट ६ खेलमा १९ ओभर ५ बल बलिङ गर्दै १ सय २९ रन खर्चेर १ मेडन राख्दै ८ विकेट लिएका थिए । उत्कृष्ट प्रर्दशन ३–२२ थियो ।
३. बिग ब्यास लिग,२०१९-२० (७० हजार डलरभन्दा बढी )
२०१८-१९ को सिजनमा सन्दीपले मेलबर्न स्टार्सबाट अष्ट्रेलियाको बिग ब्यास लिगमा डेब्यु गरेका थिए । उक्त सिजनमा सन्दीपले ६० हजार डलर पारिश्रमिक पाउने सम्झौंता गरेका थिए । तर पूरै खेल नखेलेको हुँदा पूरा पारिश्रमिक पाएनन् ।
२०१९-२० को संस्करणमा भने सन्दीपको मूल्य खुलाईएको छैन । सम्झौता अनुसार मूल्य खुलाउन नमिल्ने सन्दीपको ब्यवस्थापन हेर्दै आएका रमन शिवाकोटी बताउँछन् । तर पहिलो सिजन भन्दा सन्दीपले राम्रो र बढी पारिश्रमिक पाएको रमन स्वीकार गर्दछन् । गत सिजनमा सन्दीपले कम्तीमा ७० हजार डलरभन्दा बढी पारिश्रमिक पाएका थिए । २०१९-२० को संस्करणमा सन्दीपले मेलबर्न स्टार्सबाट १३ खेलमा ४५ ओभर बलिङ गर्दा १ मेडनका साथ ३ सय ३५ रन खर्चेर १५ विकेट लिएका थिए । उत्कृष्ट प्रर्दशन ३–२६ थियो ।
२. सिपिएल,२०२० (९० हजार अमेरिकी डलर)
सिपिएल २०२० मा सन्दीपलाई जमैका तलावाजले सन्दीपलाई उनैले तोकेको ९० हजार अमेरिकी डलर (१ करोड ८ लाख रुपैयाँ) अनुबन्ध गरेको थियो । सिपिएल अगष्ट १८ देखि सेप्टेम्बर १० सम्म बन्द रंगशालामा गर्ने प्रस्ताव गरिएको छ ।
१. द हन्ड्रेड (१ लाख पाउन्ड)
sand
कोरोना महामारीको कारण जुलाईमा हुने भनिएको द हन्ड्रेड क्रिकेट अगामी वर्षसम्मलाई सरि सकेको छ । इंग्ल्यान्डले पहिलो पटक गर्ने भनिएको द हन्ड्रेड (एक सय बलको खेल ) ड्राफ्टमा सन्दीप आफ्नो विदेशी फ्रेन्चाइज लिग यात्राको सर्वाधिक महँगो मूल्यमा अनुबन्ध भएका थिए । सन्दीपलाई ओभल इन्भीनसिभल्सले १ लाख पाउन्ड अर्थात १ करोड ५० लाख रुपैयाँ खर्चेको थियो ।
March 6, 2025
काठमाडौं(हाम्रो खेलकुद) – ललितपुर जिल्ला प्रधानमन्त्री कप बागमती प्रदेश छनोट प्रतियोगिताको च्याम्पियन बनेको छ । बिहीवार भएको फाइनल खेलमा मकवानपुर जिल्लालाई ६५ रनले पराजित गरि ललितपुर च्याम्पियन बनेको हो । ललितपुरले दिएको १ सय ९३ रनको लक्ष्य पछ्याएको मकवानपुर ३९.५ ओभरमा १ सय २७ रनमा समेटियो । मकवानपुरका लागि विशाल फुयालले ६४ बलमा सर्वाधिक ४१ […]
March 6, 2025
एजेन्सी – विश्व कप लिग टु अन्तगर्त क्यानडा र नेदरल्याण्ड्सबीचको खेल वर्षाका कारण रद्द भएको छ । नामिबियामा जारी त्रिकोणात्मक सिरिजमा बुधवार हुनुपर्ने क्यानडा र नेदरल्याण्ड्सबीचको खेल टस समेत नभई रद्द भएको हो । नेपालसहित ८ टोली सहभागी लिग टु क्यानडा १३ खेलमा १७ अंकका साथ तेस्रो स्थानमा छ । समान खेलमा १५ अंकका साथ […]
March 5, 2025
एजेन्सी – न्युजिल्याण्ड च्याम्पियन्स ट्रफीको फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलमा बुधवार दक्षिण अफ्रिकालाई ५० रनले हराउँदै न्युजिल्याण्ड अन्तिम दुईमा पुगेको हो ।न्युजिल्यान्डले आइतवार हुने फाइनलमा भारतको सामना गर्नेछ । भारतले पहिलो सेमिफाइनलमा अस्ट्रेलियालाई ५ विकेटले हराउँदै फाइनलमा पुगेको थियो । समूह चरणमा भारतले न्युजिल्यान्डलाई हराएको थियो। समूह चरणमा उत्कृष्ट प्रदर्शन गरेको दक्षिण अफ्रिका सेमिफाइनलमाबाट […]