5 years ago
July 7, 2020
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को १३ औं संस्करण अन्यौलमा छ । कोरोना महामारीको कारण आइपिएल गत वैशाखमा अनिश्चित समय सम्म सरेको थियो ।
भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसीआई) लाई आइपिएल गर्न तीन देशले प्रस्ताव गरेका छन् । पहिलो पटक श्रीलंका क्रिकेट बोर्डले आफ्नो देशमा आइपिएल गर्न प्रस्ताव गरेको थियो । संयुक्त अरब इमिरेट्स (युएई) र न्युजिल्यान्ड क्रिकेट बोर्डले पनि प्रस्ताव गरेका छन् । न्युजिल्यान्ड कोरोना मुक्त मुलुक हो ।
‘हामी बोडकास्टर, फ्रेन्चाइज टोली लगायत सबै सरोकारवालासँग छलफल गर्ने छौं । हामीलाई युएई, श्रीलंका र न्युजिल्यान्डबाट आइपिएल गर्न प्रस्ताव आएको छ । खेलाडीको सुरक्षाा पहिलो प्राथमिकता हो’, बिसिसीआईका एक अधिकारीले पिटिआईसँग भनेका छन् ।
न्युजिल्यान्डमा १ हजार ५ सय ३३ जनामा कोरोना संंक्रमण देखिदा २२ जनाको मृत्यु भएको छ । श्रीलंकामा हालसम्म २ हजार ७६ जनामा कोरोना संक्रमित देखिदा ११ जनको मृत्यु भएको छ । युएईमा ५१ हजार ५१ हजार बढी कोरोना संक्रमित देखि सकेका छन् । भारत र न्युजिल्यान्डबीचको समयमा साढे सात घण्टा फरक छ ।
आइपिएल यस अघि आम निर्वाचनको कारण सन् २००९ मा दक्षिण अफ्रिकामा भएको थियो । सन् २०१४ मा भने केहि खेल युएईमा भएका थिए । २०१९ मा पनि देश वाहिर हुने चर्चा भएपनि अन्तिममा भारतमै भएको थियो । भारतमा हालसम्म ६ लाख ९७ हजारमा कोरोना संक्रमित भेटिदा १९ हजार ६ सय ९३ जनाको मृत्यु भएको छ ।
भारत कोरोना प्रभावित विश्वकै तेस्रो मूलुक पर्दछ । त्यसैले यस वर्ष आइपिएल देशबाहिर हुने सम्भावना धेरै छ । श्रीलंका पहिलो रोजाईमा पर्न सक्ने अनुमान गरिएको छ । आइपिएल २०२० को लागि बिसिसीआई तयारीमा लागि सकेको छ ।
यस वर्ष अष्ट्रेलियामा अक्टोबर नोभेम्बरमा टि२० विश्वकप नभएमा उक्त समयमा आइपिएल गर्ने बिसिसीआईको योजना छ । यो वर्ष आइपिएल नभएमा बिसिसीआईलाई ५ हजार करोड भारतीय रुपैयाँ घाटा लाग्ने छ ।
March 6, 2025
काठमाडौं(हाम्रो खेलकुद) – ललितपुर जिल्ला प्रधानमन्त्री कप बागमती प्रदेश छनोट प्रतियोगिताको च्याम्पियन बनेको छ । बिहीवार भएको फाइनल खेलमा मकवानपुर जिल्लालाई ६५ रनले पराजित गरि ललितपुर च्याम्पियन बनेको हो । ललितपुरले दिएको १ सय ९३ रनको लक्ष्य पछ्याएको मकवानपुर ३९.५ ओभरमा १ सय २७ रनमा समेटियो । मकवानपुरका लागि विशाल फुयालले ६४ बलमा सर्वाधिक ४१ […]
March 6, 2025
एजेन्सी – विश्व कप लिग टु अन्तगर्त क्यानडा र नेदरल्याण्ड्सबीचको खेल वर्षाका कारण रद्द भएको छ । नामिबियामा जारी त्रिकोणात्मक सिरिजमा बुधवार हुनुपर्ने क्यानडा र नेदरल्याण्ड्सबीचको खेल टस समेत नभई रद्द भएको हो । नेपालसहित ८ टोली सहभागी लिग टु क्यानडा १३ खेलमा १७ अंकका साथ तेस्रो स्थानमा छ । समान खेलमा १५ अंकका साथ […]
March 5, 2025
एजेन्सी – न्युजिल्याण्ड च्याम्पियन्स ट्रफीको फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलमा बुधवार दक्षिण अफ्रिकालाई ५० रनले हराउँदै न्युजिल्याण्ड अन्तिम दुईमा पुगेको हो ।न्युजिल्यान्डले आइतवार हुने फाइनलमा भारतको सामना गर्नेछ । भारतले पहिलो सेमिफाइनलमा अस्ट्रेलियालाई ५ विकेटले हराउँदै फाइनलमा पुगेको थियो । समूह चरणमा भारतले न्युजिल्यान्डलाई हराएको थियो। समूह चरणमा उत्कृष्ट प्रदर्शन गरेको दक्षिण अफ्रिका सेमिफाइनलमाबाट […]