5 years ago
July 6, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली लेग स्पिनर सन्दीप लामिछानेलाई क्यारेबियन प्रिमियर लिग (सिपिएल) सिजन २०२० को खेलाडी ड्राफ्टमा जमैका तलावाजले अनुबन्ध गरेको छ । सन्दीपले आफ्नो न्यूनतम मूल्य ९० हजार डलर (१ करोड रुपैयाँ) मूल्य तोकेका थिए ।
सिपिएल अगस्ट १८ देखि सेप्टेम्बर १० सम्म ट्रीनिडाड एन्ड टोबेगोमा बन्द रंगशालामा गर्ने प्रस्ताव गरिएको छ । यद्यपि यसका लागि सरकारको स्वीकृति आउन भने बाँकी रहेको छ । ड्राफ्टअघि केहि टोलीले विदेशी खेलाडीलाई ड्राफ्टअघि नै अनुबन्ध गरिसकेका छन् । सिपिएलले पहिलो पटक ड्राफ्टअघि नै विदेशी खेलाडी अनुबन्ध गर्ने प्रावधान अगाडी सारेको हो । हरेक खेलाडीले अधिकतम ५ खेलाडी अनुबन्ध गर्न पाउनेछन् ।
अष्ट्रेलियाका क्रिस लिनलाई सेन्ट किट्स एण्ड नेभिस पेट्रीयट्सले अनुबन्ध गरेको छ । अफगानिस्तानका रशिद खान र काइस अहमदले क्रमश: बार्बाडोस ट्राइडेन्ट्स र गुयाना एमेजन वारियर्सबाट खेल्ने छन् । दक्षिण अफ्रिकी राइली रुसोले सेन्ट लुसिया जुक्सको जर्सीमा उत्रनेछन् ।
अन्य विदेशी खेलाडीमा न्युजिल्यान्डका विकेटकिपर ब्याट्सम्यान टिम सिफर्टले ट्रीनबेगो नाइट राइडर्सबाट खेल्नेछन् । दक्षिण अफ्रिकी स्पिनर तबरेज शाम्शीले जमैका तलाहवजबाट खेल्नेछन् भने अफ्रीकाकै एनरिक नोर्टजेले जुक्स र रासी भान डर डुसेनले प्याट्रीयट्सबाट खेल्नेछन् ।
सिपिएलमा सन्दीपको यात्रा :
सन्दीपले सन् २०१८ मा सिपिएलमा सेन्ट किट्स एन्ड नेभिस पेट्रीयट्सबाट खेलेका थिए । पहिलो सिजनमा उनले ५ खेल खेल्दै ७ विकेट हात पारेका थिए । त्यस क्रममा उनले १७ ओभर बलिङ गर्दै १ सय ६ रङ खर्चेका थिए भने एक मेडन समेत राखेका थिए ।
दोस्रो सिजनमा बार्बाडोस ट्राइडेन्ट्समा अनुबन्धित सन्दीपले ६ खेल खेलेका थिए । उनले कुल ८ विकेट लिए । १९.५ ओभर बलिङ गरेका उनले १ सय २९ रन खर्चेका थिए भने १ मेडन राखे । सन्दीप राष्ट्रिय टोलीको खेल जुधेपछि सिजनको बीचमै छोडेर गएपनि ट्राइडेन्ट्सले उपाधि जितेको थियो । उनको स्थानमा मुख्य स्पिनरका रुपमा खेलेका हेडन वाल्स जुनियरले भने उत्कृष्ट प्रदर्शन गरेका थिए ।
पहिलो सिजन सेन्ट किट्समा अनुबन्ध हुँदा सन्दीपले ५ हजार अमेरिकी डलर प्राप्त गरेका थिए । उनी त्यसबेला ११ औं चरणमा छनोट भएका थिए । दोस्रो सिजनमा भने बार्बाडोसले उनलाई पाँचौ चरणमा छान्दै ७० हजार अमेरिकी डलर तिरेको थियो । तर सन्दीप पूरा सिजन उपलब्ध नभएका कारण उनले अनुबन्ध रकमको शत प्रतिशत भने प्राप्त गरेनन् ।
March 6, 2025
काठमाडौं(हाम्रो खेलकुद) – ललितपुर जिल्ला प्रधानमन्त्री कप बागमती प्रदेश छनोट प्रतियोगिताको च्याम्पियन बनेको छ । बिहीवार भएको फाइनल खेलमा मकवानपुर जिल्लालाई ६५ रनले पराजित गरि ललितपुर च्याम्पियन बनेको हो । ललितपुरले दिएको १ सय ९३ रनको लक्ष्य पछ्याएको मकवानपुर ३९.५ ओभरमा १ सय २७ रनमा समेटियो । मकवानपुरका लागि विशाल फुयालले ६४ बलमा सर्वाधिक ४१ […]
March 6, 2025
एजेन्सी – विश्व कप लिग टु अन्तगर्त क्यानडा र नेदरल्याण्ड्सबीचको खेल वर्षाका कारण रद्द भएको छ । नामिबियामा जारी त्रिकोणात्मक सिरिजमा बुधवार हुनुपर्ने क्यानडा र नेदरल्याण्ड्सबीचको खेल टस समेत नभई रद्द भएको हो । नेपालसहित ८ टोली सहभागी लिग टु क्यानडा १३ खेलमा १७ अंकका साथ तेस्रो स्थानमा छ । समान खेलमा १५ अंकका साथ […]
March 5, 2025
एजेन्सी – न्युजिल्याण्ड च्याम्पियन्स ट्रफीको फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलमा बुधवार दक्षिण अफ्रिकालाई ५० रनले हराउँदै न्युजिल्याण्ड अन्तिम दुईमा पुगेको हो ।न्युजिल्यान्डले आइतवार हुने फाइनलमा भारतको सामना गर्नेछ । भारतले पहिलो सेमिफाइनलमा अस्ट्रेलियालाई ५ विकेटले हराउँदै फाइनलमा पुगेको थियो । समूह चरणमा भारतले न्युजिल्यान्डलाई हराएको थियो। समूह चरणमा उत्कृष्ट प्रदर्शन गरेको दक्षिण अफ्रिका सेमिफाइनलमाबाट […]