5 years ago
July 6, 2020
एजेन्सी – कप्तान विराट कोहलीले टेष्ट नेतृत्व सम्हालेसँगै घरेलु मैदानमा भारतले टेष्ट सिरिज हारेको छैन । पछिल्लो पटक सन् २०१२ मा भारतले घरेलु मैदानमा चार टेष्ट सिरिज इंग्ल्यान्डसँग २–१ ले गुमाएको थियो ।
त्यसयता भने भारत टेष्ट सिरिजमा घरेलु मैदानमा हाबी हुँदै आएको छ । अष्ट्रेलियाका पूर्व खेलाडी ब्राड हगले पाकिस्तान भारतलाई उसकै घरेलु मैदानमा हराउन सक्ने क्षमता भएको टोली बताएका छन् ।
एक समर्थकको प्रश्नको जवाफ दिनेक्रममा उनले भनेका छन्, ‘भारत र पाकिस्तानको परिस्थीति अनुकूल छ । त्यसैले भारतलाई उसको घरेलु मैदानमा हराउँन सक्षम छ । तर दुई देशबीचको चिसो सम्बन्धको कारण पाकिस्तान भारत जान सक्दैन ।’
त्यसैमा उनले उत्साहित हुँदै थपे, ‘यी दुईबीच टेष्ट सिरिज हुँदा विराट कोहली र बाबर आजममा को उत्कृष्ट हो भन्ने पनि थाहा हुन्छ । जस्प्रित बुमराहको विरुद्ध शाहिन अफ्रिदी हुने छन् । रविचन्द्रन आश्विन विरुद्ध यासिर शाह हुँदा टेष्ट रोमाञ्चक र हेर्न लायक हुने छ ।’
हगको विचारमा पाकिस्तानपछि भारतलाई उसकैं भूमिका हराउँन अष्ट्रेलियाले सक्छ । ‘हामीसँग डेविड वार्नर, मार्नस लाबुसेन र स्टिभ स्मिथ जस्ता ब्याट्सम्यान छन् । अष्ट्रेलियासँग उत्कृष्ट ब्याटिङ लाइनअप र बलिङ हुँदा भारतलाई उसकैं घरेलु मैदानमा हराउँने अवसर पर्खि रहेका छौं’, उनले भने ।
दुई देशबीचको बिग्रँदो सम्बन्धको कारण भारत र पाकिस्तानले पछिल्लो एक दशक देखि टेष्ट सिरिज खेलेका छैनन् ।
March 6, 2025
काठमाडौं(हाम्रो खेलकुद) – ललितपुर जिल्ला प्रधानमन्त्री कप बागमती प्रदेश छनोट प्रतियोगिताको च्याम्पियन बनेको छ । बिहीवार भएको फाइनल खेलमा मकवानपुर जिल्लालाई ६५ रनले पराजित गरि ललितपुर च्याम्पियन बनेको हो । ललितपुरले दिएको १ सय ९३ रनको लक्ष्य पछ्याएको मकवानपुर ३९.५ ओभरमा १ सय २७ रनमा समेटियो । मकवानपुरका लागि विशाल फुयालले ६४ बलमा सर्वाधिक ४१ […]
March 6, 2025
एजेन्सी – विश्व कप लिग टु अन्तगर्त क्यानडा र नेदरल्याण्ड्सबीचको खेल वर्षाका कारण रद्द भएको छ । नामिबियामा जारी त्रिकोणात्मक सिरिजमा बुधवार हुनुपर्ने क्यानडा र नेदरल्याण्ड्सबीचको खेल टस समेत नभई रद्द भएको हो । नेपालसहित ८ टोली सहभागी लिग टु क्यानडा १३ खेलमा १७ अंकका साथ तेस्रो स्थानमा छ । समान खेलमा १५ अंकका साथ […]
March 5, 2025
एजेन्सी – न्युजिल्याण्ड च्याम्पियन्स ट्रफीको फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलमा बुधवार दक्षिण अफ्रिकालाई ५० रनले हराउँदै न्युजिल्याण्ड अन्तिम दुईमा पुगेको हो ।न्युजिल्यान्डले आइतवार हुने फाइनलमा भारतको सामना गर्नेछ । भारतले पहिलो सेमिफाइनलमा अस्ट्रेलियालाई ५ विकेटले हराउँदै फाइनलमा पुगेको थियो । समूह चरणमा भारतले न्युजिल्यान्डलाई हराएको थियो। समूह चरणमा उत्कृष्ट प्रदर्शन गरेको दक्षिण अफ्रिका सेमिफाइनलमाबाट […]