5 years ago
July 1, 2020
एजेन्सी – भारत र पाकिस्तानबीचको खेल यी दुई देशमात्र नभएर विश्व क्रिकेटमै निकै महत्त्वका साथ हेरिन्छ । दुई देशबीच चिसो राजनीतिक सम्बन्धको कारण धेरै लामो समय द्विपक्षीय सिरिज खेलेका छैनन् ।
सन् २०१२–१३ मा पाकिस्तान तीन ओडिआई र दुई टि२० आई सिरिज खेल्न भारतमा आएको थियो । उक्त ओडिआई सिरिज पाकिस्तानले २–१ ले जित्दा टि२० सिरिज १–१ को बराबरी भएको थियो । त्यसयता यी दुवै देशले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसिसी) र एसियन क्रिकेट काउन्सिल (एसिसी) को प्रतियोगितामा मात्र प्रतिस्पर्धा गर्दै आएका छन् ।
पाकिस्तानले सिरिज खेल्ने चाहना गरिरहँदा भारतले अस्वीकार गर्दै आएको छ । पछिल्लो समय पाकिस्तानका सिमित ओभरका कप्तान बाबर आजम र भारतीय क्रिकेट टोलीका विराट कोहलीबीच तुलना पनि हुन थालेको छ । थुप्रै क्रिकेट विज्ञ र खेलाडीले एक अर्कालाई उत्कृष्ट भन्ने गर्दछन् ।
विश्व क्रिकेटमा दुई देशबाट अन्तर्राष्ट्रिय खेल खेल्ने थुप्रै महान खेलाडी छन् । त्यस्तै यी तीन खेलाडी जसले भारत र पाकिस्तान दुबै देशबाट अन्तर्राष्ट्रिय खेल खेलेका थिए ।
३. आमिर इलाही
सन् १९०८ मा लाहोरमा जन्मिएका आमिर इलाहीले ६ टेष्ट र १ सय २५ प्रथम श्रेणी खेलेका छन् । अलराउन्डर इलाहीले टेष्टमा ८२ रन बनाउनुको साथैं ७ विकेट लिएका छन् । इलाहीले भारतबाट एक र पाकिस्तानबाट ५ टेष्ट खेलेका थिए । उनले सन् १९४७ डिसेम्बरमा भारतबाट अष्ट्रेलियाविरुद्ध टेष्टमा डेब्यु गरेका थिए ।
त्यसपछि भने उनले पाकिस्तानबाट खेल्ने निर्णय लिए । सन् १९५२ मा भने पाकिस्तानबाट भारतविरुद्ध पाँच टेष्ट खेले । उनले भारतबाट १७ रन बनाएका थिए । अन्य रन र सबै विकेट भने पाकिस्तानबाट खेल्दा लिएका थिए ।
२. गुल मोहम्मद
गुल मोहम्मद पनि पाकिस्तान र भारत दुबै देशबाट क्रिकेट खेल्ने एक भाग्यमानी खेलाडी हुन् । भारतीय घरेलु क्रिकेटमा कीर्तिमान खेलाडी गुल मोहम्मदले सन् १९४६ देखि १९५५ सम्म भारतबाट ८ टेष्ट खेलेका थिए । १९५५ मा उनले पाकिस्तानको नागरिकता पाएपछि उतैबाट खेल्ने निर्णय लिए । सन् १९५६ मा पाकिस्तानबाट एक मात्र टेष्ट खेलेका थिए ।
सन् १९४६ जुनमा उनले भारतबाट इंग्ल्यान्डविरुद्ध लर्ड्समा डेब्यु गरेका थिए । त्यस्तै उनले भारतबाट अष्ट्रेलियाविरुद्ध पाँच र पाकिस्तानसँग दुई खेल खेले । सन् १९५६ मा भने पाकिस्तानबाट कराँचीमा अष्ट्रेलियाविरुद्ध अन्तिम टेष्ट खेल खेलेका थिए ।
१. अब्दुल हफिज
अब्दुल हफिज पाकिस्तानका पहिलो टेष्ट कप्तान हुन् । तर टेष्टमा डेब्यु भने भारतबाट गरेका थिए । सन् १९४६ जुनमा भारतबाट इंग्ल्यान्डविरुद्ध टेष्टमा डेब्यु गरेका थिए । इंग्ल्यान्डविरुद्ध तीन टेष्ट खेलेपछि पाकिस्तानबाट खेल्ने निर्णय लिएका थिए । उनले पाकिस्तानबाट सन् १९५२ मा भारतविरुद्धनै पहिलो खेले । उनले १९५८ मार्चमा वेस्ट इन्डिजविरुद्ध अन्तिम टेष्ट खेल खेलेका थिए । समग्रमा पाकिस्तानबाट २३ र भारतबाट ३ टेष्ट खेलेका थिए । उनले कुल २ अर्ध शतक सहित कुल ९ सय २७ रन बनाएका छन् ।
भारतका लागि भने उनले ८० रन जोडेका थिए । टेष्टमा उनले २१ विकेट लिएका छन् । १ सय ७४ प्रथम श्रेणी खेलमा ८ शतक र ३२ अर्ध शतक सहित ६ हजार ८ सय ३२ रन बनाउँनुको साथैं ३ सय ४४ विकेट लिएका छन् ।
March 6, 2025
एजेन्सी – विश्व कप लिग टु अन्तगर्त क्यानडा र नेदरल्याण्ड्सबीचको खेल वर्षाका कारण रद्द भएको छ । नामिबियामा जारी त्रिकोणात्मक सिरिजमा बुधवार हुनुपर्ने क्यानडा र नेदरल्याण्ड्सबीचको खेल टस समेत नभई रद्द भएको हो । नेपालसहित ८ टोली सहभागी लिग टु क्यानडा १३ खेलमा १७ अंकका साथ तेस्रो स्थानमा छ । समान खेलमा १५ अंकका साथ […]
March 5, 2025
एजेन्सी – न्युजिल्याण्ड च्याम्पियन्स ट्रफीको फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलमा बुधवार दक्षिण अफ्रिकालाई ५० रनले हराउँदै न्युजिल्याण्ड अन्तिम दुईमा पुगेको हो ।न्युजिल्यान्डले आइतवार हुने फाइनलमा भारतको सामना गर्नेछ । भारतले पहिलो सेमिफाइनलमा अस्ट्रेलियालाई ५ विकेटले हराउँदै फाइनलमा पुगेको थियो । समूह चरणमा भारतले न्युजिल्यान्डलाई हराएको थियो। समूह चरणमा उत्कृष्ट प्रदर्शन गरेको दक्षिण अफ्रिका सेमिफाइनलमाबाट […]
March 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सानेपास्थित रेडियन्ट रिडर्स एकेडेमीले रेडियन्ट क्रिकेट एकेडेमी सञ्चालनमा ल्याएको छ । राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान ज्ञानेन्द्र मल्लले बुधवार एकेडेमीको औपचारिक रुपमा उद्घाटन गरे ।ललितपुर महानगरपालिका वडा २ स्थित सानेपामै खोलिएको एकेडेमी करिब ४ रोपनी क्षेत्रफलमा फैलिएको छ । एकेडेमी तयार गर्न करिब ३० लाख रुपैयाँ खर्च भएको एकेडेमीले जनाएको छ । […]