5 years ago
June 30, 2020
एजेन्सी – स्टार अलराउन्डर बेन स्टोक्सले अर्को साता वेस्टइन्डिज विरुद्ध हुने टेस्ट सिरिजको पहिलो खेलमा इंग्ल्यान्डको कप्तानी गर्ने भएका छन् ।
स्थायी कप्तान जो रुटले पहिलो टेस्ट गुमाउने भएपछि उनको स्थानमा स्टोक्सले नेतृत्व गर्न लागेका हुन् । स्टोक्सले पहिलो पटक कप्तानको जिम्मेवारी वहन गर्नेछन् । रुटले बुधबार हुने वार्मअप खेल समेत गुमाउनेछन् । रुट र उनको श्रीमती क्यारीको दोस्रो सन्तान जन्मन लागेकाले उपलब्ध नहुने भएका हुन् ।
रुटले बच्चाको जन्मपछि सात दिन सेल्फ आइसोलेसनमा बसेर मात्र टोलीमा आबद्ध हुनेछन् । उनी जुलाई १६ मा हुने दोस्रो टेस्टका लागि भने जुलाई १३ सम्ममा टोलीमा उपस्थित हुने बुझिएको छ । स्टोक्सले कप्तानका रुपमा सकारात्मक सुरुवात गर्न केन्द्रित रहेको बताए ।
स्टोक्सले हालसम्म घरेलु क्रिकेटमा पनि कप्तानी गरेका छैनन् । इंग्ल्यान्डको टेस्ट क्रिकेटमा यसअघि फर्स्ट क्लास, लिस्ट ए अथवा टि२० टोलीको कप्तानी नगरी नेतृत्व लिने खेलाडी रहेका थिएनन्न । केभिन पिटरसनले घरेलु क्रिकेटमा कप्तानी नगरेपनि ओडीआई कप्तान रहेपछि टेस्टको कप्तानी गरेका थिए ।
रुट पहिलो टेस्टमा उपलब्ध नहुने भएपछि टोली छनोटमा भने दुविधा रहने भएको छ । डोम सिब्ले र रोरी बर्न्सले ओपनिङ गर्नेछन् । तेस्रो नम्बरको लागि ज्याक क्रली र जो डेनलीमा एकले मौका पाउनेछन् । रुटको अनुपस्थितमा यी दुवै अथवा ड्यान लरेन्सले नम्बर ४ मा खेल्नेछन् । यसबाहेक ओली पोप अथवा स्टोक्सले नम्बर ४ मा खेल्ने सम्भावना पनि छ ।
बोर्डले विकेटकिपर जस बटलरलाई पहिलो टेष्टमा उप– कप्तानको जिम्मेवारी दिएको छ । इंग्ल्यान्डले वेस्ट इन्डिजसँग तीन टेष्ट सिरिज खेल्ने छ । तीन टेष्ट सिरिजको लागि एक महिना अघिनै वेस्ट इन्डिजको टोली इंग्ल्यान्डमा रहेको छ । वेस्ट इन्डिज टोली हाल अभ्यासमा व्यस्त छ ।
वेस्टइन्डिज र इंग्ल्यान्डसँगको खेलसँगै झण्डैं चार महिनापछि अन्तर्राष्ट्रिय क्रिकेट फर्किने छ । पछिल्लो समय मार्च १३ मा अष्ट्रेलिया र न्युजिल्यान्डबीच एक दिवसिय खेल भएको थियो । इंग्ल्यान्ड र वेस्टइन्डिजका तीनै टेष्ट खेल बन्द रंगशालामा हुने छन् ।
March 6, 2025
एजेन्सी – विश्व कप लिग टु अन्तगर्त क्यानडा र नेदरल्याण्ड्सबीचको खेल वर्षाका कारण रद्द भएको छ । नामिबियामा जारी त्रिकोणात्मक सिरिजमा बुधवार हुनुपर्ने क्यानडा र नेदरल्याण्ड्सबीचको खेल टस समेत नभई रद्द भएको हो । नेपालसहित ८ टोली सहभागी लिग टु क्यानडा १३ खेलमा १७ अंकका साथ तेस्रो स्थानमा छ । समान खेलमा १५ अंकका साथ […]
March 5, 2025
एजेन्सी – न्युजिल्याण्ड च्याम्पियन्स ट्रफीको फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलमा बुधवार दक्षिण अफ्रिकालाई ५० रनले हराउँदै न्युजिल्याण्ड अन्तिम दुईमा पुगेको हो ।न्युजिल्यान्डले आइतवार हुने फाइनलमा भारतको सामना गर्नेछ । भारतले पहिलो सेमिफाइनलमा अस्ट्रेलियालाई ५ विकेटले हराउँदै फाइनलमा पुगेको थियो । समूह चरणमा भारतले न्युजिल्यान्डलाई हराएको थियो। समूह चरणमा उत्कृष्ट प्रदर्शन गरेको दक्षिण अफ्रिका सेमिफाइनलमाबाट […]
March 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सानेपास्थित रेडियन्ट रिडर्स एकेडेमीले रेडियन्ट क्रिकेट एकेडेमी सञ्चालनमा ल्याएको छ । राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान ज्ञानेन्द्र मल्लले बुधवार एकेडेमीको औपचारिक रुपमा उद्घाटन गरे ।ललितपुर महानगरपालिका वडा २ स्थित सानेपामै खोलिएको एकेडेमी करिब ४ रोपनी क्षेत्रफलमा फैलिएको छ । एकेडेमी तयार गर्न करिब ३० लाख रुपैयाँ खर्च भएको एकेडेमीले जनाएको छ । […]