5 years ago
June 28, 2020
एजेन्सी — भारतीय क्रिकेट टोलीका पूर्वकप्तान महेन्द्र सिंह धोनी एक वर्षदेखी राष्ट्रिय टोलीबाट बाहिर छन् । धोनीले अब भारतीय टोलीमा पुनरागमन गर्लान् वा नगर्लान् समर्थक र सुभचिन्तकमा निकै चाखको विषय बन्दै आएको छ ।
कोरोना भाइरस (कोभिड–१९) को कारण झण्डैं चार महिनादेखि अन्तर्राष्ट्रिय क्रिकेट गतिविधि शून्य छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसीआई) ले आगमी महिना आफ्ना शीर्ष खेलाडीलाई अभ्यासको लागि बोलाउने तयारीमा छ । त्यसमा धोनी पर्ने नपर्नेमा क्रिकेट विज्ञ्यहरु आ—आफ्नो तर्क छ । त्यसैमा सामाजिक सञ्जालमा धोनीले खेतमा ट्याक्टर चलाउँदै गरेको एक भिडियोले निकै चर्चा पाएको छ ।
इन्स्ट्राग्राममा धोनी भक्तिनामक अकाउन्टबाट धोनीले खेतमा ट्याक्टर चलाइरहेको भिडियो सार्वजनिक भएको छ । उक्त भिडियोमा धोनी राँचीमा अर्गानिक कृषिमा रमाइरहेको लेखिएको छ । उक्त भिडियोमा धोनीले ट्याक्टर चलाएका छन् । अर्को भिडियोमा धोनी खेतमा एक व्यक्तिसँग खेतमा कृषिबारे कुराकानी गरेको देखिन्छ ।
धोनी सामाजिक सञ्जालदेखि टाढै बस्न रहन रुचाउँछन् । धोनीले भारतीय टोलीबाट आगमी अक्टोबर– नोभेम्बरमा अष्ट्रेलियामा हुने टि२० विश्वकप खेल्दै अन्तर्राष्ट्रिय क्रिकेट यात्रामा पूर्णविराम लगाउन खोजिएको बुझिएको छ । एक दिवसिय विश्वकप, टि२० विश्वकप र च्याम्पियन्स ट्रफीको उपाधि जित्ने एक्लो कप्तान धोनीलाई भारतीय टोलीमा पुनरागमन गर्न सहज भने देखिदैन ।
प्रमुख प्रशिक्षक रवि शास्त्रीले धोनीले पुनरागमन गर्न आइपिएलमा उच्च प्रर्दशन गर्नुपर्ने बताएका थिए । आइपिएल अभ्यासमा आक्रामक रुपमा प्रस्तुत भएका धोनीको क्रिकेट स्थगित भएपछि पुनरागमनको सम्भावना न्यून बन्दै गएको छ । बिसिसीआईको केन्द्रिय खेलाडी सम्झौताबाट बाहिरिएका धोनी आगमी महिना अभ्यासमा बोलाउन थालिएको शीर्ष खेलाडीको सूचिमा पर्छन् वा पर्दैनन् त्यसले भविष्य निर्धारण गर्ने सम्भावना पनि देखिन्छ ।
March 6, 2025
एजेन्सी – विश्व कप लिग टु अन्तगर्त क्यानडा र नेदरल्याण्ड्सबीचको खेल वर्षाका कारण रद्द भएको छ । नामिबियामा जारी त्रिकोणात्मक सिरिजमा बुधवार हुनुपर्ने क्यानडा र नेदरल्याण्ड्सबीचको खेल टस समेत नभई रद्द भएको हो । नेपालसहित ८ टोली सहभागी लिग टु क्यानडा १३ खेलमा १७ अंकका साथ तेस्रो स्थानमा छ । समान खेलमा १५ अंकका साथ […]
March 5, 2025
एजेन्सी – न्युजिल्याण्ड च्याम्पियन्स ट्रफीको फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलमा बुधवार दक्षिण अफ्रिकालाई ५० रनले हराउँदै न्युजिल्याण्ड अन्तिम दुईमा पुगेको हो ।न्युजिल्यान्डले आइतवार हुने फाइनलमा भारतको सामना गर्नेछ । भारतले पहिलो सेमिफाइनलमा अस्ट्रेलियालाई ५ विकेटले हराउँदै फाइनलमा पुगेको थियो । समूह चरणमा भारतले न्युजिल्यान्डलाई हराएको थियो। समूह चरणमा उत्कृष्ट प्रदर्शन गरेको दक्षिण अफ्रिका सेमिफाइनलमाबाट […]
March 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सानेपास्थित रेडियन्ट रिडर्स एकेडेमीले रेडियन्ट क्रिकेट एकेडेमी सञ्चालनमा ल्याएको छ । राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान ज्ञानेन्द्र मल्लले बुधवार एकेडेमीको औपचारिक रुपमा उद्घाटन गरे ।ललितपुर महानगरपालिका वडा २ स्थित सानेपामै खोलिएको एकेडेमी करिब ४ रोपनी क्षेत्रफलमा फैलिएको छ । एकेडेमी तयार गर्न करिब ३० लाख रुपैयाँ खर्च भएको एकेडेमीले जनाएको छ । […]