default_image

5 years ago

June 26, 2020

डेब्युमै अर्धशतक प्रहार गर्ने ३ नेपाली ब्याट्सम्यान

116 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – ब्याटिङ नेपाली क्रिकेट टोलीको इतिहास देखिनै कमजोर पक्ष हो । अन्तर्राष्ट्रिय स्तरमा नेपालले गुमाएका अधिकांश अवसरमा प्रमुख कारण कमजोर ब्याटिङ रहँदै आएको छ ।

इतिहास फर्केर हेर्दा नेपाली क्रिकेट सिमित खेलाडीमा ब्याटिङमा निर्भर रहेको देखिन्छ । पछिल्लो समय भने युवा खेलाडीले त्यो समस्या सुल्झाउने सम्भावना देखाउन थालेका छन् । तर युवा खेलाडीले ठूलो सम्भावना र आशा देखाएपनि एकरुपता प्रर्दशन भने गर्न सकिरहेका छैनन् । अन्तर्राष्ट्रिय स्तरमा अर्धशतकको लागि संघर्ष गर्ने नेपाली ब्याट्सम्यानबाट शतक विरलै मात्रमा देखिन्छ ।

डेब्यु खेलमा नेपाली खेलाडीको प्रर्दशन आशा अनुसार कमैले गर्दछन् । विश्व क्रिकेटमा हेर्ने हो भने थुप्रै खेलाडी जसले डेब्युमै शतक लगाएका छन् । नेपाली क्रिकेटमा हालसम्म डेब्युमै शतक प्रहार गर्ने खेलाडी भने छैनन् । नेपाली क्रिकेट टोलीका तीन खेलाडी जसले डेब्यु खेलमा अर्ध शतक प्रहार गरेका छन् ।

३. ज्ञानेन्द्र मल्ल (नेदरल्यान्ड्सविरुद्ध, २०१८ अगष्ट)

राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्लले नेदरल्यान्ड्सविरुद्धको पहिलो खेलमा ओडिआई डेब्यु गरेका थिए । उक्त खेल ज्ञानेन्द्रको मात्र नभएर नेपालको पनि ओडिआई डेब्यु गरेको थियो । नेपालको लागि पहिलो ओडिआई अर्ध शतक प्रहार गरेका ज्ञानेन्द्र मल्लले ६१ बलमा ८ चौका सहित ५१ रन जोडेका थिए ।

ज्ञानेन्द्रलाई उक्त खेलमा २० औं ओभरको पहिलो बलमा मिचेल रिपनले एलविडब्लू आउट गरेका थिए । १ सय ९० रनको विजयी लक्ष्य पछ्याएको नेपाल ४१.५ ओभरमा अल आउट हुँदै १ सय ३४ रनमा अल आउट भएपछि ५५ रनले पराजित भएको थियो ।

२. सन्दीप जोरा (युएईविरुद्ध, २०१९ जनवरी)

युवा ब्याट्सम्यान सन्दीप जोराले सन् २०१९ मा युएईविरुद्धको तीन टि२० आई सिरिज अन्तर्गत पहिलो खेलमा डेब्यु गर्दै विश्व कीर्तिमानी अर्धशतक प्रहार गरेका थिए । जोराले ४६ बलमा ३ चौका र १ छक्का सहित अविजित ५३ रन जोडेपनि अन्य ब्याट्सम्यानले राम्रो प्रर्दशन नगर्दा नेपाल २१ रनले पराजित भएको थियो ।

उक्त अर्ध शतकसँगै जोरा टि२० आईमा अर्ध शतक प्रहार गर्ने विश्वकै कान्छा युवा खेलाडी बन्न पुगेका थिए । उक्त तीन ओडिआई सिरिज नेपाललाई २–१ ले जिताउन जोराले सिरिजभर महत्वपूर्ण प्रर्दशन गरेका थिए ।

१. कुशल मल्ल (अमेरिकाविरुद्ध, २०२० फेब्रुअरी)

गत फेब्रुअरीमा युवा ब्याट्सम्यान कुशल मल्लले आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा अमेरिकाविरुद्ध ओडिआई खेलमा डेब्यु गरेका थिए । उक्त डेब्यु खेलमा कुशलले ५१ बलमा ४ चौका र ३ छक्का सहित ५० रन बनाउँदै कीर्तिमान कायम गरेका थिए ।

नेपाली ब्याट्सम्यान रोहित कुमार पौडेलको ओडिआईमा कम उमेरमा अर्ध शतक प्रहार गर्ने कीर्तिमान तोड्दै कुशलले आफ्नो नाममा गराएका थिए । संयोगनै मान्नुपर्छ उक्त खेलमा रोहितको स्थानमा कुशलले डेब्यु गरेका थिए । नेपाल त्यस खेलमा ३५ रनले विजयी भएको थियो ।

March 6, 2025

विश्व कप लिग टु – क्यानडा र नेदरल्याण्ड्सको खेल रद्द

एजेन्सी – विश्व कप लिग टु अन्तगर्त क्यानडा र नेदरल्याण्ड्सबीचको खेल वर्षाका कारण रद्द भएको छ । नामिबियामा जारी त्रिकोणात्मक सिरिजमा बुधवार हुनुपर्ने क्यानडा र नेदरल्याण्ड्सबीचको खेल टस समेत नभई रद्द भएको हो । नेपालसहित ८ टोली सहभागी लिग टु क्यानडा १३ खेलमा १७ अंकका साथ तेस्रो स्थानमा छ । समान खेलमा १५ अंकका साथ […]

March 5, 2025

न्युजिल्यान्ड च्याम्पियन्स ट्रफीको फाइनलमा

एजेन्सी – न्युजिल्याण्ड च्याम्पियन्स ट्रफीको फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलमा बुधवार दक्षिण अफ्रिकालाई ५० रनले हराउँदै न्युजिल्याण्ड अन्तिम दुईमा पुगेको हो  ।न्युजिल्यान्डले आइतवार हुने फाइनलमा भारतको सामना गर्नेछ । भारतले पहिलो सेमिफाइनलमा अस्ट्रेलियालाई ५ विकेटले हराउँदै फाइनलमा पुगेको  थियो । समूह चरणमा भारतले न्युजिल्यान्डलाई हराएको थियो। समूह चरणमा उत्कृष्ट प्रदर्शन गरेको दक्षिण अफ्रिका सेमिफाइनलमाबाट […]

March 5, 2025

रेडियन्ट क्रिकेट एकेडेमी सञ्चालनमा

काठमाडौं (हाम्रो खेलकुद)- सानेपास्थित रेडियन्ट रिडर्स एकेडेमीले रेडियन्ट क्रिकेट एकेडेमी सञ्चालनमा ल्याएको छ । राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान ज्ञानेन्द्र मल्लले बुधवार एकेडेमीको औपचारिक रुपमा उद्घाटन गरे ।ललितपुर महानगरपालिका वडा २ स्थित सानेपामै खोलिएको एकेडेमी करिब ४ रोपनी क्षेत्रफलमा फैलिएको छ । एकेडेमी तयार गर्न करिब ३० लाख रुपैयाँ खर्च भएको एकेडेमीले जनाएको छ । […]

Success

Thank you for your time.