5 years ago
June 21, 2020
एजेन्सी– भारतीय क्रिकेट टोलीका आक्रामक ब्याट्सम्यान रोहित शर्मा सिमित ओभरको शैलीमा वर्तमान समयमा उत्कृष्ट ओपनर मानिन्छन् । आक्रामक ब्याटिङका लागि माहिर रोहित एक दिवसियमा तीन दोहोरो शतक र टि२० आईमा चार शतक प्रहार गर्ने एक्लो ब्याट्सम्यान हुन् ।
भारतलाई सिमित ओभरको उत्कृष्ट टोली बनाउन रोहितको योगदान महत्त्वपूर्ण छ । रोहितले सन् २००७ मा ओडिआईमा आयरल्यान्डविरुद्ध डेब्यु गरेका थिए । सुरुमा मध्यक्रममा ब्याटिङ गर्ने रोहितले सन् २०१३ देखी ओपनिङ गर्न थालेका हुन् । रोहितले कम्तिमा सन् २०२३ मा घरेलु मैदानमा हुने एकदिवसिय विश्वकप भारतीय टोलीबाट खेल्ने छन् । ३३ वर्षिय रोहितले उक्त विश्वकपपछि भने युवा खेलाडीलाई मौका दिन सक्छन् ।
रोहितले अब भारतीय टोलीबाट ४–५ वर्ष खेल्ने सम्भावना देखिन्छ । त्यो समय सम्मको लागि भारतले युवा खेलाडीलाई तयार पार्न तर्फ ध्यान दिनेछ । युवा खेलाडी तयार पार्न नसके भने ओपनरको भुमिका भारतीय टोलीलाई लामो समय सम्म खड्कीन सक्छ । टोली सन्तुलन बिग्रन सक्छ ।
गत फेब्रुअरीमा रोहित चोटका कारण बाहिरिँदा भारतले न्युजिल्यान्डसँगको तीन ओडिआई सिरिजमा क्लिनस्वीप बेहोरेको थियो । रोहितपछि स्टार ओपनर बन्न सक्ने भारतीय क्रिकेटका ३ युवा खेलाडी ।
३. शुभमन गिल
२० वर्षिय सुभमन गिल भारतीय क्रिकेट टोलीमा छोटो समयमै ठुलो सम्भावना देखाइसकेका युवा ओपनर हुन् । सन् २०१८ मा भारतलाई यू१९ विश्वकप जिताउन उत्कृष्ट प्रर्दशन गरेका गिलले ५ इनिङमा १ शतक र ३ अर्ध शतक सहित ३ सय ७२ रन बनाउँदै सर्वाधिक रन बनाउने खेलाडीको सुचिमा दोस्रो स्थानमा रहेका थिए । गिलले भारतीय सिनियर टोलीबाट खेलिसकेका छन् ।
सन् २०१९ मा न्युजिल्यान्डविरुद्ध दुई ओडिआई खेलेका थिए । यता प्रथम श्रेणीको खेलमा गिलले ओपनिङ गर्दै उत्कृष्ट प्रर्दशन गर्दै आएका छन् । २१ प्रथम श्रेणीको खेलमा ७ शतक र १० अर्ध शतक सहित २ हजार १ सय ३३ रन बनाई सकेका छन् । त्यस्तै ५६ लिष्ट ए खेलमा गिलले ६ शतक र ११ अर्ध शतक सहित २ हजार २ सय ८० रन बनाइसकेका छन् ।
गिलले पछिल्लो समय भारतीय ए टोलीको कप्तानी समेत गर्दै आएका छन् । कोलकाता नाइट राइडर्सबाट आइपिएल खेल्ने गिल सन् २०१९ मा इमर्जिङ प्लेयर घोषित भएका थिए । गिल आइपिएलमा ओपनरको भुमिका भने थिएनन् । प्रतिभाशाली युवा ओपनर गिलले रोहितको सन्न्याससम्म आफूलाई तयार पार्दै भारतीय टोलीका नियमित ओपनर बन्न सक्छन् ।
२.पृथ्वी शा
युवा ओपनर पृथ्वी शाले भारतीय क्रिकेट टोलीबाट टेष्ट र ओडिआई खेल खेलिसकेका छन् । सन् २०१८ मा भारतलाई आफ्नो कप्तानीमा यु१९ विश्वकप जिताएका शाले सिनियर टोलीमा पनि राम्रो प्रभाव छोडिसकेका छन् । सन् २०१८ मा वेस्ट इन्डिजविरुद्ध टेष्ट डेब्यु खेलमै १ सय ३४ रनको शतकीय इनिङ खेलेका थिए ।
पृथ्वीले ४ टेष्ट खेलमा ३ सय ३५ रन बनाएका छन् । गत फेब्रुअरीमा उनले न्युजिल्यान्डविरुद्ध ओडीआईमा डेब्यु गरेका थिए । शाले ३ ओडिआईमा ८४ रन बनाएका छन् । उनले आइपिएलमा दिल्ली क्यापिटल्सबाट खेल्दै राम्रो प्रर्दशन गर्दै आएका छन् ।
धेरै क्रिकेट विज्ञहरु पृथ्वीको खेल्ने शैलीलाई भारतका पुर्व कप्तान सचिन तेन्दुलकरसँग तुलाना गर्ने गर्दछन् । पृथ्वी उमेरले भर्खर २० वर्ष भएका छन् । रोहितको सन्न्यास सम्म उनी पूर्ण रुपमा तयार हुने अनुमान गरिएको छ । पृथ्वीलाई भारतीय क्रिकेटमा भावी कप्तानको रुपमा समेत हेरिएको छ ।
१. यशस्वी जैसवाल
१८ वर्षिय बायाँ हाते युवा ब्याट्सम्यान यशस्वी जैसवाल ठुलो सम्भावना बोकेका युवा ओपनर हुन् । गत जनवरीमा दक्षिण अफ्रिकामा भएको यू१९ विश्वकपमा जैसवालले उत्कृष्ट प्रर्दशन गर्दै ६ खेलमा १ शतक र ४ अर्ध शतक सहित ४ सय रन बनाउँदै शीर्ष स्थानमा रहेका थिए । उक्त यू१९ विश्वकपको सर्वोत्कृष्ट खेलाडी चुनिएका जैसवालले सेमिफाइनलमा पाकिस्तानविरुद्ध अविजित १ सय ५ रनको उत्कृष्ट शतकीय इनिङ खेलेका थिए ।
त्यस्तै फाइनलमा बंगलादेशसँग पराजित भएपनि जैसवालले महत्त्वपूर्ण ८८ रन जोडेका थिए । उक्त विश्वकमा सर्वोत्कृष्ट खेलाडी चुनिए पनि टोलीले हार्दा उनी निकै निराश र भावुक बनेका थिए । त्यसले उनी माथिको जिम्मेवारी र प्रतिभा अझ प्रष्ट देखाउ थियो । आक्रामक ब्याटिङका लागि परिचित जैसवालले निरन्तर उत्कृष्ट प्रर्दशन गर्दै आएका छन् । दबाबमा पनि रन जोड्न माहिर जैसवाल मुम्बईबाट घरेलु क्रिकेट खेल्ने गर्दछन् ।
जैसवालले १७ वर्षको उमेरमा विजय हजारे ट्रफीमा झारखण्डविरुद्ध १ सय ५४ बलमा २ सय ३ रनको दोहोरो शतक प्रहार गदै सबैभन्दा सानो उमेरमा दोहोरो शतक बनाउने कीर्तिमान कायम गरेका थिए । जिम्मेवारीपुर्वक ब्याटिङ गर्ने जैसवाललाई आउने दिन विश्व क्रिकेटकै एक स्टार ओपनरको रुपमा हेरिएको छ ।
May 1, 2025
एजेन्सी – चेन्नई सुपर किंग्स जारी इन्डियन प्रिमियर लिग (आइपिएल ) प्लेअफ दौडबाट बाहिरिने पहिलो टोली बनेको छ। महेन्द्र सिंह धोनीको नेतृत्वमा रहेको चेन्नई बुधवार पञ्जाब किंग्ससँग ४ विकेटले पराजित भयो। चेन्नई यो फ्रेन्चाइजको इतिहासमा लगातार दोस्रो पटक प्लेअफमा स्थान बनाउन असफल भएको छ। श्रेयश अय्यरको कप्तानीमा रहेको पञ्जाबले छैटौं जित निकाल्यो । चेन्नईको १० […]
April 30, 2025
एजेन्सी- इण्डियन प्रिमियर लिग (आइपिएल) मा चेन्नई सुपर किङ्सले पन्जाब किङ्सलाई १ सय ९१ रनको चुनौति दिएको छ। पन्जाबले टस जितेर चेन्नईलाई ब्याटिङको लागि उतार्यो। चेन्नईले १९.२ ओभरमा १ सय ९० रनमा अल आउन भयो। ४८ रन जोड्दा ३ विकेट गुमाएको चेन्नईले सुरुवात फितलो गर्यो। चौथो विकेटको लागि साम कुरान र डिवाल्ड ब्रेभिसले ७८ रनको […]
April 30, 2025
एजेन्सी – पन्जाब किङ्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा आजको खेलमा टस जितेको छ। चेन्नई सुपर किङ्ससँगको खेलमा पन्जाबले टस जितेर फिल्डिङ रोजेको छ। अंक तालिकामा पन्जाब पाचौं र चेन्नई पुछारमा छ।