5 years ago
June 20, 2020
एजेन्सी – बंगलादेशका पूर्वकप्तान मशराफे विन मोर्तजा सहित तीन क्रिकेटरलाई कोरोना संक्रमण भएको छ । मोर्तजा सहित बायाँ हाते स्पिनर नाजमुल इस्लाम र पुर्व ओपनर ब्याट्सम्यान नसीफ इकवालमा कोरोना भाइरस पोजेटिम देखिएको हो ।
३६ वर्षिय मोर्तजालाई बिहीबार ज्वोरो आएपछि शुक्रबार परिक्षण गरिएको थियो । शुक्रबार परिक्षणमा उनीमा कोरोना पोजेटिभ देखिएको हो । मोर्तजाले घरमै उपचार गरि रहेका छन् । बंगलादेशका कप्तान मोर्तजाले गत मार्चमा जिम्बावेसँगको तीन ओडिआई सिरिज देखी कप्तान पददेखि राजिनामा दिएका थिए ।
तीब्र गतिका बलर मोर्तजाले ३६ टेष्ट, २ सय २० ओडिआई र ५४ टि२० आई खेलेका छन् । बंगलादेशका सफल कप्तान मोर्तजाले सन् २००१ मा टेष्ट तथा ओडिआई र २००६ मा टि२० आईमा जिम्बावेविरुद्ध डेब्यु गरेका थिए । उनले टेष्टमा ७८, ओडिआईमा २ सय ७० र टि२० आईमा ४२ विकेट लिएका छन् ।
२८ वर्षिय स्पिनर इस्लामले बंगलादेशबाट १ टेष्ट, ५ ओडिआई र १३ टि२० आई खेलेका छन् । सन् २०१८ नोभेम्बरमा जिम्बावेविरुद्ध टेष्टमा डेब्यु गरेका उनले ४ विकेट लिएका छन् । त्यस्तै सन् २०१८ सेप्टेम्बरमा अफगानिस्तानविरुद्ध ओडिआईमा डेब्यु गरेका इस्लामले ५ विकेट लिएका छन् । त्यसैवर्ष फेब्रुअरीमा श्रीलंकाविरुद्ध टि२० आईमा डेब्यु गरेका इस्लामले ८ विकेट लिएका छन् ।
३४ वर्षिय ओपनर इकवालले ११ टेष्ट र १६ ओडिआई खेलेका छन् । उनले सन् २००४ मा न्युजिल्यान्डविरुद्ध टेष्टमा डेब्यु गर्दा २००६ मा श्रीलंकाविरुद्ध अन्टिम टेष्ट खेलेका थिए । टेष्टमा उनले १ शतक र २ अर्ध शतक सहित ५ सय १८ रन बनाएका छन् । त्यस्तै सन् २००३ मा इंग्ल्यान्डविरुद्ध ओडिआईमा डेब्यु गर्दा २००५ मा अष्ट्रेलियाविरुद्ध अन्तिम खेल खेलेका थिए । ओडिआईमा उनले ३ सय ९ रन बनाएका छन् । नसीफ बंगलादेशका ओपनर तमिम इकवालका दाई पर्दछन् ।
बंगलादेशमा हालसम्म १ लाख ८ हजार भन्दा बढीमा संक्रमण देखिदा १ हजार ४ सय २५ जनाको मृत्यु भई सकेको छ ।
May 1, 2025
एजेन्सी – चेन्नई सुपर किंग्स जारी इन्डियन प्रिमियर लिग (आइपिएल ) प्लेअफ दौडबाट बाहिरिने पहिलो टोली बनेको छ। महेन्द्र सिंह धोनीको नेतृत्वमा रहेको चेन्नई बुधवार पञ्जाब किंग्ससँग ४ विकेटले पराजित भयो। चेन्नई यो फ्रेन्चाइजको इतिहासमा लगातार दोस्रो पटक प्लेअफमा स्थान बनाउन असफल भएको छ। श्रेयश अय्यरको कप्तानीमा रहेको पञ्जाबले छैटौं जित निकाल्यो । चेन्नईको १० […]
April 30, 2025
एजेन्सी- इण्डियन प्रिमियर लिग (आइपिएल) मा चेन्नई सुपर किङ्सले पन्जाब किङ्सलाई १ सय ९१ रनको चुनौति दिएको छ। पन्जाबले टस जितेर चेन्नईलाई ब्याटिङको लागि उतार्यो। चेन्नईले १९.२ ओभरमा १ सय ९० रनमा अल आउन भयो। ४८ रन जोड्दा ३ विकेट गुमाएको चेन्नईले सुरुवात फितलो गर्यो। चौथो विकेटको लागि साम कुरान र डिवाल्ड ब्रेभिसले ७८ रनको […]
April 30, 2025
एजेन्सी – पन्जाब किङ्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा आजको खेलमा टस जितेको छ। चेन्नई सुपर किङ्ससँगको खेलमा पन्जाबले टस जितेर फिल्डिङ रोजेको छ। अंक तालिकामा पन्जाब पाचौं र चेन्नई पुछारमा छ।