5 years ago
June 19, 2020
काठमाडौं (हाम्रो खेलकुद) — पारस खड्का नेपाली क्रिकेट टोलीका सर्वाधिक सफल कप्तान र खेलाडी हुन् । पारस क्रिजमा रहनसम्म हरेक समर्थकको मनमा जितको आशा रहिरन्छ ।
गत वर्षदेखि पारसले कप्तानी छोडेसँगै उनको प्रर्दशनमा केहि गिरावट आएको छ । जुन खेलाडीको जीवनमा उताड चडाब आउनु सामान्य कुरा हो ।
पछिल्लो एक दशकमा अन्तर्राष्ट्रिय क्रिकेटमा ब्याटिङ र फिटनेसमा धेरै परिवर्तन आएको छ । तर नेपाली क्रिकेट टोलीको ब्याटिङमा सिमित खेलाडीमा निर्भर समस्या अन्त्य हुन सकेको छैन । सिमित खेलाडीमा निर्भर रहँदा नेपालले थुप्रै ठुला अवसर गुमाएको छ । एक दशक भन्दा धेरै समय ब्याटिङमा नेपाली क्रिकेट पारस बढी निर्भर रह्यो ।
नेपाली ब्याट्सम्यानबाट बिरलै मात्र शतक बन्ने गर्दछ । शतक छाडौं, अन्तर्राष्ट्रिय क्रिकेटमा अर्धशतक पूरा गर्न पनि संघर्ष गर्नुपर्छ । पारस नेपाली क्रिकेटमा सर्वाधिक शतक प्रहार गर्ने खेलाडी हुन् । पारसले अन्तर्राष्ट्रिय स्तरमा ५ शतक प्रहार गरेका छन् । जसमध्य तीन शतक छक्का प्रहार गर्दै पुरा गरेका थिए ।
पारसले शतक प्रहार गरेका दुई खेलमा भने नेपाल पराजित भएको छ । पारस नेपालबाट लिष्ट ए, ओडिआई र टि२० आईमा शतक प्रहार गर्ने एक्लो खेलाडी हुन् । पारसले अन्तर्राष्ट्रिय क्रिकेट जगतमा प्रहार गरेका ती पाँच शतक यस प्रकार छन् ।
५. कुवेतविरुद्ध १ सय ६ रन अविजित, २०१२
सन् २०१२ मा युएईमा भएको एसिसी ट्रफी इलिटमा पारसले कुवेतविरुद्ध आफ्नो पहिलो अन्तर्राष्ट्रिय शतक प्रहार गरेका थिए । आबुधाबीमा टस जितेर ब्याटिङ गर्ने निर्णयलाई सहि सावित गर्दै पारसले १ सय ६ रनको अविजित शतकीय इनिङ खेलेका थिए । पारसले उक्तक्रममा ७७ बलमा ७ चौका र ४ छक्का प्रहार गरेका थिए ।
पारसले ७३ बलमा आफ्नो पहिलो शतक पुरा गरेका थिए । पारसको शतकमा नेपालले निर्धारित ५० ओभरमा ४ विकेटको क्षतिमा २ सय ८० रन बनाएको थियो । तर उक्त लक्ष्य कुवेतले २२ बल अगाडीनै ६ विकेटको क्षतिमा पुरा गरेपछि पारसको पहिलो अन्तर्राष्ट्रिय शतक खेर गएको थियो ।
४. नामिबियाविरुद्ध १ सय ३ रन, २०१६
सन् २०१६ मा नेपालले आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिप (२०१५–१७) अन्तर्गत नामिबियाविरुद्ध कीर्तिपुर मैदानमा दुई खेल खेलेको थियो । दोस्रो खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नामिबियाले मध्यक्रम कमजोर भएपनि सुरुवात र अन्त्य राम्रो गर्दा ५० ओभरमा ९ विकेटको क्षतिमा २ सय ३९ रन बनाएको थियो । कमजोर पक्ष्य ब्याटिङका कारण धेरै समर्थकले नेपालले उक्त लक्ष्य पछ्याउन नसक्ने आकलन गरेका थिए । तर टियु मैदानमा १५ हजार भन्दा बढी समर्थकलाई पारसले निराश हुन दिएनन् ।
पारसले ९४ बलमा ५ चौका र ७ छक्का सहित १ सय ३ रनको शतकीय इनिङको सहयोगमा नेपालले १ बल अघि ७ विकेटको क्षतिमा उक्त लक्ष्य पुरा गरेको थियो । पारसले ४१ औं ओभरको दोस्रो बलमा गेरी स्नीमन छक्का प्रहार गर्दै ८९ बलमा शतक पुरा गरेका थिए ।
३. यूएई विरुद्ध १ सय १२ रन अविजित, २०१८
सन् २०१८ मा नामिबियामा भएको आइसिसी वल्र्ड क्रिकेट लिग डिभिजन २ को फाइनलमा पारसले युएईविरुद्ध उत्कृष्ट शतक प्रहार गरेपनि टोलीलाई जिताउन भने सकेनन् । युएईले प्रस्तुत गरेको २ सय ७८ रनको विजयी लक्ष्य पछ्याएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २ सय ७० रन बनाउन मात्र सकेको थियो । जसक्रममा पारसले १ सय ३ बलमा ८ छक्का र ३ चौका सहित १ सय १२ रन जोडेका थिए ।
पारसले अन्तिम ओभरमा मोहम्मद नबिदलाई ३ छक्का सहित कुल २० रन जोडेपनि नेपालको हार टार्न सकेनन् । अन्तिम ओभरको तेस्रो बलमा नबिदलाई लङअनमा छक्का प्रहार गर्दै पारसले एक सय बलमा शतक पुरा गरेका थिए । उक्त खेलमा विश्वकप छनोटको सहज समुहमा पर्न नेपालले जानीजानी खेल हारेको आरोप लाग्न पुगेको थियो ।
२. युएईविरुद्ध १ सय १५ रन, २०१९
सन् २०१९ मा युएईसँगको तीन ओडिआई सिरिज अन्तर्गत तेस्रो तथा अन्तिम खेलमा पारसले शतक प्रहार गर्दै कीर्तिमान कायम गरेका थिए । पारसले नेपालको पहिलो ओडिआई शतक प्रहार गर्दा ऐतिहासिक सिरिज जितेको थियो । युएईले प्रस्तुत गरेको २ सय ५५ रनको लक्ष्य पछ्याउने क्रममा पारसले १ सय ९ बलमा १५ चौका र १ छक्का सहित १ सय १५ रनको शतकीय इनिङ खेलेका थिए ।
पारसको शतकको सहयोगमा नेपालले ४ विकेटको जित निकाल्दै तीन ओडिआई सिरिज २–१ ले जितेको थियो । पारसले ९६ बलमा शतक पुरा गरेका थिए । पारसले ३५ औं ओभरको तेस्रो बलमा इमरान हैदरलाई लेग साइडमा चौका प्रहार गर्दै नेपाल र आफ्नो पहिलो ओडिआई शतक पुरा गरेका थिए ।
१. सिंगापुरविरुद्ध १ सय ६ रन अविजित, २०१९
सन् २०१९ मा नेपाल, सिंगापुर र जिम्बावेबीच त्रिकोणात्मक टि२० आई सिरिज भएको थियो । उक्त सिरिजमा नेपालले सिंगापुरसँगको पहिलो खेलमा १ सय ५२ रनको लक्ष्य २४ बल अगाडीनै १ विकेटको क्षतिमा पुरा गरेको थियो । उक्त क्रममा पारसले ५२ बलमा ७ चौका र ९ छक्का सहित १ सय ६ रनको विश्फोटक शतकीय इनिङ खेलेका थिए ।
जुन नेपालको टि२० क्रिकेट इतिहासमा पहिलो अन्तर्राष्ट्रिय शतक पर्दछ । पारसले नेपालको पहिलो टि२० शतक सिंगापुरका कप्तान टिम डेविडलाई १५ औं ओभरको अन्तिम बलमा छक्का प्रहार गर्दै ब्यक्तिगत ४९ बलमा पुरा गरेका थिए । जसक्रममा पारसले टि२० आईमा लक्ष्य पछ्याउँदा शतक प्रहार गर्ने पहिलो कप्तानको कीर्तिमान कायम गरे ।
March 6, 2025
एजेन्सी – विश्व कप लिग टु अन्तगर्त क्यानडा र नेदरल्याण्ड्सबीचको खेल वर्षाका कारण रद्द भएको छ । नामिबियामा जारी त्रिकोणात्मक सिरिजमा बुधवार हुनुपर्ने क्यानडा र नेदरल्याण्ड्सबीचको खेल टस समेत नभई रद्द भएको हो । नेपालसहित ८ टोली सहभागी लिग टु क्यानडा १३ खेलमा १७ अंकका साथ तेस्रो स्थानमा छ । समान खेलमा १५ अंकका साथ […]
March 5, 2025
एजेन्सी – न्युजिल्याण्ड च्याम्पियन्स ट्रफीको फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलमा बुधवार दक्षिण अफ्रिकालाई ५० रनले हराउँदै न्युजिल्याण्ड अन्तिम दुईमा पुगेको हो ।न्युजिल्यान्डले आइतवार हुने फाइनलमा भारतको सामना गर्नेछ । भारतले पहिलो सेमिफाइनलमा अस्ट्रेलियालाई ५ विकेटले हराउँदै फाइनलमा पुगेको थियो । समूह चरणमा भारतले न्युजिल्यान्डलाई हराएको थियो। समूह चरणमा उत्कृष्ट प्रदर्शन गरेको दक्षिण अफ्रिका सेमिफाइनलमाबाट […]
March 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सानेपास्थित रेडियन्ट रिडर्स एकेडेमीले रेडियन्ट क्रिकेट एकेडेमी सञ्चालनमा ल्याएको छ । राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान ज्ञानेन्द्र मल्लले बुधवार एकेडेमीको औपचारिक रुपमा उद्घाटन गरे ।ललितपुर महानगरपालिका वडा २ स्थित सानेपामै खोलिएको एकेडेमी करिब ४ रोपनी क्षेत्रफलमा फैलिएको छ । एकेडेमी तयार गर्न करिब ३० लाख रुपैयाँ खर्च भएको एकेडेमीले जनाएको छ । […]