9 years ago
August 13, 2016
आज भएको विश्व क्रिकेट लिग च्याम्पियनसिपको पहिलो खेलमा नेदरल्यान्ड्सविरुद्ध नेपाल ७ विकेटले पराजित भएको छ। पहिले ब्याटिङमा उत्रीएको नेपालले खराब प्रदर्शन गर्दै ९३ रन मात्र बनाउन सकेको थियो ।
टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको नेपाली टोलीले पहिलो विकेट भन्दा अगाडी बनाएको २३ रननै सबै भन्दा ठुलो पार्टनरशिप भएको थियो । नेपालका लागि अनिल मण्डलले २० रन बनाउँदा ज्ञानेन्द्र मल्लले ११ र सोमपाल कामीले १२ रन बनाएका थिए । नेपालका लागि उक्त तीन खेलाडी बाहेक अरु कसैले दोहोरो अंक छुन सकेनन । नेपालको ३८ दशमलव १ ओभरमा ९४ रन बनाउँदै इनिङ समाप्त भएको थियो ।
९४रनको लक्ष्य लिएर मैदानमा आएको नेदरल्यान्डसले १६.५ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो । नेपालका लागी सागर पुन, वसन्त रेग्मी र करण केसीले १-१ विकेट लिएका थिए ।
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेश र मधेश प्रदेश प्रहरी कार्यालय प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को उपाधिका लागि भिड्ने भएका छन्। शुक्रवार भएको सेमिफाइनलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयलाई १ सय ९ र मधेशले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान टिमलाई १२ रनले हराउँदै फाइनल पुगेका हो। पहिलो सेमिफाइनलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा पहिलो जित हासिल गरेको छ । शुक्रवार भएको आफ्नो तेस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा बागमतीले सुदूरपश्चिम प्रदेशलाई ५५ रनले पराजित गरेको हो । २ सय ६७ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ४७ ओभरमा २ सय ११ रनमा समेटियो । सुदूरपश्चिमका […]
March 14, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपालले सान्त्वना जित हासिल गरेको छ । लिग चरणको अन्तिम खेलमा नेपालले हङकङलाई ६ विकेटले हराउँदै सान्त्वना जित हात पारेको हो । हङकङ १ सय ५ रनको लक्ष्य नेपालले १९.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि ओपनर सम्झना खड्काले सर्वाधिक ४७ […]