5 years ago
June 19, 2020
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय क्रिकेट टोलीको प्रमुख प्रशिक्षकको रुपमा निकै चर्चामा रहेका भारतीय प्रशिक्षक लालचन्द राजपुत नेपाल आउने सम्भावना टाढिएको छ ।
जिम्बावे क्रिकेट बोर्डका अनुसार लालचन्द राजपुत सन् २०२१ सप्टेम्बर सम्म जिम्बावेमै रहने भएका छन् । राजपुत सन् २०१८ मे मा अस्थायी र अगष्टमा स्थायी रुपमा जिम्बावेको प्रमुख प्रशिक्षकमा नियुक्त भएका थिए । राजपुतको जिम्बावेसँग तीन वर्षे सम्झौंता २०२१ सप्टेम्बरमा सकिने छ । उक्त समय सम्म राजपुतले जिम्बावेमै बस्ने मनासय बनाएका हुन् ।
‘मेरो सम्झौंता सन् २०२१ सेप्टेम्बर सम्म जिम्बावेसँग रहेको छ । त्यसअघि अन्य टोलीमा जाने मेरो कुनै मनसाय छैन । म उक्त सम्झौंताको दायित्व पालना गर्नेछु’, राजपुतले जिम्बावे क्रिकेट बोर्डसँग भनेका छन् ।
जिम्बावे क्रिकेट टोली प्रमुख प्रशिक्षक बिनै अभ्यासमा फर्कि सकेको छ । तर प्रशिक्षक राजपुत भने मार्चदेखी कोरोना भाईरसको कारण भारतमा छन् । जिम्बावे क्रिकेट बोर्ड उनलाई हरारे जतिसक्दो चाडो फर्काउन खोजी रहेको छ । जिम्बावेले जुलाई–अगष्टमा अफगानिस्तानसँग सिरिज खेल्ने तयारीमा छ । नेपाली राष्ट्रिय क्रिकेट टोली चार महिना देखी विदेशी प्रशिक्षक बिहीन छ ।
भारतीय प्रशिक्षक उमेश पटवालले गत माघमा आईसिसी विश्वकप लिग–२ अन्तर्गत अमेरिका र ओमानसँग घरेलु मैदान टीयुमा भएको एक दिवसिय त्रिकोणात्मक सिरिजसँगै पदबाट राजिनामा दिएका थिए । पटवालले राजिनामा दिएसँगै राष्ट्रिय टोलीको प्रमुख प्रशिक्षकको जिम्मेवारी क्यानले विदेशी प्रशिक्षक नआउँदा सम्म जगत टमाटालाई दिएको थियो ।
टमाटाकै प्रशिक्षकमा नेपालले गत फागुनमा थाईल्यान्डमा एसीसी इस्टर्न रिजन टि२० क्रिकेट प्रतियोगितामा खराब प्रर्दशन गर्दै बाहिरिएको थियो । त्यसयता भने कोरोना भाइरसको कारण नेपालले कुनै अन्तर्राष्ट्रिय प्रतियोगिता र सिरिज खेलेको छैन ।
कोरोना भाईरसको कारण विश्वकप लिग–२ अन्तर्गत तीन अवे सिरिज अनिश्चित समय सम्मको लागि सरि सकेपछि हालसम्मको तालिका अनुसार आगमी डिसेम्बरमा मात्र नेपालको अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने कार्यक्रम छ ।
लालचन्दसँगै भारतीय अर्का प्रशिक्षक मिथुन मन्हाससँग पनि क्यानले कुराकानी गरेको जनाएको थियो । पछिल्लो पटक जेठ २४ मा बसेको क्यान बोर्ड बैठकले कोरोनाको कारण कम्तिमा भदौ सम्म कुनै विदेशी प्रशिक्षक नेपाल आउन नमान्ने हुँदा त्यहि अनुसार नियुक्त गर्ने जनाएको थियो ।
March 6, 2025
एजेन्सी – विश्व कप लिग टु अन्तगर्त क्यानडा र नेदरल्याण्ड्सबीचको खेल वर्षाका कारण रद्द भएको छ । नामिबियामा जारी त्रिकोणात्मक सिरिजमा बुधवार हुनुपर्ने क्यानडा र नेदरल्याण्ड्सबीचको खेल टस समेत नभई रद्द भएको हो । नेपालसहित ८ टोली सहभागी लिग टु क्यानडा १३ खेलमा १७ अंकका साथ तेस्रो स्थानमा छ । समान खेलमा १५ अंकका साथ […]
March 5, 2025
एजेन्सी – न्युजिल्याण्ड च्याम्पियन्स ट्रफीको फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलमा बुधवार दक्षिण अफ्रिकालाई ५० रनले हराउँदै न्युजिल्याण्ड अन्तिम दुईमा पुगेको हो ।न्युजिल्यान्डले आइतवार हुने फाइनलमा भारतको सामना गर्नेछ । भारतले पहिलो सेमिफाइनलमा अस्ट्रेलियालाई ५ विकेटले हराउँदै फाइनलमा पुगेको थियो । समूह चरणमा भारतले न्युजिल्यान्डलाई हराएको थियो। समूह चरणमा उत्कृष्ट प्रदर्शन गरेको दक्षिण अफ्रिका सेमिफाइनलमाबाट […]
March 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सानेपास्थित रेडियन्ट रिडर्स एकेडेमीले रेडियन्ट क्रिकेट एकेडेमी सञ्चालनमा ल्याएको छ । राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान ज्ञानेन्द्र मल्लले बुधवार एकेडेमीको औपचारिक रुपमा उद्घाटन गरे ।ललितपुर महानगरपालिका वडा २ स्थित सानेपामै खोलिएको एकेडेमी करिब ४ रोपनी क्षेत्रफलमा फैलिएको छ । एकेडेमी तयार गर्न करिब ३० लाख रुपैयाँ खर्च भएको एकेडेमीले जनाएको छ । […]