10 years ago
September 3, 2015
भाद्र १७, काठमाडौं-
एसिया कपमा छनोट हुन सफल यु१९ टोली नेपाल फर्कंदै मलेसियामा सम्पन्न ए.सि.सि य्-१९ प्रिमिएर टुर्नामेन्ट दोश्रो स्थान हासिल गरेको नेपाली राष्ट्रिय यु-१९ क्रिकेट टोली भोली स्वदेश फिर्ति हुदैंछ|
भोली (भाद्र १८) गते विहान ११:३०बजे टोली आइपुग्ने जानकारी क्रिकेट असोसिएसन अफ नेपाल (क्यान)ले जानकारी दियो| चार खेलमध्य तिन खेलमा विजय हसिल गरेको नेपाली टिम यस नतिजासंगै यु-१९ उमेर समुहको एसिया कपमा छनोट भएको छ|
नेपालले टुर्नामेन्ट विजेता अफगानिस्तानसंग एकमात्र खेल हारेको थियो| पहिलो खेल हारेको नेपालले बाँकि तिन खेल जित्दै दोश्रो स्थान हासिल गर्न सफल भएको हो| पहिलो खेलमा १० विकेटले अफगानिस्तानसंग १० विकेटको फराकिलो अन्तरले हार व्यहोरेपछि आयोजक मलेसियालाई ८ विकेटले पराजित गर्दै पुनरागमन गरेको थियो| त्यसपछि नेपाल कुवेतलाई ८३ रन र अन्तिम खेलमा साउदि अरेबियालाई ९ विकेटले पराजित गर्न सफल भएको थियो|
March 21, 2025
काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली नेपाल एपिएफ क्लबले सुदूरपश्चिम प्रदेशलाई प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा हराएको छ । सुदूरपश्चिमविरुद्ध शुक्रवार एपिएफ ३ विकेटले विजयी भयो । १ सय ९२ रनको लक्ष्य एपिएफले ३६.३ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । एपिएफका लागि सन्दीप जोराले सर्वाधिक ५१ रन जोडे । उनले ६८ बलमा ५ चौका […]
March 21, 2025
काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेशविरुद्ध ऐतिहासिक जित हासिल गरेको छ । कर्णालीले शुक्रवार मधेशविरुद्ध ८१ रनको ऐतिहासिक जित हात पार्यो । पिएम कपको इतिहासमा मधेशमाथि कर्णालीको पहिलो जित हो । यो जितसॅंगै कर्णालीले शीर्ष ४ को सम्भावना कायमै राखेको छ । २ सय २१ रनको लक्ष्य पछ्याएको मधेश […]
March 21, 2025
एजेन्सी – हसन नवाजको शतकमा पाहुना टोली पाकिस्तानले तेस्रो टि ट्वान्टी आईमा न्युजिल्यान्डलाई हराएको छ । पाकिस्तानले शुक्रवार ९ विकेटको जित हात पार्यो । जितसॅंगै ५ खेलको टि ट्वान्टी आई सिरिजमा पाकिस्तान २-१ मा पुर्याएको छ । २ सय ५ रनको लक्ष्य पाकिस्तानले १६ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो । पाकिस्तानको जितमा नवाजले नट […]