5 years ago
June 17, 2020
एजेन्सी — दक्षिण अफ्रिका क्रिकेट बोर्डले एकै खेलमा तीन टोलीबीच सोलिडारिटी कप क्रिकेट (थ्री टिम क्रिकेट) गर्ने भएको छ ।
सुपरस्पोर्टस पार्कमा आगमी जुन २७ (असार १३) मा तीन टोलीबीच एकै खेलमा प्रतिस्पर्धा हुने छ । क्रिकेटको नयाँ शैलीमा खेलाइने यस खेलमा दक्षिण अफ्रिका शीर्ष २४ खेलाडीले खेल्ने छन् । ईगल्सको कप्तानी दक्षिण अफ्रिका पुर्व कप्तान तथा विश्फोटक ब्याट्सम्यान एबी डि भिलियर्सले गर्ने छन् ।
सन् २०१८ मा सन्न्यास लिएका डिभिलिर्यस पछिल्लो समय दक्षिण अफ्रिका टोलीमा फर्किन संघर्षरत छन् । किंगफिशरको कप्तानी तीब्र गतिका बलर कागिसो रबाडाले गर्ने छन् । त्यस्तै दक्षिण अफ्रिका सिमित ओभरका कप्तान तथा विकेटकिपर क्विन्टन डी ककले काइट्सको नेतृत्व गर्ने छन् । दक्षिण अफ्रिका निर्देशक ग्रिम स्मिथले यस शैलीको क्रिकेटले उत्साह फिर्ता ल्याउने विश्वास राखेका छन् ।
खेल कुल ३६ ओभरको हुने छ । हरेक टोलीमा ८ जना खेलाडी हुने छन् । प्रत्येक टोलीले १२ ओभर खेल्ने छन् । ६ ओभरको एक इनिङ हुने छ । एउटा बलरले अधिक्तम ३ ओभर बलिङ गर्न पाउने छ । १८ ओभरमा ब्रेक टाइम हुने छ । ७ विकेट पतनपछि पनि अन्तिम ब्याट्सम्यानले खेल्न पाउने छ ।
उक्त ब्याट्सम्यानले २ रन वा बाउन्ड्री प्रहार गर्नुपर्ने हुन्छ । अर्थात सिंगल रन जोड्न भने पाउने छैन । सर्वाधिक रन बनाउने टोलीले स्वर्ण, दोस्रो धेरै रन बनाउने टोलीले रजत र कास्य पदक प्राप्त गर्ने छन् । दुवै टोलीले बराबर रन बनाए सुपर ओभरको आधारमा स्वर्ण पदक प्रदान गरिने दक्षिण अफ्रिका क्रिकेट बोर्डले जनाएको छ ।
कागिसो रबाडाले कप्तानी गर्ने किंगफिशरमा फाफ डु प्लेसिस, क्रिस मोरिस, तबरेज शम्सी, रिजा हेन्ड्रिक्स, जानेमान मालन, हेनरिक्स क्लासेन र ग्लेन्टन स्टुर्मन छन् । डि भिलियर्स कप्तान रहेको ईगल्समा एडेन मार्क्ररम, लुन्गी एन्गिडी, एन्डिल फेहलुकवयो, रास्सी भान डर दुसेन, जुनियर डाला, काइल बिर्रेन्नी र सिसान्ड मगला रहेका छन् ।
क्विन्टन डी कक कप्तान रहेको काइट्समा डेविड मिलर, तेम्बा बभुमा, एनरिच नोर्टिज, ड्वेन प्रिटोरियस, ब्युरन हेन्ड्रिक्स, जेजे स्मिट्स र लुथो सिपम्ला रहेका छन् ।
March 6, 2025
एजेन्सी – विश्व कप लिग टु अन्तगर्त क्यानडा र नेदरल्याण्ड्सबीचको खेल वर्षाका कारण रद्द भएको छ । नामिबियामा जारी त्रिकोणात्मक सिरिजमा बुधवार हुनुपर्ने क्यानडा र नेदरल्याण्ड्सबीचको खेल टस समेत नभई रद्द भएको हो । नेपालसहित ८ टोली सहभागी लिग टु क्यानडा १३ खेलमा १७ अंकका साथ तेस्रो स्थानमा छ । समान खेलमा १५ अंकका साथ […]
March 5, 2025
एजेन्सी – न्युजिल्याण्ड च्याम्पियन्स ट्रफीको फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलमा बुधवार दक्षिण अफ्रिकालाई ५० रनले हराउँदै न्युजिल्याण्ड अन्तिम दुईमा पुगेको हो ।न्युजिल्यान्डले आइतवार हुने फाइनलमा भारतको सामना गर्नेछ । भारतले पहिलो सेमिफाइनलमा अस्ट्रेलियालाई ५ विकेटले हराउँदै फाइनलमा पुगेको थियो । समूह चरणमा भारतले न्युजिल्यान्डलाई हराएको थियो। समूह चरणमा उत्कृष्ट प्रदर्शन गरेको दक्षिण अफ्रिका सेमिफाइनलमाबाट […]
March 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सानेपास्थित रेडियन्ट रिडर्स एकेडेमीले रेडियन्ट क्रिकेट एकेडेमी सञ्चालनमा ल्याएको छ । राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान ज्ञानेन्द्र मल्लले बुधवार एकेडेमीको औपचारिक रुपमा उद्घाटन गरे ।ललितपुर महानगरपालिका वडा २ स्थित सानेपामै खोलिएको एकेडेमी करिब ४ रोपनी क्षेत्रफलमा फैलिएको छ । एकेडेमी तयार गर्न करिब ३० लाख रुपैयाँ खर्च भएको एकेडेमीले जनाएको छ । […]