5 years ago
June 14, 2020
प्रकाश तिमल्सिना, काठमाडौं
राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काको खेल जीवन डेढ दशक भन्दा लामो भइसकेको छ । उमेर समूहदेखि राष्ट्रिय टोलीबाट देशको प्रतिनिधित्व गरेका पारस राष्ट्रिय टोलीको नियमित सदस्य हुन् । त्यसअर्थ क्रिकेट ब्याट र बलसँगको उनको नाता पुरानो हो ।
झन्डै एक दशक राष्ट्रिय टोलीको नेतृत्व गरेका उनले असोज अन्त्यतिर कप्तान पदबाट राजीनामा गरेका थिए । पछिल्लो दश वर्षको खेल जीवन निकै सक्रिय रह्यो । पछिल्लो दश वर्षमा यति लामो समय ब्याट र बल विना बस्नु परेको उनलाई याद छैन ।
‘कोरोना भाइरस कोभिड १९ को न्यूनिकरणका लागि सरकारले लकडाउन गरेदेखि नै खेलकुदका सबै गतिविधि ठप्प छन् । सुरु सुरुमा क्रिकेट टाइम पासको लागि जसरी खेलिन्थ्यो । त्यति बेला बास्केटबल पनि खेल्थे । टेनिस बलमा भए नि अभ्यास गर्थें’, पारसले हाम्रो खेलकुदसँग भने, ‘तर पछिल्लो दश वर्षमा यति लामो समय बल ब्याट विना अभ्यास गरेको याद छैन ।’
चैत ११ गते देखि सरकारले लकडाउन गरेको केहि दिनअघिबाट नै उनले आफुलाई घरमै सिमित राखेका थिए । ‘जसरी कोरोनाले विश्व व्यापी रुपमा फैलिने डर देखिएको थियो । मैले सरकारले लकडाउन गर्नुअघि दुई तीन दिन अघिबाटै आइसोलेसनमा बसेको थिए’, उनले थपे, ‘लकडाउन पछि त झन घर बाहिर जाने सवाल नै भएन । यो अवधीमा घर मै रहे ।’
झन्डै ८० दिन पछि शुक्रबार उनले बल र ब्याटका साथ अभ्यास गरेका छन् । लकडाउन केहि सहज भएपनि राजधानीमा रहेको अन्य केहि खेलाडीका साथ उनले त्रिवि मैदानमा रहेको इन्डोर हलमा अभ्यास गरेका थिए । उनले सामाजिक सञ्जालमार्फत प्रशिक्षण सुरु गरेको भिडियो अपलोड समेत गर्दै राम्रो महसुस गरेको बताएका थिए ।
उनले व्यक्तिगत रुपम खेलाडीहरुले आपसी सल्लाहमा प्रशिक्षण सुरु गरेको बताए । ‘अब प्रशिक्षकहरुसँग सल्लाह गरेर ५÷६ जनाको अलग अलग समूहमा शारीरिक दुरी कायम गरि अभ्यास गर्ने विषयमा पनि छलफल भएको छ,’ उनले भने, ‘तर औपचारिक रुपमा त्यस्तो कुनै निर्णय भइसकेको छैन । सरकारले भने खेल गतिविधिलाई अझै पनि रोकेको छ ।’
पारसले सुरुवाती दिनमा केहि कोरोना भाइरसको संक्रमणबाट जोगिनका लागि सामाजिक सञ्जालमार्फत आव्हान पनि परेका थिए । पारस आफैले भने लकडाउनको सुरुवाती १०-१२ दिन केहि गाह्रो महसुस गरेको सुनाए ।
‘सक्रिय खेल जीवनमा लामो समय आराम भन्ने कमै रह्यो । त्यसैले लकडाउनको सुरुवाती दिनमा गाह्रो भयो’, पछिल्लो समय सञ्चारमाध्यमबाट केहि टाढै रहने गरेका उनले भने, ‘पछि मैले आफ्नो तालिका बनाए । फिट हुन सातामा ५-६ दिन शारीरिक व्यायाम गर्ने । अरु कामका लागि पनि समय छुट्टाउने । इन्टरनेटमा समय बिताउने, परिवार साथीभाईसँग गफ गर्ने गरे ।’
परिस्थिति अनुसार मान्छे विस्तारै अभ्यस्त हुँदै जाने अनुभव उनले पनि महसुस गरे । ‘हामी हरेकले आ आफ्नो पेशा काम अनुसारको जीवनको अभ्यास गरिरहेका हुन्छौं’, उनले भने, ‘अचानक यस्तो महामारी आयो हामी सबैको दैनिकी नै बदलिदयो । यसले हामीलाई नयाँ ढंगले अभ्यस्त हुन सिकायो । बाध्यताले नयाँ उपायको खोजी हुने रहेछ र मानवीय स्वभाव पनि होला परिस्थिति अनुसार आफुलाई ढाल्ने रहेछ ।’
अहिलेको कठिन परिस्थितिले सबै क्षेत्रको आर्थिक उथलपुथल भएको र धेरैले आफ्नो रोजगारी गुमाउनु परेको उल्लेख गर्दै उनले पुरानो अवस्थामा आउन निकै समय लाग्ने अनुमान गरे । ‘सायद यसले असर नपर्ने कुनै क्षेत्र छैन हो । सबै क्षेत्रमा आर्थिक रुपमा निकै कठिनाई भएको छ’, उनले भने, ‘धेरैले रोजगारी गुमाउनु परेको छ । अब पुरानै अवस्थामा फर्कनलाई समय लाग्छ ।’
कोरोनाको संक्रमण दिनानु दिन बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै पारसले भने भने, ‘चिकित्सिकहरुका अनुसार अबको झन्डै ३ साता झनै महत्वपूर्ण हुन्छ ।’ उनले सरकारले अब पिसिआर परिक्षणलाई पनि बढाउँदै लैजाने सम्भावना रहेकोले आउने ३ सातामा संक्रमणको वास्तविकत अवस्था थाहा पाउन र नयाँ रणनीतिका लागि मद्दत गर्ने अनुमान गरे ।
बिस्तारै लकडाउन खुकुलो हुँदै गएपछि नागरिकको जिम्मेवारी झन् बढी हुने भएकाले सबैलाई सचेत रहन उनले सुझाएका छन् । ‘अब कोरानाको संक्रमणको खतरा हुँदा हुँदै पनि हामीले सबै काम अघि बढाउनुपर्ने अवस्था सृजना भएको छ । कारण यो कहिले सम्म रहन्छ कसैले भन्ने अवस्था छैन’, उनले थपे, ‘यो अवस्थामा हामी आफै जिम्मेवार हुने हो । विना काम घर बाहिर नजाने । जानु पर्दा पनि शारीरिक दुरी, मास्कको प्रयोग र पटक पटक साबुन पानीले हात धुने गर्नुपर्ने हुन्छ ।’
नेपालले फागुनमा आइसिसी विश्व कप लिग २ अन्तर्गत अमेरिका र ओमानसँग कीर्तिपुरमा त्रिकोणात्मक सिरिज खेलेको थियो । त्यसपछि नेपालले स्कटकल्यान्ड, पपुवा न्युगिनी र नामिबियामा खेल्ने विश्वकप लिग २ का तीन वटा त्रिकोणीय सिरिज कोरोनाकै कारण स्थगित भएको थियो । चैत १ गते देखि कीर्तिपुरमा हुने तय भएको एभरेष्ट प्रिमियर लिग पनि स्थगित भएको थियो ।
March 6, 2025
एजेन्सी – विश्व कप लिग टु अन्तगर्त क्यानडा र नेदरल्याण्ड्सबीचको खेल वर्षाका कारण रद्द भएको छ । नामिबियामा जारी त्रिकोणात्मक सिरिजमा बुधवार हुनुपर्ने क्यानडा र नेदरल्याण्ड्सबीचको खेल टस समेत नभई रद्द भएको हो । नेपालसहित ८ टोली सहभागी लिग टु क्यानडा १३ खेलमा १७ अंकका साथ तेस्रो स्थानमा छ । समान खेलमा १५ अंकका साथ […]
March 5, 2025
एजेन्सी – न्युजिल्याण्ड च्याम्पियन्स ट्रफीको फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलमा बुधवार दक्षिण अफ्रिकालाई ५० रनले हराउँदै न्युजिल्याण्ड अन्तिम दुईमा पुगेको हो ।न्युजिल्यान्डले आइतवार हुने फाइनलमा भारतको सामना गर्नेछ । भारतले पहिलो सेमिफाइनलमा अस्ट्रेलियालाई ५ विकेटले हराउँदै फाइनलमा पुगेको थियो । समूह चरणमा भारतले न्युजिल्यान्डलाई हराएको थियो। समूह चरणमा उत्कृष्ट प्रदर्शन गरेको दक्षिण अफ्रिका सेमिफाइनलमाबाट […]
March 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सानेपास्थित रेडियन्ट रिडर्स एकेडेमीले रेडियन्ट क्रिकेट एकेडेमी सञ्चालनमा ल्याएको छ । राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान ज्ञानेन्द्र मल्लले बुधवार एकेडेमीको औपचारिक रुपमा उद्घाटन गरे ।ललितपुर महानगरपालिका वडा २ स्थित सानेपामै खोलिएको एकेडेमी करिब ४ रोपनी क्षेत्रफलमा फैलिएको छ । एकेडेमी तयार गर्न करिब ३० लाख रुपैयाँ खर्च भएको एकेडेमीले जनाएको छ । […]