default_image

5 years ago

June 13, 2020

अफ्रिदीलाई कोराना संक्रमण 

79 views

0 Bookmark

एजेन्सी— पाकिस्तानी क्रिकेट टोलीका पूर्व कप्तान शाहिद अफ्रिदीलाई कोरोना संक्रमण देखिएको छ । अफ्रिदीले शनिबार ट्विट गर्दै आफुलाई कोरोना संक्रमण भएको जानकारी दिएका हुन् ।

४० वर्षिय अफ्रिदी पाकिस्तानबाट कोरोना संक्रमण देखिने दोस्रो क्रिकेट खेलाडी हुन् । यस अघि पाकिस्तानका ब्याट्सम्यान तउफिक उमरलाई कोरोना संक्रमण देखिएको थियो । उमर यसै साता कोरोनामुक्त भई सकेका छन् । ‘मैले बिहीबार देखि अस्वस्थ महसुस गरेको थिए । मेरो शरीरमा दुखाई महसुस भई रहेको थियो । मैले स्वास्थ्य परिक्षण गर्दा दुर्भाग्य कोरोना संक्रमण देखिएको छु, ‘उनले ट्विट गरेका छन् ।

पाकिस्तानका एक सर्वाधिक सफल अलराउन्डर अफ्रिदीले २७ टेष्ट, ३ सय ९८ ओडिआई ९९ सय टि ट्वान्टी आई खेलेका छन् । उनले १ हजार ७ सय १६ टेष्ट, ८ हजार ६४ ओडिआई र १ हजार ४ सय १६ टि ट्वान्टी  आई रन बनाएका छन् । लेग स्पिन बलिङ गर्ने अफ्रिदीले ४८, ३ सय ९५ र ९८ विकेट क्रमश स् टेष्ट, ओडिआई र टि२० आईमा लिएका छन् ।

March 6, 2025

विश्व कप लिग टु – क्यानडा र नेदरल्याण्ड्सको खेल रद्द

एजेन्सी – विश्व कप लिग टु अन्तगर्त क्यानडा र नेदरल्याण्ड्सबीचको खेल वर्षाका कारण रद्द भएको छ । नामिबियामा जारी त्रिकोणात्मक सिरिजमा बुधवार हुनुपर्ने क्यानडा र नेदरल्याण्ड्सबीचको खेल टस समेत नभई रद्द भएको हो । नेपालसहित ८ टोली सहभागी लिग टु क्यानडा १३ खेलमा १७ अंकका साथ तेस्रो स्थानमा छ । समान खेलमा १५ अंकका साथ […]

March 5, 2025

न्युजिल्यान्ड च्याम्पियन्स ट्रफीको फाइनलमा

एजेन्सी – न्युजिल्याण्ड च्याम्पियन्स ट्रफीको फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलमा बुधवार दक्षिण अफ्रिकालाई ५० रनले हराउँदै न्युजिल्याण्ड अन्तिम दुईमा पुगेको हो  ।न्युजिल्यान्डले आइतवार हुने फाइनलमा भारतको सामना गर्नेछ । भारतले पहिलो सेमिफाइनलमा अस्ट्रेलियालाई ५ विकेटले हराउँदै फाइनलमा पुगेको  थियो । समूह चरणमा भारतले न्युजिल्यान्डलाई हराएको थियो। समूह चरणमा उत्कृष्ट प्रदर्शन गरेको दक्षिण अफ्रिका सेमिफाइनलमाबाट […]

March 5, 2025

रेडियन्ट क्रिकेट एकेडेमी सञ्चालनमा

काठमाडौं (हाम्रो खेलकुद)- सानेपास्थित रेडियन्ट रिडर्स एकेडेमीले रेडियन्ट क्रिकेट एकेडेमी सञ्चालनमा ल्याएको छ । राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान ज्ञानेन्द्र मल्लले बुधवार एकेडेमीको औपचारिक रुपमा उद्घाटन गरे ।ललितपुर महानगरपालिका वडा २ स्थित सानेपामै खोलिएको एकेडेमी करिब ४ रोपनी क्षेत्रफलमा फैलिएको छ । एकेडेमी तयार गर्न करिब ३० लाख रुपैयाँ खर्च भएको एकेडेमीले जनाएको छ । […]

Success

Thank you for your time.