5 years ago
June 12, 2020
काठमाडौं (हाम्रो खेलकुद) — सन् २०२० सुरु हुनुअघि नेपाली क्रिकेट टोलीको कार्यतालिका व्यस्त थियो । तर कोरोना भाइरस (कोभिड१९) संक्रमणका कारण र प्राप्त केहि अवसर सदुपयोग गर्न नसक्दा सन् २०२० को बाँकी ६ महिना नेपाली क्रिकेट टोली अब धेरै समय खाली हुने देखिएको छ ।
हालसम्म नेपाल क्रिकेट संघ (क्यान) ले वार्षिक कार्यतालिका सार्वजनिक गर्न सकेको छैन । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) र एसियन क्रिकेट काउन्सिल (एसिसी) को हालसम्मको तालिका (क्यालेन्डर) हेर्दा यस वर्ष अब नेपालले एक मात्र अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न देखिन्छ । उक्त प्रतियोगिता पनि टेस्ट राष्ट्रका यू-२३ टोली सहभागी हुने कारण नेपालले अब अर्को ओडीआई खेल्ने-नखेल्ने यकिन हुन सकेको छैन ।
नेपालले सन् २०२० मा फेब्रुअरी ५ देखि १२ सम्म घरेलु मैदान टियुमा ओमान र अमेरिकासँग आइसिसी विश्वकप लिग—२ त्रिकोणात्मक सिरिज खेल्दै सुरुवात गरेको थियो । ओमानसँगको दुवै खेलमा पराजित हुँदा अमेरिकासँगको दुवैमा विजयी भएको थियो । फेब्रुअरी २७ देखि मार्च ६ सम्म थाईल्यान्डमा भएको एसिसी इस्टर्न रिजनमा नेपाल चौथो स्थानमा रहयो । ४ खेलमा १ मा जित, २ मा हार र १ खेल वर्षाको कारण स्थगित हुँदा पाँच राष्ट्र सहभागी प्रतियोगिताबाट बाहिरिएको थियो ।
त्यसयता भने कोरोना भाइरसको कारण नेपालले कुनै अन्तर्राष्ट्रिय प्रतियोगिता र सिरिज खेलेको छैन । नेपालले यस वर्ष खेल्ने कार्यतालिका रहेका विश्वकप लिग—२ का तीन त्रिकोणात्मक सिरिज स्थगित भएका छन् । तीन त्रिकोणात्मक सिरिजमा नेपालले १२ ओडीआई खेल्ने कार्यक्रम थियो । तर उक्त सबै खेल स्थगित भएसँगै यो वर्ष नेपालले ओडीआई खेल खेल्ने सम्भावना न्युन छ ।
नेपालको विश्वकप लिग—२ मा अप्रिल २० देखि २७ सम्म नामिबियामा पपुवा न्यु गिनीसँग र जुन ९ देखी १६ सम्म पपुवा न्यु गिनीमा संयुक्त अरब इमिरेट्स (युएई) सँग खेल्ने त्रिकोणात्मक सिरिज स्थगित भएका हुन् । त्यस्तै जुलाई ४ देखी ११ सम्म स्कटल्यान्डमा नामिबियासँग हुने त्रिकोणात्मक सिरिज स्थगित भएपछि यो वर्ष नेपालले मात्र ४ ओडीआई खेलमा मात्र चित्त बुझाउनु पर्ने सम्भावना बढ्दै गएको छ ।
यसअघि सन् २०१८ र २०१९ मा नेपालले ३—३ ओडीआई खेलेको थियो । सन् २०२० मा भने चार खेल खेलेको छ । ओडीआई मान्यता पाएको दुई वर्षभन्दा धेरै हुँदा नेपालले मात्र १० खेल खेलेको छ । आगमी साढे दुई वर्षमा नेपालले ओडीआई मान्यता कति सदुपयोग गर्न सक्छ त्यसले नेपाली क्रिकेट टोलीको भविष्य समेत निर्माण गर्ने देखिन्छ । नेपालले अब आइसिसी विश्वकप लिग २ मा त्रिकोणात्मक सिरिज सन् २०२१ को जनवरीमा ओमानमा अमेरिकासँग खेल्ने छ । विश्वकप लिग—२ सन् २०२२ सम्म चल्ने छ ।
यो वर्ष नेपालको एक मात्र अन्तर्राष्ट्रिय प्रतियोगिता बाँकी छ । डिसेम्बरमा बंगलादेशमा इमर्जिङ टिम्स एसिया कप एकदिवसिय खेल्न बाँकी छ । एसिसीको वार्षिक तालिका अनुसार डिसेम्बरमा पाँच टेष्ट टोलीको यु२३ टोली (भारत, पाकिस्तान, श्रीलंका, अफगानिस्तान र बंगलादेश) तथा आइसिसी वरियताका एसियाका शीर्ष तीन टोलीबीच इमर्जिङ कप हुने छ । आइसिसीको एसियाको शीर्ष तीन ओडीआई वरियतामा नेपाल, ओमान र युएई पर्दछन् । हाल ओडीआई वरियतामा ओमान १३, नेपाल १६ र यूएई १७ औं स्थानमा छन् ।
तर इमर्जिङ टिम्स एसिया कपमा नेपालको समुहमा अन्य सबै टेष्ट टोली परेको खण्डमा यो वर्ष अब नेपालले अर्को ओडीआई खेल्ने सम्भावना कम छ । यु२३ सँगको सबै खेल लिष्ट ए मान्यतामा पर्दछन् भने अन्य ओडीआई मान्यता प्राप्त एसोसिएट राष्ट्रविरुद्ध खेलमात्र ओडीआई हुनेछ ।
अर्कोतर्फ यो वर्ष हालसम्मको कार्यतालिका हेर्दा टि२० आई पनि शुन्यनै देखिन्छ । यो वर्ष टि२० आई विशेष छ । अष्ट्रेलियामा हुने टि२० विश्वकप यस वर्षको प्रमुख प्रतियोगिता हो । यो वर्ष एसिसीको तालिकामा अगष्टमा मलेसियामा टि२० एसिया कप छनोट र सेप्टेम्बरमा पाकिस्तानमा टि२० एसिया कप रहेका छन् । अक्टोबर-नोभेम्बरमा टि२० विश्वकप अष्ट्रेलियामा हुँदै छ । नेपाल एसिया कप छनोटको इस्टर्न रिजन तथा विश्वकप टि२० को एसिया छनोटबाटै बाहिरएको थियो ।
त्यसैले नेपालको यो वर्ष अब कुनै टि२० आई प्रतियोगिता र सिरिजको कार्यतालिका पनि छैन । नेपाल क्रिकेट संघ (क्यान) ले आफ्नो पहलमा टि२० र ओडीआई सिरिज गराएको खण्डमा तथा आइसिसीले स्थगित भएका त्रिकोणात्मक सिरिज यसै वर्षमा गरेमा शून्य हुनबाट नेपाल बच्ने छ ।
March 6, 2025
एजेन्सी – विश्व कप लिग टु अन्तगर्त क्यानडा र नेदरल्याण्ड्सबीचको खेल वर्षाका कारण रद्द भएको छ । नामिबियामा जारी त्रिकोणात्मक सिरिजमा बुधवार हुनुपर्ने क्यानडा र नेदरल्याण्ड्सबीचको खेल टस समेत नभई रद्द भएको हो । नेपालसहित ८ टोली सहभागी लिग टु क्यानडा १३ खेलमा १७ अंकका साथ तेस्रो स्थानमा छ । समान खेलमा १५ अंकका साथ […]
March 5, 2025
एजेन्सी – न्युजिल्याण्ड च्याम्पियन्स ट्रफीको फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलमा बुधवार दक्षिण अफ्रिकालाई ५० रनले हराउँदै न्युजिल्याण्ड अन्तिम दुईमा पुगेको हो ।न्युजिल्यान्डले आइतवार हुने फाइनलमा भारतको सामना गर्नेछ । भारतले पहिलो सेमिफाइनलमा अस्ट्रेलियालाई ५ विकेटले हराउँदै फाइनलमा पुगेको थियो । समूह चरणमा भारतले न्युजिल्यान्डलाई हराएको थियो। समूह चरणमा उत्कृष्ट प्रदर्शन गरेको दक्षिण अफ्रिका सेमिफाइनलमाबाट […]
March 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सानेपास्थित रेडियन्ट रिडर्स एकेडेमीले रेडियन्ट क्रिकेट एकेडेमी सञ्चालनमा ल्याएको छ । राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान ज्ञानेन्द्र मल्लले बुधवार एकेडेमीको औपचारिक रुपमा उद्घाटन गरे ।ललितपुर महानगरपालिका वडा २ स्थित सानेपामै खोलिएको एकेडेमी करिब ४ रोपनी क्षेत्रफलमा फैलिएको छ । एकेडेमी तयार गर्न करिब ३० लाख रुपैयाँ खर्च भएको एकेडेमीले जनाएको छ । […]