5 years ago
June 10, 2020
एजेन्सी— अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) ले विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड१९) जोखिमलाई मध्यनजर गर्दै आफ्ना केहि नियममा अन्तरिम परिवर्तन गरेको जनाएको छ।
आइसिसीको परिवर्तन नियम अनुसार बलरले बलमा थुम प्रयोग गर्न पाउने छैनन् । थुकको प्रयोग बलरले बल स्वीङ गराउन गर्ने गर्दथिए । यसले बलरलाई केहि समय कठिन हुने अनुमान गरिएको छ । अझ टेष्ट क्रिकेटमा यसको प्रयोग धेरै हुने गर्दथियो ।
प्रत्येक इनिङमा अम्पायरले दुई पटक सम्म थुक प्रयोग गरेमा चेतावानी दिनेछन् । उक्त चेतावनी नमानेको खण्डमा ५ रन पेनाल्टी लाग्ने आइसिसीले जनाएको छ । बलरहरुले भने यसको विकल्पबारे सोच्न आइसिसीलाई आग्रह गरेका छन् ।
आईसिसीले खेलको क्रममा कुनै खेलाडीमा कोरोना भाइरसको संक्रमण देखिएको उसको विकल्प (रिप्लेसमेन्ट) अर्को खेलाडीलाई खेलाउन अनुमती दिने भएको छ । जुन कुरा म्याच रेफ्रिलाई जानकारी दिनुपर्ने हुन्छ । म्याच रेफ्रिले अनुमती दिएपछि अर्को खेलाडीले खेल्न पाउने छ । यो नियम टेष्ट क्रिकेटमा मात्र लागु हुने छ । अर्थात यस नियम ओडिआई र टि२० आईमा भने लागु नहुने आइसिसीले प्रष्ट पारेको छ ।
त्यस्तै आगमी १२ महिना सम्म आइसिसीले टेष्ट क्रिकेटको टिसट र स्विटरमा ३२ स्क्वायर इन्च लोगो प्रयोग गर्न दिने भएको छ । अन्तर्राष्ट्रिय सिरिजमा स्थानिय अम्पायर र म्याच रेफ्रिले पनि खेल खेलाउन सक्ने छन् ।
April 1, 2025
एजेन्सी – पञ्जाब किंग्सले इण्डियन प्रिमियर लिग (आइपिएल) २०२५ मा लगातार दोस्रो जित हासिल गरेको छ । मंगलवार भएको खेलमा लगातार दोस्रो जित हात पार्ने क्रममा पञ्जाबले लखनउ सुपर जायन्ट्सलाई ८ विकेटले पराजित गर्यो । लखनउले दिएको १ सय ७२ रनको लक्ष्य पञ्जाबले १६.२ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । पञ्जाबको जितमा ओपनर ओपनर […]
April 1, 2025
एजेन्सी – लखनउ सुपर जायन्ट्सले इण्डियन प्रिमियर लिग (आइपिएल) मा पञ्जाब किंग्सलाई मध्यम लक्ष्य दिएको छ । लखनउमा जारी खेलमा घरेलु टोलीले पञ्जाबविरुद्ध १ सय ७२ रनको लक्ष्य तयार गरेको हो । लखनउस्थित एकाना अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको लखनउले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७१ रनको योगफल तयार […]
April 1, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) मा पञ्जाब किंग्सले लखनउ सुपर जायन्ट्सविरुद्ध टस जितेको छ । लखनउको घरेलु मैदान ऐकना अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम टस जितेर पञ्जाबका कप्तान श्रेयस अय्यरले बलिङ रोजेका हुन् । पञ्जाब लगातार दोस्रो जितको खोजीमा रहेको छ । पञ्जाबले पहिलो खेलमा गुजरात टाइटन्सलाई उसकै मैदान अहमदाबादमा पराजित गरेको थियो । पञ्जाब २ अंकका […]