5 years ago
June 7, 2020
काठमाडौं (हाम्रो खेलकुद) — कोरोना भाइरस (कोभिड-१९) कारण झण्डै तीन महिनादेखि प्रशिक्षण विहिन बनेको राष्ट्रिय क्रिकेट टोलीलाई प्रशिक्षण अनुमती दिन सरकारसँग नेपाल क्रिकेट संघ (क्यान) ले माग गर्ने भएको छ ।
शनिबार बसेको अनलाइन बोर्ड बैठकले राष्ट्रिय क्रिकेट टोलीलाई प्रशिक्षण अनुमती दिन माग गर्नेदेखि केन्द्रिय सम्झौताको सुचिमा रहेका खेलाडीको पारिश्रमिक बढाउन अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) लाई सिफारिस गर्ने लगायतका थुप्रै निर्णय गरेको छ ।
‘असार १५ सम्म सरकारको निर्णय पर्खन्छौं, त्यसपछि भने हामीले राष्ट्रिय क्रिकेट टोलीलाई प्रशिक्षणको लागि सरकारसँग अनुमती माग गर्ने छौं । कोरोना नफैलिने गरि कसरी प्रशिक्षण गर्न सक्छौं भनेर छलफल गरेर अघि बढ्ने छौं । कीर्तिपुर वा पोखरा मध्य एक ठाउँमा १५—२० जनालाई राख्ने छौं । जसले खेलाडी लयमा रहने छन्’, अध्यक्ष चतुरबहादुर चन्दले हाम्रो खेलकुदसँग भने ।
‘कोरोनाको कारण असारसम्म गरिने भनेको सबै प्रतियोगिता रद्ध हुने छन् । वार्षिक कार्यक्रमको योजना बनाउने तयारी गर्नेछौं । सरकारले २० जना जति भेला हुने अनुमती दिएमा जिरो र एक लेभलको प्रशिक्षकको ट्रेनिङ दिने निर्णय गरेका छौं’, चन्दले भने ।
क्यानले सबै जिल्लाका क्लबलाई व्यवस्थापन गर्न र सम्झौता नयाँ गर्न निर्णय दिने भएको छ । खेलाडी दर्ता क्यान, प्रदेश वा जिल्ला कस्ले गर्ने भन्ने अन्यौल रहँदै आएको छ । अव क्यानले जिल्लालाई दर्ता गर्न निर्देशन दिने निर्णय गरेको छ ।
क्यानले लकडाउन खुलेपछि नियुक्त दिने गरि सबै प्रदेशलाई १—१ जना प्रशिक्षक खटाउने निर्णय गरेको छ । पूर्व राष्ट्रिय खेलाडी, लेभल वान र टु गरेर बसेका, निश्चित मापदण्ड पूरा गरेका प्रशिक्षकलाई केहि पारिश्रमिक दिएर प्रदेशमा खटाउने वातावरण मिलाउने क्यानले निर्णय गरेको छ । क्यानले मैदानको स्तरउन्नतीलाई जारी राख्ने निर्णय गरेको छ ।
खेलाडीको नयाँ सम्झौतामा समितीले निर्णय गरेर ल्याउने र त्यसपछि छलफल गर्ने निर्णय गरेको छ । २०१९ मा केन्द्रिय खेलाडी सम्झौतामा रहेका खेलाडीको पारिश्रमिक बढाएर पठाउन क्यानले आइसिसीसँग माग गर्ने भएको छ । हाल ए ग्रेडले ३५, बी मा रहेका २५ र सी ग्रेडमा रहेका खेलाडीले १५ हजार पाउने गर्दछन् छन् । क्यानले आइसिसीलाई नयाँ सम्झौता लागु नहुँदासम्म ए ग्रेडलाई ४५, बीलाई ३५ र सीलाई २५ हजारकाले दरले पठाउन सिफारिस गरेको जनाएको छ ।
त्यस्तै क्यानले अर्को बैठकमा साधरण सभा कहिले राख्ने भन्ने निर्णय गर्ने भएको छ । सरकारले अनुमति दिए साउन मसान्तसम्म साधारण सभा गर्ने छलफल गरेको छ ।
विदेशी प्रशिक्षकको बारे क्यानले छलफल जारी राखेको जनाएको छ । कोरोना भाइरसको कारण कम्तिमा भदौ सम्म कुनै पनि विदेशी प्रशिक्षक नेपाल आउन नमान्ने हुनाले क्यानसँग पर्याप्त समय नहुँदा हतार नगरी विदेशी प्रशिक्षक नियुक्त गर्ने बारे छलफल गरेको जनाएको छ ।
March 5, 2025
एजेन्सी – न्युजिल्याण्ड च्याम्पियन्स ट्रफीको फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलमा बुधवार दक्षिण अफ्रिकालाई ५० रनले हराउँदै न्युजिल्याण्ड अन्तिम दुईमा पुगेको हो ।न्युजिल्यान्डले आइतवार हुने फाइनलमा भारतको सामना गर्नेछ । भारतले पहिलो सेमिफाइनलमा अस्ट्रेलियालाई ५ विकेटले हराउँदै फाइनलमा पुगेको थियो । समूह चरणमा भारतले न्युजिल्यान्डलाई हराएको थियो। समूह चरणमा उत्कृष्ट प्रदर्शन गरेको दक्षिण अफ्रिका सेमिफाइनलमाबाट […]
March 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सानेपास्थित रेडियन्ट रिडर्स एकेडेमीले रेडियन्ट क्रिकेट एकेडेमी सञ्चालनमा ल्याएको छ । राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान ज्ञानेन्द्र मल्लले बुधवार एकेडेमीको औपचारिक रुपमा उद्घाटन गरे ।ललितपुर महानगरपालिका वडा २ स्थित सानेपामै खोलिएको एकेडेमी करिब ४ रोपनी क्षेत्रफलमा फैलिएको छ । एकेडेमी तयार गर्न करिब ३० लाख रुपैयाँ खर्च भएको एकेडेमीले जनाएको छ । […]
March 5, 2025
एजेन्सी – रचिन रविन्द्र र केन विलियम्सनको सानदार साझेदारीमा न्युजिल्याण्डले च्याम्पियन्स ट्रफीको सेमिफाइनलमा दक्षिण अफ्रिकालाई जितको लागि ३ सय ६३ रनको विशाल चुनौती दिएको छ। लाहोरको गद्दाफी स्टेडियममा टस जितेर पहिले ब्याटिङ गर्यो। निर्धारित ५० ओभरको खेलमा ६ विकेट गुमाउँदै ३ सय ६२ रनको सानदार योगफल बनायो। विल योङ्ग २१ रनना आउट हुँदा पहिलो विकेटको […]