5 years ago
June 5, 2020
एजेन्सी— भारतको फ्रेन्चाइज लिग इन्डियन प्रिमियर लिग (आइपिएल) भन्दा पाकिस्तान सुपर लिग (पिएसएल) को बलिङको स्तर उत्कृष्ट रहेको पाकिस्तानका पूर्व खेलाडी वसीम अकरमले बताएका छन् ।
‘पिएसएल आइपिएल पछिको दोस्रो ठुलो टि२० फ्रेन्चाइज लिग हो । त्यसैले आइपिएलसँग पिएसएलको तुलना गर्न मिल्दैन । पिएसएलको पाँचौ संस्करण हुँदा आइपिएलको १२ औं संस्करण सम्पन्न भइसकेको छ । पिएसएलमा भन्दा आइपिएलमा पैसा पनि धेरै छ’, आफ्नो जमानाका उत्कृष्ट बलरमध्यका एक वासिमले भने ।
‘म पिएसएलको सबै संस्करणमा सहभागी छु । यस दौरानमा जतिपनि विदेशी खेलाडी फ्रेन्चाइज लिग खेल्न आए । ती सबैले आइपिएल भन्दा पिएसएलमा बलिङको स्तर धेरै फरक रहेको बताउँछन् । धेरैले पिएसएलका बलरको स्तर आइपिएल भन्दा धेरै उत्कृष्ट रहेको बताउँछन् । आइपिएलमा ८ टोली हुँदा पिएसएलमा ६ टोली छन् । त्यसैले पिएसएलमा स्तरिय बलर मात्र खेल्ने गर्दछन्’, उनले भने ।
त्यस्तै वसीमले पाकिस्तानमा ब्याट्सम्यानमा कमी हुनुको कारण ग्रास रुट कमजोर रहेको बताएका छन् । ‘हाम्रो युवा खेलाडीमा आत्माविश्वासको कमी छ। हामीले ग्रास रुटमा परिवर्तन गर्यौ भने आफैं स्तरिय ब्याट्सम्यान आउने छन्,’ उनले थपे ।
पिएसएलको पाँचौ संस्करणको सेमिफाइनल खेल हुन बाँकी छ । विश्वभर फैलिएको कोरोना भाइरसको कारण गत मार्चमा सेमिफाइनल खेलहरु स्थगित भएका थिए । यता कोरोना भाइरसको कारण १३ औं संस्करण आइपिएल यो वर्ष हुने नहुने अनिश्चित छ । पाकिस्तानका सर्वाधिक सफल तीव्र गतिका बलर वसीमले १ सय ४ टेष्ट खेलमा ४ सय १४ तथा ३ सय ५६ ओडिआई खेलमा खेलमा ५ सय २ विकेट लिएका छन् ।
March 5, 2025
एजेन्सी – न्युजिल्याण्ड च्याम्पियन्स ट्रफीको फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलमा बुधवार दक्षिण अफ्रिकालाई ५० रनले हराउँदै न्युजिल्याण्ड अन्तिम दुईमा पुगेको हो ।न्युजिल्यान्डले आइतवार हुने फाइनलमा भारतको सामना गर्नेछ । भारतले पहिलो सेमिफाइनलमा अस्ट्रेलियालाई ५ विकेटले हराउँदै फाइनलमा पुगेको थियो । समूह चरणमा भारतले न्युजिल्यान्डलाई हराएको थियो। समूह चरणमा उत्कृष्ट प्रदर्शन गरेको दक्षिण अफ्रिका सेमिफाइनलमाबाट […]
March 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सानेपास्थित रेडियन्ट रिडर्स एकेडेमीले रेडियन्ट क्रिकेट एकेडेमी सञ्चालनमा ल्याएको छ । राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान ज्ञानेन्द्र मल्लले बुधवार एकेडेमीको औपचारिक रुपमा उद्घाटन गरे ।ललितपुर महानगरपालिका वडा २ स्थित सानेपामै खोलिएको एकेडेमी करिब ४ रोपनी क्षेत्रफलमा फैलिएको छ । एकेडेमी तयार गर्न करिब ३० लाख रुपैयाँ खर्च भएको एकेडेमीले जनाएको छ । […]
March 5, 2025
एजेन्सी – रचिन रविन्द्र र केन विलियम्सनको सानदार साझेदारीमा न्युजिल्याण्डले च्याम्पियन्स ट्रफीको सेमिफाइनलमा दक्षिण अफ्रिकालाई जितको लागि ३ सय ६३ रनको विशाल चुनौती दिएको छ। लाहोरको गद्दाफी स्टेडियममा टस जितेर पहिले ब्याटिङ गर्यो। निर्धारित ५० ओभरको खेलमा ६ विकेट गुमाउँदै ३ सय ६२ रनको सानदार योगफल बनायो। विल योङ्ग २१ रनना आउट हुँदा पहिलो विकेटको […]