5 years ago
June 4, 2020
एजेन्सी — विश्व क्रिकेट इतिहासमा सर्वाधिक विकेट लिने कीर्तिमान स्पिन बलरको नाममा छ । तीव्र र मध्यम गतिका बलरको तुलनामा स्पिनर धेरै सफल हुँदै आएका छन् ।
तीव्र गतिका बलर भन्दा स्पिनरमा घाइते हुने जोखिम कम हुन्छ । त्यसैले स्पिनरको करीअर पनि लामो हुने गर्दछ । स्पिन बल खेल्न ब्याट्सम्यानलाई सहज हुँदैन । बलिङको गति र लाइन मात्र होइन, त्यसपछि हुने टर्नको पनि हेक्का राख्नुपर्ने हुँदा केहि कठिन हुन्छ । खेलमा स्पिनरको निकै महत्त्व हुन्छ । प्राय स्पिनरलाई मध्यक्रममा बढी प्रयोग गरिन्छ ।
विश्व क्रिकेट जगतमा एसियन पिच स्पिनर उपयोगि मानिन्छ । त्यसैले पनि एसियाली क्षेत्रमा टोलीले दुई स्पिनर टोलीमा समेट्छन् र सफलता पनि त्यसै अनुसार प्राप्त गर्छन् । विश्व क्रिकेट इतिहासका १० उत्कृष्ट स्पिनर यस प्रकार छन् ।
१०. रंगना हेराथ (श्रीलंका)
श्रीलंका पुर्व स्पिनर रंगना हेराथले तीनै शैलीको क्रिकेट खेलेका छन् । श्रीलंका क्रिकेटका एक सफल बायाँ हाते स्पिनर रंगना हेराथले श्रीलंकाबाट सन् १९९९ देखि २०१८ सम्म खेलेका थिए । हेराथले ९३ टेष्ट खेलमा ४ सय ३३ विकेट लिएका छन् । जसमा उत्कृष्ट प्रर्दशन ९-१२७ रहेको छ । ७१ ओडिआई खेलमा रंगना हेराथले ७४ विकेट लिएका छन् । उत्कृष्ट प्रर्दशन ४-२० रहेको छ । त्यस्तै उनले १७ टि२० आईमा १८ विकेट लिएका छन् ।
९. ग्रेम स्वान (इंग्ल्यान्ड)
इंग्ल्यान्डका पुर्व अफ स्पिनर ग्रीम स्वानले सन् २००८ देखि २०१३ सम्म ६० टेष्ट खेलमा २ सय ५५ विकेट लिएका थिए । जसमा एक इनिङमा उनको उत्कृष्ट प्रर्दशन ६-६५ रहेको छ । समग्रमा उनको टेष्टमा उत्कृष्ट प्रर्दशन १०-१३२ रहेको छ । सन् २००० dएखी २०१३ सम्म ओडिआई खेलेका उनले ९७ खेलमा १ सय ४ विकेट लिएका थिए । इकोनमी ४.५४ रहँदा उत्कृष्ट प्रर्दशन ५-२८ रहेको छ । ३९ टि२० आईमा उनले ५१ विकेट लिएका छन् । उनको उत्कृष्ट प्रर्दशन ३-१३ रहेको छ ।
८. अब्दुल कादीर (पाकिस्तान)
पाकिस्तानका लेग स्पिनर अब्दुल कादीर गुग्ली र लेग ब्रेक बलिङका लागि चर्चित खेलाडी थिए । इंग्ल्यान्डका पूर्व कप्तान ग्राहम गुचले एक पटक कादीर स्तरको हिसाबमा शेन वार्न भन्दा पनि उत्कृष्ट बलर रहेको बताएका थिए । सन् १९७७ देखि १९९० सम्म ६७ टेष्ट क्रिकेट खेलेका उनले १ सय ११ इनिङमा २ सय ३६ विकेट लिएका थिए । एक इनिङमा ९-५६ र एक खेलमा १३-१०१ उनको करिअरको उत्कृष्ट प्रर्दशन हो ।
कादिरले टेष्टमा १५ पटक ५माथि विकेट लिएका थिए । त्यस्तै उनले पाँच पटक १० माथि विकेट लिएका छन् । सन् १९८३ देखि १९९३ सम्म १ सय ४ ओडिआई क्रिकेट खेलेका उनले १ सय ३२ विकेट आफ्नो नाममा गराएका छन् । त्यस्तै २ सय ९ प्रथम श्रेणीको खेलमा उनले ९ सय ६० विकेट लिएका छन् ।
७. हरभजन सिंह (भारत)
भारतीय क्रिकेट टोलीका स्पिनर हरभजन सिंह एक सफल बलर हुन् । हरभजन सिंह भारतीय टेष्ट क्रिकेट इतिहासमा ह्याट्रिक गर्ने पहिलो बलर पर्दछन् । सन् १९९८ देखि २०१५ सम्म १ सय ३ टेष्ट खेलमा हरभजन सिंहले ४ सय १७ विकेट लिएका छन् । उनको एक इनिङमा ८-८४ तथा एक खेलमा १५-२१७ उत्कृष्ट प्रर्दशन रहेको छ ।
हरभजन सिंहले २५ पटक ५ माथि विकेट लिएका छन् । ५ पटक १० विकेट माथि लिएका छन् । २ सय ३६ ओडिआई खेलमा २ सय ६९ विकेट लिएका छन् । त्यस्तै २८ टि२० आई खेलमा २५ विकेट आफ्नो नाममा लेखाएका छन् ।
६. शाहिद अफ्रिदी (पाकिस्तान)
पाकिस्तानका पूर्व कप्तान शाहिद अफ्रिदी एक सफल अलराउन्डर हुन् । लेग स्पिन बलिङ गर्ने अफ्रिदीले आक्रामक ब्याटिङ गर्ने गर्दथिए । समर्थकबाट बुम बुम अफ्रिदी को उप नाम पाएका उनले सन् १९९८ देखि २०१० सम्म मात्र २७ टेष्ट खेलेका उनले ४८ विकेट लिएका छन् । उत्कृष्ट प्रर्दशन ५-५२ थियो ।
सन् १९९६ देखि २०१५ सम्म ३ सय ९८ ओडिआई खेलमा अफ्रिदीले ३ सय ९५ विकेट लिएका छन् । जसमा करिअरको उत्कृष्ट प्रर्दशन ७-१२ छ । ९९ टि२० आईमा ९८ विकेट लिएका छन् । अफ्रिदी ब्याटिङका लागि पनि त्यतिनै सिपालु थिए । विशेष त आक्रामक र ठुला सट खेल्न बढी रुचाउथें ।
५. डेनियल भिटोरी (न्युजिल्यान्ड)
न्युजिल्यान्डका अलराउन्डर डेनियल भिटोरी एक सफल स्पिनर हुन् । उनले सन् १९९७ देखि २०१४ सम्म १ सय १३ टेष्ट खेलमा ३ सय ६२ विकेट लिएका थिए । उत्कृष्ट प्रर्दशन इनिङमा ७-८७ र एक टेष्ट खेलमा १२-१४९ रहेको छ । उनले २० पटक ५ माथि र ३ पटक १० माथि विकेट लिएका थिए । २ सय ९५ ओडिआई खेलमा ३ सय ५ विकेट लिन सफल भएका थिए । जसमा उत्कृष्ट प्रर्दशन ५-७ रहेको छ । ३४ टि२०आई खेलमा ३८ विकेट लिएका छन् ।
४. शक्लेन मुश्ताक (पाकिस्तान)
शक्लेन मुश्ताक पाकिस्तान क्रिकेटका उत्कृष्ट स्पिनर हुन् । ओडिआईमा १ सय विकेट सर्वाधिक छिटो पुरा गर्ने कीर्तिमान उनको नाममा छ । उनले सन् १९९५ देखि २००४ सम्म ४९ टेष्ट खेलमा २ सय ८ विकेट लिएका छन् । मुश्ताकले १३ पटक ५ माथि विकेट लिएका छन् । त्यस्तै सन् १९९५ देखि २००३ सम्म १ सय ६९ ओडिआई खेल खेलेका उनले २ सय ८८ विकेट लिएका छन् । उत्कृष्ट प्रर्दशन ५-२० रहेको छ ।
३. अनिल कुम्बले (भारत)
पूर्व कप्तान तथा प्रशिक्षक अनिल कुम्बले भारतीय क्रिकेट टोलीका सर्वाधिक सफल स्पिनर हुन् । कुम्बले सन् १९९० देखि २००८ सम्म १ सय ३२ टेष्ट खेलमा ६ सय १९ विकेट लिएका छन् । उनको इनिङमा १०-७४ तथा एक टेष्ट खेलमा १४-१४९ उत्कृष्ट प्रर्दशन हो । उनले ३५ पटक ५ माथि र ८ पटक १० माथि विकेट लिएका छन् । कुम्बलेले २ सय ७१ ओडिआई खेलमा ३ सय ३७ विकेट लिएका छन् । जसमा उत्कृष्ट प्रर्दशन ६-१२ रहेको छ ।
२.शेन वार्न (अष्ट्रेलिया)
अष्ट्रेलियाका शेन वार्न सर्वाधिक सफल स्पिनरमा पर्दछन् । शेन वार्नले सन् १९९२ देखि २००७ सम्म १ सय ४५ टेष्ट खेलमा ७ सय ८ विकेट लिएका थिए । उनको उत्कृष्ट प्रर्दशन इनिङमा ८-७१ र एउटा टेष्ट खेलमा १२-१२८ रहेको छ । वार्नले ३७ पटक ५ माथिर १० पटक १० माथि विकेट लिएका थिए ।
सन् १९९३ देखि २००५ सम्म १ सय ९४ ओडिआई खेलमा २ सय ९३ विकेट लिएका थिए । वार्न बल टर्न गर्न उक्त समयमा निकै माहिर खेलाडी थिए । उनको बलिङ कतिपय ब्याट्सम्यानले बुझ्न सक्दैन थिए ।
१. मथैया मुरलीधरन (श्रीलंका)
श्रीलंका पुर्व स्पिनर मथैया मुरलीधरन विश्व क्रिकेट इतिहासमा सर्वाधिक सफल र उत्कृष्ट बलर हुन् । मथैया मुरलीधरनको नाममा ओडिआई र टेष्टमा सर्वाधिक विकेट लिने बलरको कीर्तिमान छ । सन् १९९२ देखि २०१० सम्म टेष्ट क्रिकेट खेलेका मुरलीधरनले १ सय ३३ टेष्ट खेलमा ८ सय विकेट लिएका थिए । उनको टेष्टमा उत्कृष्ट प्रर्दशन इनिङमा ९-५१ तथा एउटा टेष्ट खेलमा १६-२२० रहेको छ ।
मुरलीले टेष्टमा ६७ पटक ५ माथि विकेट लिएका छन् । २२ पटक १० माथि विकेट लिएका थिए । सन् १९९३ देखि २०११ सम्म ३ सय ५० ओडिआई खेलमा ५ सय ३४ विकेट आफ्नो नाममा लेखाउन सफल भएका थिए । ओडिआईमा उत्कृष्ट प्रर्दशन ७-३० रहेको छ । त्यस्तै १२ टि२० आई खेलमा १३ विकेट लिएका छन् ।
March 5, 2025
एजेन्सी – न्युजिल्याण्ड च्याम्पियन्स ट्रफीको फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलमा बुधवार दक्षिण अफ्रिकालाई ५० रनले हराउँदै न्युजिल्याण्ड अन्तिम दुईमा पुगेको हो ।न्युजिल्यान्डले आइतवार हुने फाइनलमा भारतको सामना गर्नेछ । भारतले पहिलो सेमिफाइनलमा अस्ट्रेलियालाई ५ विकेटले हराउँदै फाइनलमा पुगेको थियो । समूह चरणमा भारतले न्युजिल्यान्डलाई हराएको थियो। समूह चरणमा उत्कृष्ट प्रदर्शन गरेको दक्षिण अफ्रिका सेमिफाइनलमाबाट […]
March 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सानेपास्थित रेडियन्ट रिडर्स एकेडेमीले रेडियन्ट क्रिकेट एकेडेमी सञ्चालनमा ल्याएको छ । राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान ज्ञानेन्द्र मल्लले बुधवार एकेडेमीको औपचारिक रुपमा उद्घाटन गरे ।ललितपुर महानगरपालिका वडा २ स्थित सानेपामै खोलिएको एकेडेमी करिब ४ रोपनी क्षेत्रफलमा फैलिएको छ । एकेडेमी तयार गर्न करिब ३० लाख रुपैयाँ खर्च भएको एकेडेमीले जनाएको छ । […]
March 5, 2025
एजेन्सी – रचिन रविन्द्र र केन विलियम्सनको सानदार साझेदारीमा न्युजिल्याण्डले च्याम्पियन्स ट्रफीको सेमिफाइनलमा दक्षिण अफ्रिकालाई जितको लागि ३ सय ६३ रनको विशाल चुनौती दिएको छ। लाहोरको गद्दाफी स्टेडियममा टस जितेर पहिले ब्याटिङ गर्यो। निर्धारित ५० ओभरको खेलमा ६ विकेट गुमाउँदै ३ सय ६२ रनको सानदार योगफल बनायो। विल योङ्ग २१ रनना आउट हुँदा पहिलो विकेटको […]