default_image

5 years ago

June 3, 2020

इंग्ल्यान्डसँगको सिरिजको लागि वेस्टइन्डिजको टोली घोषणा

85 views

0 Bookmark

एजेन्सी— वेस्टइन्डिज क्रिकेट बोर्डले अर्को महिना इंग्ल्यान्डसँग खेल्ने तीन टेष्ट सिरिजको लागि आफ्नो १४ सदस्य टोली घोषणा गरेको छ । बुधबार जेसन होल्डरको कप्तानीमा २ नयाँ अनुहार समेट्दै वेस्ट इन्डिजले टोली घोषणा गरेको हो । त्यस्तै सिरिजका लागि ११ रिजर्भ खेलाडी पनि घोषणा गरेको छ ।

मध्यक्रमका ३१ वर्षिय नक्रमाह बोनर पहिलो पटक टेष्ट टोलीमा परेका छन् । बोनरले वेस्टइन्डिजको टि२० आई टोलीमा भने सन् २०११ मा इंग्ल्यान्डविरुद्ध डेब्यु गरेका थिए । २०१२ मा अष्ट्रेलियासँग खेले यता वेस्ट इन्डिजको टोली बाहिर रहँदै आएका थिए । जमैकाबाट घरेलु क्रिकेट खेल्ने बोनरले पछिल्लो समय निरन्तर उत्कृष्ट प्रर्दशन गर्दै आएका छन् । उनले २०२० मा वेस्टइन्डिज च्याम्पियनसिपमा ७ खेलमा ५ सय २३ रन जोडेका थिए ।

२२ वर्षिय तीब्र गतिका बलर चेमार होल्डर पहिलो पटक टोलीमा परेका हुन् । होल्डरले घरेलु क्रिकेटमा निरन्तर उत्कृष्ट प्रर्दशन गर्दै आएका छन् । उनले १९ प्रथम श्रेणीमा ७६ विकेट लिएका छन् । ड्यारेन ब्राभो, शिम्रन हेटमायर र किमो पल भने बाहिरएका छन् । वेस्ट इन्डिजको टोली जुन ९ मा इंग्ल्यान्डको म्यानचेस्टर आइपुग्ने बताईएको छ । त्यसपछि टोली ओल्ड ट्राफर्ड मैदानमा तीन हप्ता क्वारेन्टिनमा बस्नेछ । तीन टेष्ट सिरिजको खेल तालिका र स्थानबारे इंग्ल्यान्ड क्रिकेट बोर्डले सरकारसँग प्रस्ताव गरिसकेको छ ।

सिरिज आधिकारिक रुपमा इंग्ल्यान्ड सरकारबाट स्वीकृती हुन बाँकी रहेको छ । सबै खेल बन्द रंगशालामा हुने छन् । इंग्ल्यान्ड र वेस्ट इन्डिजबीचको खेलसँगै मार्च १७ पछि पहिलो पटक अन्तर्राष्ट्रिय क्रिकेट खेल हुने छ । विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड१९) कारण मार्च १७ पछि अन्तर्राष्ट्रिय क्रिकेट जगत ठप्प छ । पछिल्लो समय टोलीहरु प्रशिक्षणमा फर्किन थालेका छन् । वेस्ट इन्डिज, श्रीलंका, इंग्ल्यान्ड लगायतका देशले प्रशिक्षण सुरु गरेका छन् ।

प्रस्तावित खेल तालिका :

पहिलो टेष्ट: जुलाई ८—१२, साउथह्याम्पटन

दोस्रो टेष्ट : जुलाई १६—२०, म्यानचेस्टर

तेस्रो टेष्ट : जुलाई २४—२८, म्यानचेस्टर

इंग्ल्यान्ड भ्रमणको लागि वेस्ट इन्डिजको टोली :

जेसन होल्डर (कप्तान), जेर्मेन ब्ल्याकवुड, नक्रमाह बोनर, क्रेग ब्रेथवेट, शम्राह ब्रूक्स, जोन क्याम्पबेल, रोस्टन चेश, रहकीम कर्नवाल, शेन डोरविच, चेमार होल्डर, शाई होप (विकेटकिपर), अल्जारी जोशेफ, केमार रोच र रेमोन रिफर

March 5, 2025

न्युजिल्यान्ड च्याम्पियन्स ट्रफीको फाइनलमा

एजेन्सी – न्युजिल्याण्ड च्याम्पियन्स ट्रफीको फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलमा बुधवार दक्षिण अफ्रिकालाई ५० रनले हराउँदै न्युजिल्याण्ड अन्तिम दुईमा पुगेको हो  ।न्युजिल्यान्डले आइतवार हुने फाइनलमा भारतको सामना गर्नेछ । भारतले पहिलो सेमिफाइनलमा अस्ट्रेलियालाई ५ विकेटले हराउँदै फाइनलमा पुगेको  थियो । समूह चरणमा भारतले न्युजिल्यान्डलाई हराएको थियो। समूह चरणमा उत्कृष्ट प्रदर्शन गरेको दक्षिण अफ्रिका सेमिफाइनलमाबाट […]

March 5, 2025

रेडियन्ट क्रिकेट एकेडेमी सञ्चालनमा

काठमाडौं (हाम्रो खेलकुद)- सानेपास्थित रेडियन्ट रिडर्स एकेडेमीले रेडियन्ट क्रिकेट एकेडेमी सञ्चालनमा ल्याएको छ । राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान ज्ञानेन्द्र मल्लले बुधवार एकेडेमीको औपचारिक रुपमा उद्घाटन गरे ।ललितपुर महानगरपालिका वडा २ स्थित सानेपामै खोलिएको एकेडेमी करिब ४ रोपनी क्षेत्रफलमा फैलिएको छ । एकेडेमी तयार गर्न करिब ३० लाख रुपैयाँ खर्च भएको एकेडेमीले जनाएको छ । […]

March 5, 2025

न्युजिल्यान्डद्वारा दक्षिण अफ्रिकालाई विशाल लक्ष्य

एजेन्सी – रचिन रविन्द्र र केन विलियम्सनको सानदार साझेदारीमा न्युजिल्याण्डले च्याम्पियन्स ट्रफीको सेमिफाइनलमा दक्षिण अफ्रिकालाई जितको लागि ३ सय ६३ रनको विशाल चुनौती दिएको छ। लाहोरको गद्दाफी स्टेडियममा टस जितेर पहिले ब्याटिङ गर्यो। निर्धारित ५० ओभरको खेलमा ६ विकेट गुमाउँदै ३ सय ६२ रनको सानदार योगफल बनायो। विल योङ्ग २१ रनना आउट हुँदा पहिलो विकेटको […]

Success

Thank you for your time.