5 years ago
May 28, 2020
एजेन्सी – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसिसी) ले गतवर्ष देखी आफ्ना सबै सदस्य राष्ट्रलाई टि२० आई मान्यता दिएको छ । यसले क्रिकेटको लोकप्रियता विश्वभर बढ्दै गएको छ ।
टेष्ट मान्यता पाएका १२ देश भारत, श्रीलंका, इंग्ल्यान्ड, बंगलादेश, अष्ट्रेलिया, दक्षिण अफ्रिका, वेस्ट इन्डिज, जिम्बावे, न्युजिल्यान्ड, पाकिस्तान, अफगानिस्तान र आयरल्यान्ड हुन् । यी १२ देश बाहेक अन्य सबै देश एसोसिएट टोली पर्दछन् । एसोसिएट टोलीले टेष्ट टोलीविरुद्ध निरन्तर उत्कृष्ट प्रर्दशन गर्नुको साथै घरेलु संरचना र प्रतियोगिता पनि त्यसै अनुसार भएमा टेष्ट मान्यता पाउने सम्भावना रहन्छ ।
अलराउन्डर हरेक टोलीका लागि महत्वपुर्ण खेलाडी हुन् । अलराउन्डरले ब्याटिङ र बलिङ दुवै पक्षमा उच्च प्रर्दशन गर्दै टोलीको जित सहज बनाउन सक्छन् । त्यसैले हरेक टोली सकभर धेरै अलराउन्डर खेलाडीलाई पहिलो रोजाईमा राख्ने गर्दछन् । वर्तमान समयमा इंग्ल्यान्डका बेन स्टोक्स विश्व क्रिकेटकै उत्कृष्ट अलराउन्डर मानिन्छन् । एसोसिएट टोलीका वर्तमान समयका उत्कृष्ट पाँच अलराउन्डर यस प्रकार छन् ।
५. जेजे स्मित (नामिबिया)
२४ वर्षिय तीव्र गतिका बलिङ अलराउन्डर जेजे स्मित नामिबिया क्रिकेट टोलीका प्रमुख हतियार हुन् । यसै वर्ष नामिबियालाई पहिलो पटक टि२० विश्वकपमा पुर्याउन स्मितले युएईमा भएको ग्लोबल टि२० विश्वकप छनोटमा उत्कृष्ट प्रर्दशन गरेका थिए । उनले ८ ओडिआई, १२ टि२० आई, ४१ प्रथम श्रेणी, ७४ लिष्ट ए र ४६ टि२० एस खेलेका छन् ।
स्मितले ओडिआईमा १ सय ४४, टि२० आईमा २ सय ६ र लिष्ट ए मा १ हजार १ सय ४३ रन जोडेका छन् । ओडिआईमा १३, टि२० आईमा १६ र लिष्ट ए मा ८२ विकेट लिएका छन् । उनी तल्लोक्रममा ठुला ठुला सट खेल्दै टोलीको जित सहज बनाउने गर्दछन् । स्मितले सन् २०१९ मा ग्लोबल टि२० क्यानडा भ्याकुभर नाइट्सबाट खेल्दै नामिबिया क्रिकेट टोलीबाट अन्तर्राष्ट्रिय फ्रेन्चाइज टि२० लिग खेल्ने पहिलो खेलाडी बनेका थिए ।
४. रोलेफ भान डर मर्व (नेदरल्यान्ड्स)
डच खेलाडी रोलेफ भान डर मर्व नेदरल्यान्ड्सका प्रमुख अलराउन्डर हुन् । उनले सन् २००९ मा दक्षिण अफ्रिकाबाट अष्ट्रेलियाविरुद्ध ओडिआई र टि२० आईमा डेब्यु गरेका थिए । उनले १५ ओडिआई, ४३ टि२० आई र १ सय ८७ लिष्ट ए खेल खेलेका छन् ।
लिष्ट ए मा २ हजार ९ सय १ रन बनाएका छन् । जसमा करिअरको उत्कृष्ट प्रर्दशन अविजित १ सय ६५ रन रहेको छ । लिष्ट ए मा २ सय ४९ विकेट लिएका छन् । मर्वले सन् २०१५ मा नेपालसँगको चार टि२० सिरिजदेखि नेदरल्यान्ड्सबाट खेलेका हुन् । त्यसयता नेदरल्यान्ड्सबाट अलराउन्ड प्रर्दशन गर्दै आएका छन् ।
३. अकीब इलियास (ओमान)
ओमानका शीर्षक्रमका ब्याटिङ अलराउन्डर अकीबले स्पिन बलिङ गर्ने गर्दछन् । अकीबले ओमानबाट ११ ओडिआईमा २ शतक र ४ अर्ध शतक सहित ६ सय २१ रन बनाएका छन् । गत माघमा आइसिसी विश्वकप लिग २ को त्रिकोणात्मक सिरिजमा अकीबले नेपालविरुद्ध आफ्नो ओडिआई पहिलो शतक पुरा गर्नेक्रममा १ सय ९ रनको अविजित इनिङ खेलेका थिए । साथै ४ विकेट लिएपछि घरेलु भुमिमा नेपाल निराश हुनु परेको थियो ।
त्यसै सिरिजमा अमेरिकाविरुद्ध १ सय ५ रन बनाउदै लगातार शतक प्रहार गरेका थिए । उक्त खेलमा ३ विकेट लिएका थिए । अकीबले २२ टि२० आईमा ४ सय ८ रन जोडेका छन् । २४ लिष्ट ए मा अकीबले २ शतक र ५ अर्ध शतक सहित ९ सय १९ रन बनाएका छन् । अकीबले ओडिआईमा १६ र लिष्ट ए मा १८ विकेट लिएका छन् ।
२. रोहन मुस्ताफा (युएई)
संयुक्त अरब एमिरेट्स (युएई) का ब्याटिङ अलराउन्डर तथा पूर्वकप्तान रोहन मुस्ताफा टोलीका प्रमुख खेलाडी हुन् । मुस्ताफाले ३७ ओडिआई खेलमा १ शतक र २ अर्ध शतक सहित ७ सय ५४ रन जोडेका छन् । ४३ टि२० आईमा ७ सय ६६ रन बनाएका छन् । ८२ लिष्ट ए खेलमा मुस्ताफाले १ शतक र ८ अर्ध शतक सहित १ हजार ८ सय २६ रन बनाएका छन् । ओडिआईमा ४१ विकेट लिएका छन् । उत्कृष्ट प्रर्दशन ५–२५ छ ।
रोहनले टि२० आईमा ४५ र लिष्ट ए मा ९३ विकेट लिएका छन् । उनले ग्लोबल टि२० क्यानडा, टि१०, नेपालमा इपिएल, डिपिएल र पिपिएल लगायतका फ्रेन्चाइज लिग खेलेका छन् । मुस्ताफाले लगातार उत्कृष्ट अलराउन्ड प्रर्दशन गर्दै आएका छन् ।
१. पारस खड्का (नेपाल)
पारस खड्का नेपाली क्रिकेट टोलीका पूर्वकप्तान हुन् । सन् २००९ देखि २०१९ सम्म कप्तानी गर्नेक्रममा नेपाली क्रिकेट टोलीलाई नयाँ उचाइमा पुर्याउन पारसले उत्कृष्ट अलराउन्ड प्रर्दशन गरेका थिए । पारसले नेपालबाट १० ओडिआई, ३३ टि२० आई, २ प्रथम श्रेणी र ४४ लिष्ट ए खेलेका छन् । उनले ओडिआईमा समान १ शतक र अर्ध शतक सहित ३ सय १५ रन जोडेका छन् ।
पारसले टि२० आईमा १ शतक र ४ अर्ध शतक सहित ७ सय ९९ रन बनाएका छन् । लिष्ट ए मा ३ शतक र ९ अर्ध शतक सहित १४ सय ९७ रन जोडेका छन् । ओडिआईमा ९, टि२० आईमा ८ र लिष्ट ए मा २६ विकेट लिएका छन् । नेपाललाई डिभिजन ५ देखि ३ सम्मको उपाधि दिलाउनको साथै पहिलो पटक टि२० विश्वकप खेलाउन र ओडिआई मान्यता दिलाउन पारसले उत्कृष्ट प्रर्दशन गरेका थिए ।
March 5, 2025
एजेन्सी – न्युजिल्याण्ड च्याम्पियन्स ट्रफीको फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलमा बुधवार दक्षिण अफ्रिकालाई ५० रनले हराउँदै न्युजिल्याण्ड अन्तिम दुईमा पुगेको हो ।न्युजिल्यान्डले आइतवार हुने फाइनलमा भारतको सामना गर्नेछ । भारतले पहिलो सेमिफाइनलमा अस्ट्रेलियालाई ५ विकेटले हराउँदै फाइनलमा पुगेको थियो । समूह चरणमा भारतले न्युजिल्यान्डलाई हराएको थियो। समूह चरणमा उत्कृष्ट प्रदर्शन गरेको दक्षिण अफ्रिका सेमिफाइनलमाबाट […]
March 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सानेपास्थित रेडियन्ट रिडर्स एकेडेमीले रेडियन्ट क्रिकेट एकेडेमी सञ्चालनमा ल्याएको छ । राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान ज्ञानेन्द्र मल्लले बुधवार एकेडेमीको औपचारिक रुपमा उद्घाटन गरे ।ललितपुर महानगरपालिका वडा २ स्थित सानेपामै खोलिएको एकेडेमी करिब ४ रोपनी क्षेत्रफलमा फैलिएको छ । एकेडेमी तयार गर्न करिब ३० लाख रुपैयाँ खर्च भएको एकेडेमीले जनाएको छ । […]
March 5, 2025
एजेन्सी – रचिन रविन्द्र र केन विलियम्सनको सानदार साझेदारीमा न्युजिल्याण्डले च्याम्पियन्स ट्रफीको सेमिफाइनलमा दक्षिण अफ्रिकालाई जितको लागि ३ सय ६३ रनको विशाल चुनौती दिएको छ। लाहोरको गद्दाफी स्टेडियममा टस जितेर पहिले ब्याटिङ गर्यो। निर्धारित ५० ओभरको खेलमा ६ विकेट गुमाउँदै ३ सय ६२ रनको सानदार योगफल बनायो। विल योङ्ग २१ रनना आउट हुँदा पहिलो विकेटको […]