5 years ago
May 26, 2020
एजेन्सी – श्रीलंका क्रिकेट बोर्डले तीव्र गतिका बलर शेहान मदुशंकालाई निलम्बन गरेको छ । लागुऔषध सहित प्रकाउ परेपछि बोर्डले उनलाई कारवाही गरेको हो ।
श्रीलंका क्रिकेट बोर्डले मंगलबार प्रेस विज्ञप्ती जारी गर्दै उनीमाथि छानबिन हुँदासम्म सबै क्रिकेट गतिविधिबाट निलम्बित गरेको जनाएको छ । श्रीलंकामा हाल कोरोना भाइरस (कोभिड१९) रोकथामको लागि लकडाउन चलिरहेको छ । तर शेहानले नियम उल्ङ्घन गर्दै कार चलाउँदै गर्दा भेटिएका थिए । उनको साथबाट २ ग्राम हेरोइन (ड्रग्स) बरामद भएको थियो ।
छानबिनका लागि शेहान दुई हप्ता प्रहरीको हिरासतमा रहनेछन् । योसँगै उनी केहि समय प्रतिबन्धमा पर्न सक्ने खतरा बढेको छ । शेहान र उनको साथीलाई हिरोइन राखेको आरोपमा शनिबार श्रीलंका प्रहरीले प्रकाउ गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
शेहानले श्रीलंकाबाट १ ओडिआई र २ टि२० आई खेलेका छन् । उनले सन् २०१८ जनवरीमा बंगलादेशविरुद्ध ओडिआई डेब्यु खेलमा ह्याट्रिक गर्दै ६.१ ओभरमा १ मेडन सहित २६ रन खर्चिदै ३ विकेट लिएका थिए । शेहानले त्यसैवर्ष टि२० आईमा फ्रेबुअरीमा बंगलदेशविरुद्धनै डेब्यु गरेका थिए । उनले टि२० आईमा २ विकेट लिएका छन् ।
१८ फ्रबुअरीमा अन्तिम टि२० आई खेलेका शेहान चोटका कारण त्यस यता भने श्रीलंका क्रिकेट टोली बाहिर रहँदै आएका थिए । उनले १४ प्रथम श्रेणी, १९ लिष्ट ए र १७ टि२० एस खेलेका छन् ।
March 5, 2025
एजेन्सी – न्युजिल्याण्ड च्याम्पियन्स ट्रफीको फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलमा बुधवार दक्षिण अफ्रिकालाई ५० रनले हराउँदै न्युजिल्याण्ड अन्तिम दुईमा पुगेको हो ।न्युजिल्यान्डले आइतवार हुने फाइनलमा भारतको सामना गर्नेछ । भारतले पहिलो सेमिफाइनलमा अस्ट्रेलियालाई ५ विकेटले हराउँदै फाइनलमा पुगेको थियो । समूह चरणमा भारतले न्युजिल्यान्डलाई हराएको थियो। समूह चरणमा उत्कृष्ट प्रदर्शन गरेको दक्षिण अफ्रिका सेमिफाइनलमाबाट […]
March 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सानेपास्थित रेडियन्ट रिडर्स एकेडेमीले रेडियन्ट क्रिकेट एकेडेमी सञ्चालनमा ल्याएको छ । राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान ज्ञानेन्द्र मल्लले बुधवार एकेडेमीको औपचारिक रुपमा उद्घाटन गरे ।ललितपुर महानगरपालिका वडा २ स्थित सानेपामै खोलिएको एकेडेमी करिब ४ रोपनी क्षेत्रफलमा फैलिएको छ । एकेडेमी तयार गर्न करिब ३० लाख रुपैयाँ खर्च भएको एकेडेमीले जनाएको छ । […]
March 5, 2025
एजेन्सी – रचिन रविन्द्र र केन विलियम्सनको सानदार साझेदारीमा न्युजिल्याण्डले च्याम्पियन्स ट्रफीको सेमिफाइनलमा दक्षिण अफ्रिकालाई जितको लागि ३ सय ६३ रनको विशाल चुनौती दिएको छ। लाहोरको गद्दाफी स्टेडियममा टस जितेर पहिले ब्याटिङ गर्यो। निर्धारित ५० ओभरको खेलमा ६ विकेट गुमाउँदै ३ सय ६२ रनको सानदार योगफल बनायो। विल योङ्ग २१ रनना आउट हुँदा पहिलो विकेटको […]