5 years ago
May 23, 2020
एजेन्सी – भारतीय क्रिकेट टोलीका ओपनर रोहित शर्मालाई टि२० आई क्रिकेट टोलीको कप्तान बनाउनु पर्ने पुर्व तीव्र गतिका बलर अतुल वासनले बताएका छन् ।
भारतीय तीनै शैलीको कप्तानी विराट कोहलीले गर्दै आएका छन् । रोहित टि२० आई र ओडिआईको उपकप्तान समेत हुन् । विराटको अनुपस्थितिमा रोहितले ओडिआई र टि२० आई दुवैमा भारतीय क्रिकेट टोलीको कप्तानी गरिसकेका छन् ।
‘मेरो विचारमा भारतले तीनै शैलीको कप्तानी विराटलाई दिनु हुँदैन । कम्तिमा एक शैलीमा फरक कप्तान हुनुपर्छ । विराट तीनै शैलीको कप्तानी गर्न चाहन्छन् । तर तीनै शैली एकै कप्तानले सम्हाल्दा दबाब बढी हुन्छ । रोहितले कप्तानीमा आफुलाई प्रमाणित गरिसकेका छन् । त्यसैले विराटलाई दबाब कम गर्न रोहितलाई टि२० टोलीको कप्तान बनाउनुपर्छ’, वासनले भनेका छन् ।
‘टेष्टसँगै आगामी एकदिवसिय विश्वकपसम्म कप्तानी विराटलाईनै दिनुपर्छ । रोहितको टि२० आईमा रेकर्ड उत्कृष्ट छ । इन्डियन प्रिमियर लिग (आइपिएल) मा रोहितले आफुलाई प्रमाणित गरि सकेका छन्’, उनले भने ।
मुम्बई इन्डियन्सले रोहितको कप्तानीमा आइपिएलको उपाधि चार पटक जितेको छ । विराटको कप्तानीमा रहेको रोयल च्यालेन्जर्स बेंगलोर भने हाल सम्म उपाधिविहीन छ । रोहितको कप्तानीमा भारतले सन् २०१८ को एसिया कप तथा निदादास ट्रफी जितेको थियो ।
रोहितले १० ओडिआई खेलमा कप्तानी गर्दा ८ मा जित दिलाएका छन् । १९ टि२० आई खेलमा १५ खेलमा जित दिलाएका छन् । वर्तमान क्रिकेटका उत्कृष्ट ओपनर रोहित विराट पछिका भारतीय क्रिकेट टोलीका कप्तानका सर्वाधिक बलिया दाबेदार खेलाडी पर्दछन् ।
March 5, 2025
एजेन्सी – न्युजिल्याण्ड च्याम्पियन्स ट्रफीको फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलमा बुधवार दक्षिण अफ्रिकालाई ५० रनले हराउँदै न्युजिल्याण्ड अन्तिम दुईमा पुगेको हो ।न्युजिल्यान्डले आइतवार हुने फाइनलमा भारतको सामना गर्नेछ । भारतले पहिलो सेमिफाइनलमा अस्ट्रेलियालाई ५ विकेटले हराउँदै फाइनलमा पुगेको थियो । समूह चरणमा भारतले न्युजिल्यान्डलाई हराएको थियो। समूह चरणमा उत्कृष्ट प्रदर्शन गरेको दक्षिण अफ्रिका सेमिफाइनलमाबाट […]
March 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सानेपास्थित रेडियन्ट रिडर्स एकेडेमीले रेडियन्ट क्रिकेट एकेडेमी सञ्चालनमा ल्याएको छ । राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान ज्ञानेन्द्र मल्लले बुधवार एकेडेमीको औपचारिक रुपमा उद्घाटन गरे ।ललितपुर महानगरपालिका वडा २ स्थित सानेपामै खोलिएको एकेडेमी करिब ४ रोपनी क्षेत्रफलमा फैलिएको छ । एकेडेमी तयार गर्न करिब ३० लाख रुपैयाँ खर्च भएको एकेडेमीले जनाएको छ । […]
March 5, 2025
एजेन्सी – रचिन रविन्द्र र केन विलियम्सनको सानदार साझेदारीमा न्युजिल्याण्डले च्याम्पियन्स ट्रफीको सेमिफाइनलमा दक्षिण अफ्रिकालाई जितको लागि ३ सय ६३ रनको विशाल चुनौती दिएको छ। लाहोरको गद्दाफी स्टेडियममा टस जितेर पहिले ब्याटिङ गर्यो। निर्धारित ५० ओभरको खेलमा ६ विकेट गुमाउँदै ३ सय ६२ रनको सानदार योगफल बनायो। विल योङ्ग २१ रनना आउट हुँदा पहिलो विकेटको […]