default_image

5 years ago

May 21, 2020

‘क्यानको आवश्यकता सबैले महसुस गरे’

282 views

0 Bookmark

प्रकाश तिमल्सिना, काठमाडौं

नेपाल क्रिकेट संघ (क्यान) माथि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले लगाएको निलम्बन फुकुवाका भएको ७ महिना बढी भइसकेको छ । फुकुवाको केहि समयअघि क्यानको निर्वाचन (असोज १० गते) भएको थियो । जसमा अघिल्लो कार्यसमितिकै नेतृत्वको निरन्तरता जस्तो भएको थियो ।

चतुरबहादुर चन्द अध्यक्ष र अशोकनाथ प्याकुरेल सचिव रहेको टोली निर्वाचित भएपछि क्यानले अब कसरी गति लिन्छ भन्ने कौतुहला थियो । चन्द र प्याकुरेलमाथि क्रिकेट परिवारले देखाएको विश्वासलाई उनीहरुले कसरी पुरा गर्छन् अहिले भन्न सकिने अवस्था छैन । क्यानका सचिव प्याकुरेल पनि यो अवधिमा धेरै काम गर्न नसकेको स्वीकार्छन् ।

‘यो अवधिमा कामका हिसाबले त्यसरी गर्न सकेका छैनौ । आइसिसीले ससर्त निलम्बन फुकुवा गरेको हो । यो बीचमा आइसीसीले त्रिकोणात्मक सिरिज गर्ने मौका दिएको थियो’, उनले भने, ‘त्यसमा बजेटको कुरा पनि आयो । धेरै पछि अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने मौका दिएको थियो । कामको सुची बनाउन पर्ने भएकोले त्यसमा हामीले धेरै समय बिताउन पर्यो ।’

कोरोना भाइरस कोभिड १९ का कारण उत्पन्न कठिन परिस्थितिले पनि पछिल्लो दुई महिना काम गर्न नसकिएको प्याकुरेलले बताए । ‘यो बीचमा हामी क्रिकेटको काम भन्दा अरु कुरामा देखिन पर्यो । आइसीसीले हामीलाई खुला छाडिसकेको छैन । आइसीसी बाट बजेट आएको छैन’, उनले थपे, ‘यो समयमा कोरानाको कारण पनि सोचे जसरी अघि बढ्न सकेनौं । यो बीचमा क्यान अस्तित्वमा आएको छ भनेर अन्तराष्ट्रिय स्तरमा देखाएका छौं ।’

विगतमा नेतृत्वमा पटक पटक मौका पाएर काम गर्ने प्याकुरेलसहितको टोली विवादमा पर्यो । पछिल्लो दश वर्षमा अहिलेका कार्यसमितिकै अधिकांश व्यक्ति क्रियासिल रहे । २०६८ को निर्वाचन पछि अधिकांश पदाधिकारीलाई भ्रष्टाचार अभियोग लाग्यो । विशेष अदालतबाट सफाइ पाउँदा लगभग कार्यसमितिको अवधि सकिने क्रममा रह्यो ।

अर्को निर्वाचनमा आइपुग्दा त्यसअघिको गठबन्धन भत्कियो । तत्कालिन अध्यक्ष टंक आङ्बुहाङ एकातिर भए भने चन्द, प्याकुरेलको समूह अर्कोतिर । २०७२ मा राष्ट्रिय खेलकुद परिषद् (राखेप) को स्वीकृति विना निर्वाचन हुँदा चन्द र प्याकुरेलको टोली विजयी भयो । राखेपका तत्कालिन सदस्य सचिव केशवकुमार विष्टले त्यसलाई मान्यता दिएनन् । बरु त्यसलाई पूर्नगठन गर्दै राखेपका अहिलेका सदस्य सचिव रमेशकुमार सिलवालको अध्यक्षमा अर्को क्रिकेट संघ बन्यो ।

त्यहि विवादका बीच २०७३ को वैशाखमा आइसिसीले स्वतन्त्र निर्वाचन नभएको र राजनीतिक हस्तक्षेप भन्दै निलम्बन गर्यो । अनेक चरण पार गर्दै अन्तत गत वर्ष २०७६ को असोजमा निर्वाचन भएपछि लामो विवादको अन्त्य भएको थियो ।

आफू लगायत समूहलाई फेरि एकपटक मौका दिएकोले अब यो वा त्यो वहाना गर्ने अवस्था नभएको प्याकुरेल बताउँछन् । ‘अब हामीले पनि फरक तरिकाले अगाडी जान पर्छ । अहिले सबै कुरा नयाँ छन् । ३-४ वर्षअघि नेपाली क्रिकेट जहाँ थियो त्यो भन्दा धेरै अगाडि आएको छ’, उनले थपे, ‘हिजोकै तरिकाले हामी अगाडी जान सक्दैनौ । त्यसको लागि आइसिसीको गाइडलाइन पनि धेरै फरक छ । त्यही अनुसार हामी काम गरिरहेका छौ ।’

आइसिसीले क्यानको निलम्बन फुकुवा गरेको २४ घन्टा नबित्दै राष्ट्रिय क्रिकेट टोलीका तत्कालिन कप्तान पारस खड्काले पदबाट राजीनामा दिएका थिए । राजीनामालाई कतिपयले क्यानको कार्यसमितिसँगको असहमतिका रुपमा हेरेका थिए । तर, क्यानले भने कुनै तुषको रुपमा नलिएको प्याकुरेलले प्रष्ट पारको छन् ।

‘हामीले पारसँसँग कुरा पनि गरेका थियौ । अहिले कप्तानी नछाड्न आग्रह गरेका थियौ । उहाँले आफ्नो लागि छाड्ने यो सहि समय हो । खेलाडी को रुपमा सधै हुन्छु भन्नु भयो । हामीले त्यसलाई स्वभाविक लियौं’, उनले भने, ‘त्यसपछि तत्कालिन उपकप्तान रहनु भएको हिसाबले ज्ञानेद्र मल्ललाई कप्तानको जिम्मेवारी दिएका हौ ।’

क्यान नहुँदा पनि क्रिकेट राम्ररी अघि बढ्न सक्छ भन्ने भ्रम भने पछिल्लो समयमा टुटेको प्याकुरेलले अनुभव सुनाए । ‘विगतमा संघ नभए पनि खेलाडी हुन्छ भन्ने सुनिन्थ्यो । तर अहिले संघ चाहिन्छ ।सबै चाहिन्छ भन्ने सुन्न थालिएको छ । हामीले काम गर्न नपाउँदा पनि भनेको यहि थियौं । संस्था भए मात्र अरु चिज रहन्छ’, प्याकुरलले भने, ‘अब कसरी अघि बढ्न ठिक हुन्छ भनेर क्यान र खेलाडीबीच छलफल अघि बढेको छ । सिनियर खेलाडीसँग पनि सल्लाह लिएका छौं ।’

क्यानको अबको यात्रा

सचिव प्याकुरेलले क्यानको वार्षिक बजेट र अन्य कार्यक्रममा काम भइरहेको बताएका छन् । उनले भने, ‘हामीले एक दिवसिय मान्यता पाएको २ वर्ष भइसकेको छ । त्यसमा कसरी अगाडि जाने । घरेलु प्रतियोगिता बन्द भएकाले नयाँ खेलाडी राष्ट्रिय टोलीमा आउन सकेका छैन्न् । यसमा कसरी पुनः अघि बढ्ने भन्ने योजनामा काम गरिरहेका छौं । ४ वर्षदेखि रोकिएका सबै प्रतियोगिता पुनः सुरु गर्ने विषयमा हाी काम गरिरहेका छौं ।’

पहिला संघको अस्तित्वका लागि लडे पनि अब अघि बढ्नुको विकल्प नरहेको पनि उनले बताए । ‘प्रजातान्त्रिक रुपमा अगाडि बढ्न दिनुपर्छ । अबको हाम्रो पुरै ध्यान क्रिकेको विकासमा लाग्नुपर्छ । संघको हैसियतमा हामीले ससाना कुरामा पनि ध्यान दिनुपर्छ’, उनले भने, ‘पुरुष क्रिकेट खेलाडी जस्तै महिलाहरुका लागि पनि सेन्ट्रल कन्ट्र्याक सुरु भएको छ । उनीहरु स्थापित नभइ क्रिकेट स्थापित हदैन भन्ने भन्ने हामीले बुझेका छौ । सबैलाई विषयलाई प्राथमिकतामा राखेर काम गरिरहेका छौ ।’

क्रिकेटको माथिल्लो तह यो बीचमा पनि केहि चलायमान रहे पनि तल्लो तहमा भने लगमग शून्यको अवस्था रह्यो । उनले भने, ‘त्यसैले क्यानको प्रतिवद्धता पनि अब तल्लो तहबाट नै विकास हुदै जान पर्छ भन्ने हो ।’

नयाँ प्रशिक्षक र छनोट समिति

राष्ट्रिय टोलीको नयाँ प्रशिक्षकका लागि पनि छलफल अघि बढेको प्याकुरेलले जानकारी दिए । आइसीसी र एसीसीसँग समन्वय गर्नुका साथ आन्तरिक रुपमा पनि प्रशिक्षक कस्तो राख्ने भन्ने विषयमा छलफल अघि बढाए रहेको उनले बताए । उनले भने, ‘कोरोनाका कारण सबै बन्दको अवस्थामा भने त्यो विषय अहिले रोकिएको छ ।’

खेलाडी छनोट समितिलाई पनि क्यानले प्राथमिकतामा राखेको र त्यसका लागि आइसिसीसँग कुराकानी भइरहेको बताए । उनले थपे, यसमा आइसिसीको पनि शर्त छ, हामी सहकार्य गर्दै छनोट समिति बनाउने छौं ।

राष्ट्रिय टोलीको प्रदर्शन र टोलीमा गुट

क्यानको नयाँ कार्यसमिति आएयता क्रिकेट टोलीले १३ औं दक्षिण एसियाली खेलकुद (साग) सहित ४ वटा प्रतियोगिता खेल्यो । सागमा कास्य पदक जित्नु र त्रिकोणात्मक सिरिजमा अमेरिकालाई दुवै खेलमा हराउँनु बाहेक टोलीको प्रदर्शन बिर्सन लायक रह्यो । अहिलेको कार्यसमिति आएपछि क्रिकेटले राम्रो गर्न सकेन भनेर हर्न नहुने प्याकुरेल तर्क गर्छन् ।

उनले भने, ‘खेलमा रातारात केहि हुँदैन। क्यान नहुँदा जिल्लामा हुने प्रतियोगिता र अन्य कपिय विषय रोकिएको अवस्था रह्यो । नयाँ ट्यालेन्ट देख्न पाइएन । यो निरन्तरको प्रक्रिया हो । अब पनि राम्रो गरेनौ भने भोली राम्रो हुन सक्दैन ।’

पछिल्लो समय क्रिकेट टोलीमा खेलाडीहरुबीच गुटबन्दी हुने गरेका चर्चा सुनिन थालेका छन् । ‘टोली समस्या छ भन्ने सुनिन्छ । टिममा गुट उपगुटको कुरा बाहिर आएका छन्’, प्याकुरेलले भने, ‘त्यस्तो समस्या भएपनि क्यान समाधान गर्दै अघि जानका लागि निरन्तर प्रयास गर्नेछ । त्यसमा केहि सुरुवात भइसकेकोछ । हामी आएर नै यस्तो भएको भन्ने अवस्था छैन । संघ, खेलाडीलगायत सबै मिलेर लाग्नुपर्ने अवस्था छ ।’

फ्रेन्चाइज लिग नरोकिने

घरेलु क्रिकेटमा तीन फ्रेन्चाइज लिग ( इपिएल, डिपिएल र पिपिएल) स्थापित छन् । क्यान नहुँदा फ्रेन्चाइज लिगले क्रिकेट धानेको प्याकुरेल स्वीकार गर्छन । तर जहाँ फ्रेन्चाइज लिग पुग्न सक्दैन त्यहाँ क्यान पुग्ने पर्नेमा जोड दिन्छन् । ‘फ्रेन्चाइज लिगको विषय आर्थिक हिसाबले पनि जोडिएको हुन्छ’ , उनले भने, ‘पैसा नआउने ठाउँमा वा लगानी नगर्ने ठाउँमा क्यान पुग्न सक्नु पर्दछ । ग्रासरुट र ग्रामिण ठाँउमा फ्रेन्चाइज लिग जादैन त्यहाँ क्यान अगाडि जानुपर्छ ।’

जारी फ्रेन्चाइज लिगलाई रोक्ने पक्षमा क्यान नरहेको प्रष्ट पार्दै सचिव प्याकुरेलले लिगलाई मोनिटर गर्ने, एउटा घेरामा भने क्यानले राख्ने बताए । क्यानले पनि पछि आफ्नै फ्रेन्चाइज लिग सुरु गर्ने सम्भावना रहेको पनि उनले सुनाए । उनले भने, ‘अहिलेका लिगलाई प्रादेशिक रुपमा पनि अगाडी लान सक्छौं । तर लिग भने रोकिनु हुन्न । ‘

लक्ष्य टेष्ट राष्ट्र र महिला विश्वकप

एक दिवसिय मान्यता प्राप्त राष्ट्रको अबको लक्ष्य भने टेष्ट राष्ट्र बन्ने रहेको क्यानका सचिव प्याकुरेल बताए । तर, त्यसका लागि अझै धेरै समय लाग्ने उल्लेख गरे । टेष्ट राष्ट्र बन्न लक्ष्य पुरा गर्नका लागि काम भने अहिले देखि नै गर्दै जानु पर्नेमा क्यान सचेत रहेको उनले सुनाए ।

‘क्यानको क्यालेन्डरका टु डे गर्ने भनेर आइसीसीसँग कुरा गर्दैछौ । हाम्रा खेलाडी टि ट्वान्टीमा बढी अभ्यस्त छन्’, उनले भने, ‘टेष्ट राष्ट्रको रुपमा अघि बढ्ने हो भने टु डे गर्न पर्छ भन्नेमा हामी लागि परेका छौ। अब दुई दिवसीय लगायत लामो फर्म्याटमा जोड दिनेछौ ।’

महिला क्रिकेटमा क्षेत्रिय रुपमा कुनै समय बलियो रहेको नेपाली टोलीले पछिल्ला केहि वर्षमा सन्तोषजनक प्रदर्शन गर्न सकेको छैन । यद्दपी महिला क्रिकेटमा सम्भावना राम्रो रहेको प्याकुरेल मान्छन् । उनले भने, ;महिलाको सम्भावना धेरै देखेका छौ। महिला टोलीलाई विश्वकप लान सक्छौ भन्नेमा विश्वस्त छौ ।’

सरकारको लगानी सकारात्मक

भौतिक पूर्वधार विना खेलको विकास सम्भव छैन । अहिले सरकारले क्रिकेटको पुर्वाधारमा लगानी गर्नु सरकारत्मक भएको प्याकुरेले बताए । ‘मुलपानी मैदानमा हामीले अभ्यास खेल गराउन सफल भयौ । अझै काम गर्न बाँकी छ’, उनले भने, ‘त्रिवि मैदानलाई सुरक्षित राख्दै अन्य पुर्वाधार निमार्ण जोड दिनुपर्छ । अन्य मैदान पनि बनाउनु पर्छ ।’

पछिल्ला समयमा घरेलु क्रिकेटमा प्रायोजक आउनु र क्रिकेटमा गेट मनि संकलगन हुनुलाई प्याकुरेल सुखद मान्छन् । उनले भने, ‘प्रायोजन र गेट मनील आउने दिनमा निरन्तरता पायो भने त्यो पैसाले क्रिकेटको विकास र खेलाडीको लागि खर्च गर्न सक्छौं । यी दुई पक्षको निरन्तर साथले क्रिकेटलाई अगाडी बढ्न सघाउ पुग्छ ।’

सचिव प्याकुरेलसँगको कुराकानी :

February 24, 2025

न्युजिल्याण्डविरुद्ध बंगलादेशको मध्यम योगफल

एजेन्सी – च्याम्पियन्स ट्रफीमा न्युजिल्याण्डविरुद्ध बंगलादेशले मध्यम योगफल तयार गरेको छ । समूह ‘ए’ को खेलमा बंगलादेशले २ सय ३७ रनको लक्ष्य तयार गरेको हो । पाकिस्तानको रावलपिण्डी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेश निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३६ रन बनायो । बंगलादेशका लागि ओपनर समेत रहेका कप्तान […]

February 24, 2025

कैलाली प्रिमियर लिग – सेमिफाइनल समिकरण पूरा

काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा जारी एसपिए कैलाली प्रिमियर लिग –३ को सेमिफाइनल समिकरण पूरा भएको छ । सोमबार सम्पन्न समूह डी को अन्तिम खेलमा भिमदत्त नगरपालिकाले लम्कीचुहा नगरपालिकालाई पराजित गरेसँगै सेमिफाइनल पुग्ने चौथो टोलीको टुंगो लागेको छ । यसअघि समूह ए बाट कैलालीको गोदावरी नगरपालिका,समूह बी बाट कञ्चनपुरको पुनर्वास बी र समूह सी बाट बाजुराको […]

February 24, 2025

न्युजिल्याण्डले टस जित्यो

एजेन्सी – च्याम्पियन्स ट्रफीमा बंगलादेशविरुद्धको खेलमा न्युजिल्याण्डले टस जितेको छ । पाकिस्तानमा रहेको रावलपिण्डी क्रिकेट स्टेडियममा टस जितेर न्युजिल्याण्डका कप्तान मिचेल सान्टनरले बलिङ रोजेका हुन् । न्युजिल्याण्डले पहिलो खेलमा आयोजक पाकिस्तानलाई फराकिलो अन्तरले पराजित गरेको थियो । आजको खेलमा बंगलादेशलाई पराजित गरि भारतविरुद्धको खेल अगावै न्युजिल्याण्ड सेमिफाइनलमा स्थान पक्का गर्न चाहान्छ । पहिलो खेलमा भारतसँग […]

Success

Thank you for your time.