default_image

5 years ago

May 17, 2020

अफ्रिदीले किने मुश्फिकुरको ऐतिहासिक ब्याट

111 views

0 Bookmark

एजेन्सी – बंगलादेशका विकेटकिपर मुश्फिकुर रहिमको ऐतिहासिक ब्याट पाकिस्तानका पूर्वकप्तान शाहिद अफ्रिदीले २० हजार अमेरिकी डलरमा किनेका छन् ।

गत वैशाखमा कोरोना भाइरस (कोभिड१९) का बिरामीहरुलाई सहयोग गर्न मुश्फिकुरले सन् २०१३ मार्चमा श्रीलंकाविरुद्ध टेष्टमा दोहोरो शतक प्रहार गर्दा आफुले प्रयोग गरेको ब्याट लिलाम गर्ने घोषणा गरेका थिए । ‘रहिमले जुन काम गरेका छन् त्यो जनताको लागि एक सच्चा नायकले मात्र गर्न सक्छ । हामी एक कठिन परिस्थीतिसँग जुधिरहेका छौं । सबैलाई एक दोस्रोको सहयोगको आवश्यक पर्दछ । मलाई बंगलादेशबाट जुन माया मिलेको छ त्यो सधैं याद गरिरहेको छु । म पाकिस्तानको तर्फबाट रहिमको ब्याट किनेर सहयोगको हिस्सा बन्न चाहान्छु, पूरा पाकिस्तान र शाहिद अफ्रिदी फाउन्डेसन’, अफ्रिदीले भनेका छन् ।

‘अफ्रिदीले मेरो ब्याट किन्दा मलाई गर्व महशुस भएको छ । अक्सनमा केहि मान्छे धाँधली गर्न प्रयास गर्दै थिए । जसले मैले अक्सन रद्द गर्ने निर्णयबारे सोचेको थिएँ । अफ्रिदीले मलाई सम्पर्क गरे र ब्याट किने’, मुश्फिकुरले भने ।

रहिम बंगलादेशबाट टेष्टमा तीन दोहोरो शतक प्रहार गर्ने एक्लो ब्याट्सम्यान हुन् । सन् २०१८ मा र २०२० मा मुश्फिकुरले जिम्बावेविरुद्ध क्रमश: २ सय १९ र २ सय ३ रनको अविजित इनिङ खेलेका थिए । रहिमले श्रीलंका विरुद्ध सन् २०१३ मा बंगलादेशको पहिलो दोहोरो शतक पूरा गर्दै कीर्तिमान रचेका थिए । रहिम टेष्टमा दुई शतक प्रहार गर्ने पहिलो विकेटकिपर समेत हुन् ।

March 5, 2025

न्युजिल्यान्ड च्याम्पियन्स ट्रफीको फाइनलमा

एजेन्सी – न्युजिल्याण्ड च्याम्पियन्स ट्रफीको फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलमा बुधवार दक्षिण अफ्रिकालाई ५० रनले हराउँदै न्युजिल्याण्ड अन्तिम दुईमा पुगेको हो  ।न्युजिल्यान्डले आइतवार हुने फाइनलमा भारतको सामना गर्नेछ । भारतले पहिलो सेमिफाइनलमा अस्ट्रेलियालाई ५ विकेटले हराउँदै फाइनलमा पुगेको  थियो । समूह चरणमा भारतले न्युजिल्यान्डलाई हराएको थियो। समूह चरणमा उत्कृष्ट प्रदर्शन गरेको दक्षिण अफ्रिका सेमिफाइनलमाबाट […]

March 5, 2025

रेडियन्ट क्रिकेट एकेडेमी सञ्चालनमा

काठमाडौं (हाम्रो खेलकुद)- सानेपास्थित रेडियन्ट रिडर्स एकेडेमीले रेडियन्ट क्रिकेट एकेडेमी सञ्चालनमा ल्याएको छ । राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान ज्ञानेन्द्र मल्लले बुधवार एकेडेमीको औपचारिक रुपमा उद्घाटन गरे ।ललितपुर महानगरपालिका वडा २ स्थित सानेपामै खोलिएको एकेडेमी करिब ४ रोपनी क्षेत्रफलमा फैलिएको छ । एकेडेमी तयार गर्न करिब ३० लाख रुपैयाँ खर्च भएको एकेडेमीले जनाएको छ । […]

March 5, 2025

न्युजिल्यान्डद्वारा दक्षिण अफ्रिकालाई विशाल लक्ष्य

एजेन्सी – रचिन रविन्द्र र केन विलियम्सनको सानदार साझेदारीमा न्युजिल्याण्डले च्याम्पियन्स ट्रफीको सेमिफाइनलमा दक्षिण अफ्रिकालाई जितको लागि ३ सय ६३ रनको विशाल चुनौती दिएको छ। लाहोरको गद्दाफी स्टेडियममा टस जितेर पहिले ब्याटिङ गर्यो। निर्धारित ५० ओभरको खेलमा ६ विकेट गुमाउँदै ३ सय ६२ रनको सानदार योगफल बनायो। विल योङ्ग २१ रनना आउट हुँदा पहिलो विकेटको […]

Success

Thank you for your time.