default_image

5 years ago

May 17, 2020

आइपिएल नभएमा ४ हजार करोड घाटा लाग्ने

72 views

0 Bookmark

एजेन्सी– विश्वभर महामरीको रुप लिएको कोरोना भाइरस (कोभिड-१९) का कारण दुई महिनादेखि क्रिकेटका सम्पूर्ण गतिविधि ठप्प छन् । यो अवस्थामा विश्वकै चर्चित र लोकप्रिय फ्रेन्चाइज लिग इन्डियन प्रिमियर लिग (आइपिएल) हुने सम्भावना न्युन छ ।

अनिश्चित समय सम्मको लागि स्थगित भएको आइपिएल अक्टोबर नोभेम्बरमा टि२० विश्वकप नभएमा हुने सम्भावना छ । तर आइसिसीले अष्ट्रेलियामा हुने टि२० विश्वकप तोकिएको समयमै हुने बताउँदै आएको छ । यदी यो वर्ष आइपिएल नभएमा भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) लाई ४ हजार करोड भारतीय रुपैयाँ घाटा लाग्ने अध्यक्ष सौरभ गांगुलीले बताएका छन् ।

‘यो वर्ष आइपिएल नभएमा ४ हजार करोड भारतीय रुपैयाँ नोक्सानी हुने छ । यदि यो वर्ष आइपिएल हुन्छ भने हामीले तलब कटौती गर्न पर्दैन, यसैबाट व्यवस्थापन गर्न सकिन्छ, नभएमा त्यो अवस्थामा पनि आउन सक्छ’, सांगुलीले भने ।

यो वर्ष आइपिएल भएमा भारतबाहिर हुने सम्भावना धेरै छ । बिसिसिआईलाई आफ्नो देशमा गर्न युएई र श्रीलंकाले प्रस्ताव गरि सकेका छन् । यस अघि सन् २००९ मा दक्षिण अफ्रिकामा आइपिएल भएको थियो । सन् २०१४ मा युएईमा आइपिएलका २० खेल भएका थिए । आइपिएल सुरुमा चैत्र १६ देखी सुरु हुने कार्यतालिका थियो । पछि कोरोनाको कारण वैशाख ३ सम्म सरेको थियो ।

कोरोनाको महामरी फैलिएपछि अनिश्चित समय सम्मको लागि स्थगित भएको थियो । भारतमा दिनप्रतिदिन कोरोनाको महामारी बढ्दै गएको छ । आइतबार सम्म भारतमा ८५ हजार ९ सय ४० जनामा कोरोना संक्रमण देखिदा २ हजार ७ सय ५२ जनाको मृत्यु भएको छ । ३० हजार भन्दा बढी ठिक भई सकेका छन् ।

March 5, 2025

न्युजिल्यान्ड च्याम्पियन्स ट्रफीको फाइनलमा

एजेन्सी – न्युजिल्याण्ड च्याम्पियन्स ट्रफीको फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलमा बुधवार दक्षिण अफ्रिकालाई ५० रनले हराउँदै न्युजिल्याण्ड अन्तिम दुईमा पुगेको हो  ।न्युजिल्यान्डले आइतवार हुने फाइनलमा भारतको सामना गर्नेछ । भारतले पहिलो सेमिफाइनलमा अस्ट्रेलियालाई ५ विकेटले हराउँदै फाइनलमा पुगेको  थियो । समूह चरणमा भारतले न्युजिल्यान्डलाई हराएको थियो। समूह चरणमा उत्कृष्ट प्रदर्शन गरेको दक्षिण अफ्रिका सेमिफाइनलमाबाट […]

March 5, 2025

रेडियन्ट क्रिकेट एकेडेमी सञ्चालनमा

काठमाडौं (हाम्रो खेलकुद)- सानेपास्थित रेडियन्ट रिडर्स एकेडेमीले रेडियन्ट क्रिकेट एकेडेमी सञ्चालनमा ल्याएको छ । राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान ज्ञानेन्द्र मल्लले बुधवार एकेडेमीको औपचारिक रुपमा उद्घाटन गरे ।ललितपुर महानगरपालिका वडा २ स्थित सानेपामै खोलिएको एकेडेमी करिब ४ रोपनी क्षेत्रफलमा फैलिएको छ । एकेडेमी तयार गर्न करिब ३० लाख रुपैयाँ खर्च भएको एकेडेमीले जनाएको छ । […]

March 5, 2025

न्युजिल्यान्डद्वारा दक्षिण अफ्रिकालाई विशाल लक्ष्य

एजेन्सी – रचिन रविन्द्र र केन विलियम्सनको सानदार साझेदारीमा न्युजिल्याण्डले च्याम्पियन्स ट्रफीको सेमिफाइनलमा दक्षिण अफ्रिकालाई जितको लागि ३ सय ६३ रनको विशाल चुनौती दिएको छ। लाहोरको गद्दाफी स्टेडियममा टस जितेर पहिले ब्याटिङ गर्यो। निर्धारित ५० ओभरको खेलमा ६ विकेट गुमाउँदै ३ सय ६२ रनको सानदार योगफल बनायो। विल योङ्ग २१ रनना आउट हुँदा पहिलो विकेटको […]

Success

Thank you for your time.