5 years ago
May 14, 2020
एजेन्सी – भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहली भन्दा पुर्व कप्तान तथा विकेटकिपर महेन्द्र सिंह धोनीको कप्तानीमा खेल्न मन पर्ने ओपनर शिखर धवनले बताएका छन् ।
धवनले भारतीय पुर्व खेलाडी इरफान पठानसँग अन्तर्वार्ताका क्रममा भने, ‘म विराट र धोनीको कप्तानीमा मात्र भारतीय टोलीबाट खेलेको छु । जसमा कोहलीको भन्दा धोनीको कप्तानी मनपर्छ ।’ धवनले धोनीकै कप्तानीमा राष्ट्रिय टोलीबाट डेब्यु गरेका थिए ।
धवनले आफ्नो उत्कृष्ट ब्याटिङ जोडीमा ओपनर रोहित शर्मा रहेको बताएका छन् । सन् २०१३ देखी भारतीय सिमित ओभरको खेलमा रोहित र धवनलेसँगै ओपनिङ गर्दै उत्कृष्ट प्रर्दशन गरिरहेका छन् । सिमित ओभरमा रोहित र धवन वर्तमान क्रिकेटका उत्कृष्ट ओपनर जोडी मानिन्छन् ।
धवनले कोहली र रोहितको प्रशंसा गर्दै भने, ‘वर्तमान समयमा कप्तान विराट कोहली भारतीय टोलीका उत्कृष्ट ब्याट्सम्यान हुन् । रोहितले विश्वकपमा कमाल गरे । उत्कृष्ट लयलाई कायम राख्दै उत्कृष्ट ५ शतक प्रहार गरे । अष्ट्रेलियाका तीब्र गतिका बलर मिचेल स्टार्कको बल खेल्न अन्य बलरको तुलनामा कठिन लाग्छ ।’
पूर्व कप्तान महेन्द्र सिंह धोनीले एक दिवसिय विश्वकप, टि२० विश्वकप र च्याम्पियनसिप ट्रफी गरि आइसिसीको तीनै उपाधि जिताएका छन् । कोहलीले भने हालसम्म आइसिसीको ठुलो प्रतियोगिताको उपाधि जिताउन सकेका छैनन् । कोहलीको कप्तानीमा भारतले सन् २०१७ मा च्याम्पियनसीप ट्रफीको फाइनलमा पाकिस्तानसँग लज्जास्पद हार बेहोर्दा सन् २०१९ को एकदिवसिय विश्वकप सेमिफाइनलमा न्युजिल्यान्डसँग पराजित हुँदै बाहिरिएको थियो ।
March 4, 2025
एजेन्सी – दुई पटकको च्याम्पियन भारत च्याम्पियन्स ट्रफीको फाइनलमा प्रवेश गरेको छ। आज भएको सेमिफाइनलमा दुई पटकको च्याम्पियन अष्ट्रेलियालाई ४ विकेटले हराउँदै भारत लगातार तेस्रो पटक फाइनलमा पुगेको हो। दुबई इन्टरनेशनल स्टेडियममा २ सय ६५ रनको लक्ष्य भारतले ११ बल अगाडि ६ विकेटको नोक्सानीमा पूरा गर्यो। भारतले ४३ रन जोड्दा दुई ओपनरलाई गुमायो। शुभमन गिल […]
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल र अफगानिस्तानको यु-१९ टोलीबिच अर्को महिना युवा एकदिवसीय अन्तर्राष्ट्रिय (वाइओडिआई) सिरिज हुने भएको छ। ३ खेलको सिरिज चैत २१-२७ गते मुलपानी क्रिकेट मैदानमा हुने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ।दोस्रो खेल चैत २४ गते हुनेछ। वाईओडिआई सिरिजको तालिका पहिलो खेल – चैत २१ गते (अप्रिल ३)दोस्रो खेल – चैत २४ […]
March 4, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको सेमिफाइनलमा अष्ट्रेलियाले भारतलाई जितको लागि २ सय ६५रनको चुनौती दिएको छ। दुबई इन्टरनेशनल स्टेडियममा टस जितेर अष्ट्रेलियाले पहिलो ब्याटिङ रोज्यो। ४९. ३ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै अष्ट्रेलिया २ सय ६४ रनमा समेटियो। अष्ट्रेलियाका ओपनर कुपर कनोली रनको खाता नखोली मोहम्मद सामीको बलमा आउट भए। दोस्रो विकेटको रुपमा ट्राभिस हेड ३९ रनमा […]