default_image

5 years ago

May 14, 2020

बाबरलाई ओडीआई कप्तानको जिम्मेवारी

97 views

0 Bookmark

एजेन्सी – पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) ले युवा ब्याट्सम्यान बाबर आजमलाई ओडीआई टोलीको कप्तानमा नियुक्त गरेको छ । आजमलाई पिसिबीले २०२०–२१ को सिजनको लागि कप्तानको जिम्मेवारी दिएको जनाएको छ ।

गत कात्तिकमा पिसिबीले शरफराज अहमदलाई कप्तानबाट हटाउँदै बाबरलाई टि२० र अजहर अलीलाई टेष्टको नेतृत्व दिएको थियो । बाबरले ५ टि२० आईमा कप्तानी गरिसकेका छन् । जसमा समान २ मा जित र हार बेहोर्दा १ खेल नतिजाविहिन छ । वर्तमान क्रिकेटका उत्कृष्ट ब्याट्सम्यान मध्यका एक बाबर आजमले २६ टेष्ट, ७४ ओडिआई र ३८ टि२० आई खेलेका छन् । बाबर टेष्ट वरियातमा पाँचौं, ओडिआईमा तेस्रो र टि२० मा शीर्ष स्थानमा छन् ।

शरफराजको कप्तानीमा पाकिस्तानले सन् २०१७ मा भारतलाई च्याम्पियन्स ट्रफीको फाइनलमा हराउँदै उपाधि जितेको थियो । शरफराजले पाकिस्तानलाई टि२० आई वरियतामा पनि शीर्ष उकालेका थिए । तर दुई साता अघि पाकिस्तानले २७ महिनादेखिको टि२० शीर्ष वरियता गुमाई सकेको छ ।

विश्वकपमा पाकिस्तान समुह चरणबाटै बााहिरिएपछि शरफराजको कप्तानी, प्रर्दशन र फिटनेशलाई लिएर चर्को आलोचना भएपछि पिसिबीले कप्तानबाट हटाएको थियो । विकेटकिपर समेत रहेका शरफराजको पछिल्लो समय पर्दशन खराब रहँदै आएको छ । २०२०–२१ सिजनमा पाकिस्तानले ९ टेष्ट, ६ ओडिआई र २० टि२० आईसँगै एसिया कप र टि२० विश्वकप २०२० खेल्ने कार्यतालिका छ ।

March 4, 2025

भारत लगातार तेस्रो पटक च्याम्पियन्स ट्रफीको फाइनलमा

एजेन्सी – दुई पटकको च्याम्पियन भारत च्याम्पियन्स ट्रफीको फाइनलमा प्रवेश गरेको छ। आज भएको सेमिफाइनलमा दुई पटकको च्याम्पियन अष्ट्रेलियालाई ४ विकेटले हराउँदै भारत लगातार तेस्रो पटक फाइनलमा पुगेको हो। दुबई इन्टरनेशनल स्टेडियममा २ सय ६५ रनको लक्ष्य भारतले ११ बल अगाडि ६ विकेटको नोक्सानीमा पूरा गर्यो। भारतले ४३ रन जोड्दा दुई ओपनरलाई गुमायो। शुभमन गिल […]

March 4, 2025

नेपाल र अफगानिस्तानबिच वाइओडिआई सिरिज हुने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल र अफगानिस्तानको यु-१९ टोलीबिच अर्को महिना युवा एकदिवसीय अन्तर्राष्ट्रिय (वाइओडिआई) सिरिज हुने भएको छ। ३ खेलको सिरिज चैत २१-२७ गते मुलपानी क्रिकेट मैदानमा हुने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ।दोस्रो खेल चैत २४ गते हुनेछ। वाईओडिआई सिरिजको तालिका पहिलो खेल – चैत २१ गते (अप्रिल ३)दोस्रो खेल – चैत २४ […]

March 4, 2025

अष्ट्रेलियाद्वारा भारतलाई सामान्य लक्ष्य

एजेन्सी – च्याम्पियन्स ट्रफीको सेमिफाइनलमा अष्ट्रेलियाले भारतलाई जितको लागि २ सय ६५रनको चुनौती दिएको छ। दुबई इन्टरनेशनल स्टेडियममा टस जितेर अष्ट्रेलियाले पहिलो ब्याटिङ रोज्यो। ४९. ३ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै अष्ट्रेलिया २ सय ६४ रनमा समेटियो‌। अष्ट्रेलियाका ओपनर कुपर कनोली रनको खाता नखोली मोहम्मद सामीको बलमा आउट भए। दोस्रो विकेटको रुपमा ट्राभिस हेड ३९ रनमा […]

Success

Thank you for your time.